माओवादीमा आन्तरिक विवाद: प्रवक्ताको जिम्मेवारीबाट हटाईए नारायणकाजी

Kantipath
  |   
प्रकाशित मिति: भाद्र ०९, २०७८
335 Shares

 काठमाडौँ, नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाईएको छ ।अब प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महरालाई दिएको छ ।

माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बन्नुभएको छ भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

एक्कासी पार्टी प्रवक्ताको जिम्मेवारीबाट श्रेष्ठलाई हटाउनु पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट ब्यक्तिहरुलाई मात्र पद र जिम्मेवारी दिने गरेको र केही दिन अघि सरकारमा जाने विषयमा श्रेष्ठलाई रोक्न खोज्नुनै मुख्य कारण रहेको एक नेताले बताउनुभयो ।

माओवादी प्रवक्तामा पूर्वसभामुख कृष्णबहादुर महरा चयन भएकामा महराले राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि पाएका छन् । यसअघि पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज बनेका छन् ।

स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ। केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन बनेका छन्।

कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर चयन भएका छन् । माओवादीले उपत्यका समन्वय, सम्पर्क समिति पनि गठन गरेको छ ।

Kantipath
प्रकाशित मिति: भाद्र ०९, २०७८
335 Shares