• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ २६, २०८३
☰
शुक्रबार, भदौ २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

नानीबाबुलाई उपहार ‘मुसीको चकचक’


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । मुसीको चकचक साना नानीहरूका लागि रचिएको बाल कविता सङ्ग्रह हो । रेडियो नेपालको प्रसारणमा आवाजको माध्यमबाट स–साना नानीबाबुका लागि साहित्यिक कार्यक्रम लिएर श्रोताका घरदैलोमा पुगिरहनुभएका सञ्चारकर्मी ताराप्रसाद वस्तीले पछिल्लो पटक भने अक्षर शिल्पका माध्यमबाट राम्रा बाल कविताहरू लेखेर पुस्तकका रुपमा मुसीको चकचक कृति प्रकाशन गर्नुभएको हो ।

    Advertisement

    यस सङ्ग्रहभित्र विभिन्न ३० वटा बाल कविताहरू सङ्ग्रहित छन् । पहिलो कविता चकचके मुसीमा रचनाकारले मुसा धेरै चकचके हुने र खोजिखोजी हाम्रा कपडा काटेर खाइदिने सन्दर्भलाई उठाउँदै साना नानीहरूलाई मुसाजस्तै चकचक गर्ने बानी बसाल्नुहुँदैन भन्ने सन्देश दिन खोज्नुभएको छ । जन्म दिनको अवसरमा बाबाले किनेर ल्याइदिनुभएको राम्रो लुगा लगाउनै नपाइ मुसाले काटिदिँदा केटाकेटीलाई कस्तो लाग्ला ? त्यही प्रसङ्गलाई लयानुप्रास मिलाएर कवितामा उल्लेख गरिएको छ ।

    सार्है राम्रो नाना थियो
    बाले ल्याउनुभाको
    जन्मदिनको साइतमा
    एकैछिन लाको ।’

    यस कविताले मुसाजस्तै चकचके नहुन बालबालिकालाई आग्रह पनि गरेको छ ।

    मुसीजस्तै चकचकेचाहिँ
    नबन्नु है साथी
    हामीसँगै शान्तसँग
    बसेको नै जाती ।

    बालबालिकाले सेतो हिमाल असाध्यै मन पराउँछन् । हिमाल हेर्न नपाएका नानीहरूका लागि हिमाल शीर्षकमा लेखिएको कविता कृतिभित्र समेटिएको छ । यो कविता पढ्दा बालबालिका अवश्य रमाउँछन् । कवितामा हिमालबारे बालबालिकाले सोचेका र पढेर थाहा पाएका कुरालाई बालानुभूतिमै प्रस्तुत गरिएको छ ।

    त्यस्तै बालबालिकालाई राम्रा अक्षर लेख्न प्रेरित गर्ने कवितादेखि बाआमासँग बालबच्चाले शहर घुम्दाका अनुभूतिलाई समेतलाई कविले शव्दमालामा लय मिलाई मिलाइए कवितामा उन्न भ्याउनुभएको छ । कविता पढ्दा प्रत्येक प्रौढ पाठकलाई बालापनको याद गराउँछ भने ससाना नानीहरूलाई आफ्नै कुरा बोलिदिएझैँ लाग्छ । साना नानीहरूलाई पढ्न मन लागेको कुरा, ज्ञानी बन्न मन लागेका कुरा, ठूलो बन्न मन लागेको कुरा कवितामा पढ्न पाइन्छ । कविताकै माध्यमबाट कविले साना नानीहरूलाई असल बानी व्यवहार पनि सिकाउन खोज्नुभएको छ ।

    यस पुस्तकभित्र रहेका कविताले कतै नानीहरूले लेख्ने पढ्ने अक्षरका कुरा गर्नुभएको छ भने कतै नानीहरूका लागि सुहाउँदो वातावरणको कुरा जोड्नुभएको छ ।

    सानासाना बालबालिकाले सबैभन्दा बढी मन पराउने मध्येमै पर्छ रङ्गीचङ्गी पुतली । कविले कवितामा घुम्दैघुम्दै फूलबारीमा नाच्दै रमाउने पुतली र भुन्भुन् गर्ने मौरीदेखि बाबाआमालाई समेत शीर्षक बनाउनुभएको छ ।

    पुतली कविता पढ्दा आफै सुन्दर फूलबारीमा बसेर रङ्गीचङ्गी पुतली नाचेको हेरेझैँ अनुभूत हुन्छ –

    ‘रातो चोली नीलो गुन्यू
    पटुकी नि लाकी
    मेरी प्यारी पुतली त
    कति राम्रो भाकी ।’

    मुसीको चकचक बाल किताब सङ्ग्रहभित्र संग्रहित कविताहरू साना नानीहरूले पढ्न नसके पनि सुनेर सहजै बुझ्न सक्छन् भने पढ्न सक्ने नानीहरूले त रमाइरमाई पढ्ने नै भए । यति राम्रो कविता कृतिका लेखक ताराप्रसाद वस्तीको यो पहिलो कृति भने होइन । यसअघि उहाँले सिर्जनाका साथीहरू सचित्र बालकथा सङ्ग्रह प्रकाशन गरिसक्नुभएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा लेखक आफैले यो पुस्तक प्रकाशनसमेत गर्नुभएको छ ।

    प्रायः सबै कविताहरू सरल, मीठा र लयात्मक छन् त्यति हुँदाहुँदै पनि कुनैकुनै कविता अलि लामा लाग्छन् । कविताहरू निश्चित उमेर समूहका लागि भन्दा पनि आम पाठकका लागि रचिएको हो कि ? भन्ने पनि लाग्छन् । कृतिभित्रका कवितामा शब्दसँगै आकर्षक चित्र पनि समेट्न सकेको भए कृति अझ दमदार बन्थ्यो कि ? भन्नेचाहिँ लाग्छ नै ।

    रेडियो नेपालको कार्यक्रम महाशाखामा मुख्य कार्यक्रम अधिकृतका रुपमा कार्यरत लेखक वस्तीलाई कुसल रेडियो कार्यक्रम प्रस्तोतासँगै बालकविका रुपमा चिनाउने मुचिको चकचक कृति नेपाली बाल साहित्यमा थपिएको एउटा इँटा मान्न सकिन्छ ।

    कृति : मुसीको चकचक
    लेखक तथा प्रकाशक : तारप्रसाद वस्ती
    पृष्ट : ६४
    मूल्य : रु १५१

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer