• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रपतिमा बाबुरामलाई अघि सार्ने प्रचण्डको तयारी, कांग्रेसको पनि समर्थन !


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाएसँगै मुलुक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनतर्फ अघि बढेको छ । संसद्को नेतृत्व सभामुख र उपसभामुख दुवै पद सत्ता गठबन्धनले हात पारेको छ ।

    Advertisement

    सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भए भने उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज इन्दिरा रानामगर निर्वाचित भएकी हुन् । मुलुक अब राष्ट्रपतिको निर्वाचनमा प्रवेश गर्न लागेसँगै उम्मेदवार को बन्ने भन्नेबारे चर्चा सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताएका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिँदा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो । सो समर्थनसँगै कांग्रेस नेतृत्व राष्ट्रपतिमा दाबी गर्ने तहमा पुगेको छ ।

    कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुले अघि सारेको उम्मेदवारले नै बाजी मार्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने भनेर अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । उनले राष्ट्रपतिबारे सत्ता गठबन्धनमा सहमति भएर एमालेको भागमा परेको दाबी गरेका छन् ।

    राष्ट्रपतिमा सहमति भए अब एमालेले अघि सार्ने उम्मेदवारमा सहमति हुनुपर्ने बताउन थालेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने शक्ति सन्तुलन मिलाउनको लागि पनि एमालेबाहेकको सर्वस्विकार्य व्यक्तित्वको खोजी गरिनुपर्ने भन्दै छलफल थालेका छन् । माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले कांग्रेस र मधेशवादी दलले पनि स्विकार गर्नसक्ने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अघि सार्न खोजेका छन् । भट्टराई संसद्को सक्रिय राजनीतिबाट अहिले टाढा छन् । उनकै जोडबलमा प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेका थिए ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भट्टराईको नाममा राष्ट्रपतिको निर्वाचनमा सहमति जनाउन सकिने सिग्नल दिएका छन् । उनीपनि एमालेको पोल्टामा राष्ट्रपति पद नजाओस भन्नेमा छन् । बरु, पूर्व माओवादी नेता बाबुरामलाई नै राष्ट्रपतिमा स्विकार गर्न सकिने देउवाको बुझाई छ । निर्वाचनसम्मको कांग्रेस नेतृत्वको गठबन्धन कायमै रहेको भए कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको स्वभाविक उम्मेदवार हुने थिए । तर, अहिले निर्वाचनको गठबन्धन टुटिसकेको छ ।

    कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको छ । अहिले साझा उम्मेदवारको रुपमा स्विकार गर्नसक्ने व्यक्तित्वको बारेमा छलफल भएको छ । अहिले लोसपाका अध्यक्ष महन्थ ठाकुरको पनि नाम राष्ट्रपतिको लागि चर्चामा छन् । ठाकुरको नाममा सहमति नजुटे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाममा पनि छलफल भएको स्रोतको दाबी छ ।

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    शक्ति नभई, राज्यचेतनाको पुनर्जागरण हुन्: पृथ्वीनारायण शाह
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल असार २ गते (१६

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer