• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, पौडेलको जीवनीसहित


  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
  • चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल  निर्वाचित भएका छन् ।

    Advertisement

    पिता दुर्गाप्रसाद पौडेल र माता ऋषिमाया पौडेलको कोखबाट २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ, बाहुनपोखरा तथा हालको व्यास नगरपालिका–८ मा जन्मिएका पौडेलले आफ्नो सम्पूर्ण जीवन नेपाली कांग्रेसको राजनीतिमा बिताए ।

    संस्कृत साहित्यमा २०२४ सालमा शास्त्री र त्रिभुवन विश्वविद्यलयबाट २०२७ सालमा नेपाली साहित्यमा स्नातकोत्तर गरेका पौडेल २०१६ सालमा तत्कालीन हिमालयन छात्र संघ स्थापना (पोखरामा) भएसँगै राजनीतिमा लागेका हुन् । उनी पोखरा विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ/असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि बनेका थिए ।

    २०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरी प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका पौडेल नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष पनि हुन् । यसैगरी उनी रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष बनेर काम गरे ।

    यस्तै, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरे उनी २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९/०२० सालमा उपत्यका आन्दोलनमा गिरफतारीमा परेका थिए । दोस्रोपटक २०२०/०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पनि उनी गिरफतार परेका थिए ।

    २०२३ सालमा गण्डकी छात्र संघको संस्थापक संयोजक रहेको पौडेल सोही वर्ष सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, नेपाली काँग्रेस तनहुँको सदस्य र जिल्ला उपसभापति हुँदै उनी जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक बनेका थिए ।

    उनी २०४३ सालमा नेपाली काँगे्रस केन्दीय सदस्य बनेका हुन् । लामो समय केन्द्रीय सदस्य रहेका उनी पार्टीको उपसभापति हुँदै २०७२ सालमा केन्द्रीय कार्यवाहक सभापति भई केन्द्रीय नेतृत्वमा सक्रिय रहेका थिए । कार्यवाहक सभापति भई पार्टीको १३औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

    नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर रहँदै आएका पौडेल आज राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

    जेल जीवन

    भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं. २०१८ मा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय भोगेका उनले विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष राजबन्दी जीवन बिताएका छन् । डीआईजी काण्डमा गिरप्mतार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग उनको भेट भएको थियो ।

    प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ (पोखरामा ९ महिना र काठमाडौमा ६ महिना), प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुन: एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२५/२०२६, नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडाँैमा ३ महिना हिरासत, २०२७, रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी, नेपाली काँग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत । यसै सम्मलेलनद्वारा नेपाली काँग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनसर््थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।

    उनले नेपालका सबै जिल्लाका साथै भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरिसकेका छन् ।

    बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    शक्ति नभई, राज्यचेतनाको पुनर्जागरण हुन्: पृथ्वीनारायण शाह
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer