• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. मासिक राशिफल: जेठ, २०८३

पौरखी किसानका लागि बगर पनि खेत जस्तै


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • धनुषा । खरबुजाको नाम सुन्दा धेरैको मुख रसाउँछ । जाडोयाम सकिएर गर्मी चढ्दै गएपछि बजारमा खरबुजाको माग बढ्छ । त्यही खरबुजा फलाउन वर्षेनी कमला नदीको बगरमा आइपुग्छन् ६५ वर्षीय बुधेसर मुखिया र उनकी पत्नी सोमित्रा ।

    Advertisement

    धनुषाको शहीदनगर नगरपालिका-९ गोठकोयलपुरका बुधेसरले धनुषाको सबैला र शहीदनगर नगरपालिकामा ७ कठ्ठा जग्गामा खरबुजा खेती गरेका छन् । खडेरीका कारण खरबुजा राम्रो नफलेको बताउने बुधेसर अहिलेसम्म एकलाख रुपैयाँ भन्दा बढीको बिक्री गरेको बताउँछन् ।

    ‘यसपालि समयमा वर्षा भएन । रौदी पर्‍यो । त्यसैले राम्रो फलेन । तर एक लाखभन्दा बढीको बेचेको छु । लगानी मिहिनेत काटखोट गरेर ८० हजार बचत भयो’, बुधेसर सुनाउँछन् ।

    उनका अनुसार गाउँको हाटबजारमा खरबुजा प्रतिकिलो ३० देखि ५० रुपैयाँमा बिक्री हुने गरेको छ । ‘प्रतिकिलो ३० देखि ५० रुपैयाँ र गोटाको ४० देखि ३ सय रुपैयासम्म बजारमा बेचेँ’ उनले भने । बुधेसरले एउटै खरबुजा १० किलोसम्मको फलाएका छन् ।

    खरबुजा खेती गरेको जग्गा बुधेसरको आफ्नो होइन, ठेक्कामा लिएका हुन् । अब उनको खेतको खरबुजा सक्किन लागेको छ । यो कमाइले वर्षभरि १० जनाको परिवारको खानपान, लुगाफाटो, नातिनातिनाको पढाइ चल्छ ।

    आफ्नो जग्गा २ कठ्ठामात्र रहेका बुधेसर प्रत्येक वर्ष वर्षभरिको घरखर्च जुटाउन श्रीमतीसँगै पाँच महिना कमलाको बगरमा बास बस्छन् । पुसमा घर छाडेर कमला बगरमा छाप्रो झुण्ड्याएर बसेपछि मध्यजेठमा मात्र उनीहरु घर फर्किन्छन् ।

    गत वर्ष उनले एक विघामा खरबुजा खेती गरेका थिए । खेती निकै राम्रो भयो, तर बेच्न नसकेर धेरै खेतमै कुहियो । त्यसैले यस वर्ष ७ कठ्ठामा मात्र लगाएका थिए । तर समयमा पानी नपर्दा सोचे जस्तो नफलेको बुधेसर सुनाउँछन् ।

    कमला नदीको बगरको जग्गा ठेक्कामा लिएर खरबुजा फलाउने बुधेसरजस्ता अरु पनि छन् । बुधेसरकै छेउमा गोठकोयलपुरकै ७० वर्षीय लक्ष्मण मुखिया र उनकी श्रीमती लाखो देवीले ५ कठ्ठामा खरबुजा खेती गरेका छन् ।

    गत वर्ष ५ कठ्ठामा खेती गरेका लक्ष्मणले यसवर्ष ८ कठ्ठा खरबुजा खेती गरेका छन् । तर खडेरी परेर खेती सोचे जस्तो भएन । अहिलेसम्म ३० हजार रुपैयाँमात्र मात्र कमाइ भएको मुखियाले बताए ।

    ‘सात सयको दरले आठ कठ्ठा खेत ठेक्कामा लिएको छु । खनजोत, मलजल, औषधि पानी सिँचाइ गरेर ठूलै लगानी लाग्यो । तर समयमा पानी नपर्दा बाली सप्रेन । कम फल्यो’, उनले सुनाए । सम्पत्तिको नाममा एउटा घडेरीमात्र रहेका लक्ष्मण वर्षेनी कमला बगरमा खरबुजा खेती गरेर परिवारको जोहो गर्ने गरेको बताउँछन् ।

    ‘आफ्नो दमकल भएको भए पानी लगाउन सजिलो हुन्थ्यो । घण्टाको पचास रुपैयाँ तिरेर सिँचाइ गर्नुपरेको छ । कति पानी लगाउनु । सरकारले दमकल उपलब्ध गराए ठूलो गुण हुने थियो’ लक्ष्मण भन्छन् ।

    यहाँका किसानले नदीबाट खेतमा पानी तान्ने मोटरलाई दमकल भन्छन् । कमलाको पूर्वी किनारमा सिरहाको कल्याणपुर नगरपालिका बेल्हातर्फ धनुषाकै कमला नगरपालिका-५ लक्करका ७० वर्षीय रामदयाल पासवानले १० कठ्ठा जग्गामा खरबुजा खेती गरेका छन् । उनले कठ्ठाको तीनसय रुपैयाँमा जग्गा भाडामा लिएर खेती गरेका हुन् ।

    गत वर्ष खर्च कटाएर ६० हजार रुपैयाँ आम्दानी गरेका रामदयाल यस वर्ष हिउँदे वर्षा नहुँदा खरबुजा नसप्रिएको बताउँछन् । रामदयालले हिउँदमा गर्ने खरबुजा खेतीबाटै आठ जनाको परिवार पालेका छन् ।

    राम्ररी सप्रिदा एक कठ्ठामा ७ क्वीन्टलभन्दा बढी खरबुजा उत्पादन हुने रामदयालको भनाइ छ । तर यसपटक खडेरीले ३ क्वीन्टल मात्र फलेको उनी बताउँछन् ।

    अहिलेसम्म लगानी भने खेर नगएको रामदयाल सुनाउँछन् । तर २४ सै घण्टा रेखदेख गरेन भने स्याल र निलगाईले सखाप गरिदिने रामदयाल सुनाउँछन् । त्यसैले खोला किनारमा खरबुजा खेती गर्ने किसानहरु रातदिन खेत कुरेर बस्छन् । ‘रेखदेख दिनरात गर्नैपर्छ । नत्र स्याल र हुलका हुल निलगाई आएर खाइहाल्छ’, उनी सुनाउँछन् ।

    सरकारले खरबुजा खेतीमा सिँचाइ गर्न दमकल र सहज रुपमा मलखाद पाउने व्यवस्था गरिदिए राम्रो हुने किसानहरु बताउँछन् । जसोतसो लगाएको बाली पनि निलगाईले खाइदिँदा किसानमाथि ठूलो बज्रपात पर्ने गरेको रामदयालको गुनासो छ । ‘यति लगानी मिहिनेत गरेर लगाएको बाली हुलका हुल निलगाई आएर खाइदिन्छ । हामी धेरै पीडित छौं’, उनी भन्छन् ।

    रामदयालकै छेउमा छ छिमेकी महिन्द्र पासवानको ४ कठ्ठा खरबुजा खेती । खेत पुरै हरियो छ, तर फल भने राम्रो लागेन । सोचे जस्तो नभए पनि घाटा नलाग्नेमा उनी ढुक्क छन् ।

    महिन्द्रले १५ वर्षदेखि खरबुजा खेती गर्दै आएका छन् । गत वर्ष ५ कठ्ठाको खेतीबाट ५५ हजार आम्दानी गरेका थिए उनले । ६ जनाको परिवारको आधा वर्षको घरखर्च खरबुजा खेतीले धानेको छ । खरबुजा खेतीको सिजनबाहेक अरु बेला उनी मजदुरी गर्छन् ।

    सरकारले समयमा मलखाद, सिँचाइको सुविधा दिए खरबुजा खेती गरेर मनग्य आम्दानी गर्न सक्ने महिन्द्र बताउँछन् । ‘दमकल उपलब्ध गराइदेओस्, मलखाद सुलभ मूल्यमा दिए हामी ठूलो मात्रामा खेती गर्न सक्छौं । देश विदेश निर्यात गर्न सक्छौं’ महिन्द्र भन्छन् ।

    उनीहरु जस्तै यस भेगका थुप्रै किसानले खरबुजा खेती गर्ने गरेका छन् । खरबुजा खेती नै यहाँका आर्थिक अवस्था कमजोर घरपरिवारको मुख्य आयस्रोत हो । कमलाको बगरमा सस्तोमा जग्गा ठेक्कामा पाइने भएकाले किसानहरुले हिउँदको पाँच महिना खरबुजा, परवल, फर्सीलगायतका बाली लगाउँछन् ।

    तनुकलाल पासवानले बगरमै खरबुजासँगै खिरी, परवल, फर्सी र सजवन खेती लगाएका छन् । सरकारले थोरै मात्रै सहयोग गरे धेरै खरबुजा र तरकारी फलाउन सकिन्छ’, तनुकलाल भन्छन् । (साभार: अनलाईन खबर)

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन
    भारत अमेरिका व्यापार, कर ५० बाट १५ प्रतिशतमा ल्याउने माग
    घरघर गाई दुहेर परीवार पाल्छन् मुन्ना
    राष्ट्रपति पुटिन भारतको राजकीय भ्रमणमा
    राफाह सिमा नाका खोल्न इजरायल तयार

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer