☰
बुधबार, असोज २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बालेन तिमीलाई कत्ति आनन्द आउँछ होला


  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
  • गल्ली-गल्ली छिरेर, फोहोरको गाडीले तुरुरुर्र-तुरुरुर्र सिठ्ठी मार्दा, “उ बालेनको गाडी आएछ, फोहोर ले ले कान्छी….”, भनेको सुन्दा तिमीलाई कति आनन्द लाग्छ होला ।

    Advertisement

    सडकमा पसल राख्नेहरुले बाटो-मेसो दिँदैनथे, आजकल त साँझ-बिहान बानेश्वर जाँदा, एकदम आनन्द, ढलिमली, निक्कै खुल्ला भएको जस्तो लाग्छ, “गरे के हुँदैन र” भन्दैछन् वानेश्वरका प्रा.डा. सापकोटा, यो सुन्दा तिमीलाई कतिआनन्द लाग्छ होला ।

    बजारमा किनमेल गर्न जाँदा, साथी-भाइ कुरा गर्छन्, जथाभावी पर्किङ गर्नु हुन्न है बालेनको महानगरले, एकैछिनमा उठाउँछ, भन्ने सुन्दा तिमीलाई कति आनन्द आउँछ होला ।

    धनगढीको बिरामी काठमाडौं आउदा, एयरपोर्टको ढोकैमा, बिरामी भन्दा अगाडि नै पुगेर महानगरको तिम्रो एम्वुलेन्सले पर्खिराखेको समाचार आउँदा तिमीलाई कति आनन्द लाग्छ होला ।

    आफूसँग साधन स्रोत नभएको कर्णालीको पालिका, आफ्ना जनताको मायाले, एम्वुलेन्स किन्न तिमीसँग २/४ लाख सहयोग माग्दा, एम्वुलेन्स नै दिने तिम्रो विशाल हृदय देख्दा भक्कानिएछन् र पालिकामा पुगेर भन्दैछन् रे, “बालेन हाम्रा लागि भगवान हो”, यो सुन्दा तिमीलाई कत्ती आनन्द लाग्छ होला ।

    सडकमा डिभाईडर लड्दा ट्राफिकहरु एक आपसमा जिस्किन्छन् रे, “छिट्टो उठा, अहिले मेयर आउँछन्, उठाउन्”, यो सुन्दा तिमीलाई कति आनन्द आउँछ होला । पेटीमा ब्यपार मारा-मार हुने, सटरवालाहरु हेरेको हेर्‍यै, दिक्क भएका उनीहरु, अहिले ब्यपारको १०% वालेन कोष खडा गर्दै छन् रे, यो सुनेर तिमीलाई कति आनन्द आउछ होला ।

    उमेरले झण्डै ८० टेकेका, ६ दशक राजनीति गरेका, २० बर्ष जेल बसेको प्रमाण दिएर देश लुट्नेहरु, “ बालेनलाई जिस्काउन हुन्न है सक्काइदिन्छ, भन्दै केन्द्रीय कमिटीबाट बुँदा नै पास गराउँछन्” यो सुन्दा तिमीलाई कति आनन्द आउँछ होला ।

    यति मात्रै कहाँ हो र! बडे बडे राष्ट्रपति, प्रधानमन्त्री सहभागी कार्यक्रममा, मासबाट बालेन हाई-हाई, बालेन हाई-हाई, वि लभ वालेन वि लभ वालेन भनेको देख्दा र सुन्दा तिमीलाई कति आनन्द लाग्छ होला ।

    बजारभरी दाह्री मिलाउन हजामकोमा युवाहरु छिर्दा, सबैको एउटै प्रश्न हुन्छ “कस्तो काट्ने मालिक, बालेनको जस्तो”, यो सुन्दा तिमीलाई कत्ती आनन्द आउँछ होला । साहुजी अलिक ठूलो झोला दिनुन् भन्दा, “कुन ? बालेन झोला”, भन्छन् पसले दाइ, यो सुन्दा तिमीलाई कति आनन्द आउँछ होला ।

    कोही युवा पसलमा छिर्ने बित्तिकै, चस्मा पसलेहरुको मुटुको धड्कन बढ्न थाल्छ, कतै वालेन चस्मा माग्ने त हैन, भनेर, बजारमा चस्मा नै सर्टेज छ, यो सुन्दा तिमीलाई कति आनन्द आउँछ होला ।

    यति मात्रै कहाँ हो र, चुनावताका, वाईफाईको पासवर्ड “बालेन” राखेका व्यबसायीहरुले अझै, पासवर्ड चेन्ज गरेका छैनन्, तिम्रो मायाले, यो सुन्दा तिमीलाई कति आनन्द आउँछ होला ।

    तिम्रो चुनावताका, तिम्रो प्रचार गर्दा उनीहरुको ईज्जत गएको सम्झने संचारगृहहरु, तिम्रो फाट्ट-फुट्ट निस्कने पोस्टहरुलाई आज हेडलाईन समाचार बनाउन आतुर हुँदा, तिमीलाई कत्ती आनन्द आउछ होला ।

    “सानु स्कुल जान हतार भयो, बुक मिलाउनु पर्दैन, झोला मिलाउनु पर्दैन” ममीको बोली खस्न नपाउँदै सानु छोरा भन्छ, “ममु आज बालेन फ्राईडे, झोला लानु पर्दैन”, यो सुन्दा तिमीलाई कति आनन्द आउछ होला ।

    उमेरले “चार विस र दश” कटेका हजुरआमाहरु/हजुरबाहरु, नातिसँग भन्दैछन् रे, “अर्को चुनाव सम्म बाच्न पाए हुन्थ्यो, एक भोट बालेनलाई दिएर मर्ने ईच्छा छ”, यो सुन्दा तिमीलाई कति आनन्द लाग्छ होला। देशै भरी दांत झरेका हजुरबाहरु तिमीले भेट्नु पर्ने छ, चाँदी जस्ता कपाल फुलेका हजुरआमाहरु तिमीले भेट्नु छ, तिम्रा कामले उनीहरुलाई भेट्नु छ ।

    मन नपर्नेहरुले तराईको मधेशी शाह भनिरहेको बेला, जब तिमी मन्छिन्द्रनाथको रथ यात्रामा सहभागी हुन्छौं, तिम्रो सहभागिता, तिम्रो प्रस्तुती र मुहारको खुशी नजिकैबाट नियालीरहेका कालिमाटीका महर्जनबा, हतार-हतार घर पुगेर नातीलाई भन्दैछन्, “बालेन ठिक छ(बालेन ठिक्क जुं), यो सुन्दा तिमीलाई कत्ती आनन्द आउछ होला ।

    यी त भए स्वार्थी मानिसका कुरा । निश्वार्थीहरुका पनि धेरै कुरा पुरा गर्नु छ तिमीले बालेन। ढल्किएका गजुर र चुहिने मन्दिरका छानाले तिमीलाई नै कुर्दै छन् । बर्षौंदेखि पानी नपाएर, मक्किएका र आफै तिर्खाएका हिटीहरु तिमीलाई नै कुर्दै छन् ।

    भर्खर टुसाएको शमी र पिपल तिम्रै मायामा हुर्कन र बढ्न चाहन्छन्। बास बस्न रुख नपाएका र तिर्खा लाग्दा पोखरी नपाएका सुन्दर चराहरु तिमीसँग आफ्नो हक खोज्दैछन् ।

    बागमती र बिष्णुमतीहरुलाई आफ्नै किनार फोहोर लागेको निक्कै भइसक्यो, तिमी शहर आएको खबरले मुस्काइरहेछन् । नागार्जुन चन्द्रागिरि र फुलचोकीहरु दिनरात नसुती तिमीलाई नै हेर्दै छन् रे, फेरि सुन्दर काठमाडौं हेर्ने रहर छ रे ।

    अन्त्यमा, शहरलाई सुन्दर बन्ने रहर छ रे, सडकलाई चिल्लो बन्ने रहर छ रे, पानीलाई सफा बग्ने रहर छ रे, रुखलाई हुर्कि-बढी फल्ने-फुल्ने रहर छ रे, पोखरीलाई आफ्नो बंश बढाउन मन छ रे, श्वार्थी मानिसको त कुरै छोडौं, यी निश्वार्थीहरु पनी तिमीलाई नै कुर्दै छन् रे, भन्दा तिमीलाई कति आनन्द आउछ होला बालेन, तिमीलाई कति आनन्द आउँछ होला । (साभार डिसी नेपाल)

     

    सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    ढकाल नालीवेली: अछामको काफलजणिबाट गोरखाको बोर्लाङ्गसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • २.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ३.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ४.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ५.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ६.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ७.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer