• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ०२, २०८३
☰
शनिबार, जेठ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘बा’ लाई सोध्न बिर्सिएको कुरा


  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
  • घरमा आफन्त इष्टमित्र साथी भाइ निरन्तर बोलाउनुपर्छ। भेटघाट छलफल गरिरहनु पर्छ है भन्नु हुन्थ्यो बा। आजकल त पाहुना, आउन नपाइ, वाइफाईको पासवर्ड सोध्छन्। छलफल नै हुदैन। पासवर्ड नदिन के गर्नु पर्छ बा? बालाई सोध्न बिर्सिएको कुरा।

    Advertisement

    हजुरको समिपमा सधैं मुस्कुराइरहने मेरी जुन जस्ती आमा। हजुर नहुँदा घुक्कघुक्क रोइरहेको मात्र देख्छु। आमालाई खुशी पार्न, के गर्नु पर्छ बा? बालाई सोध्न बिर्सिएको कुरा।

    रगत भनेको रगत हो? भन्नुहुन्थ्यो बा। परदेशबाट छोराको फुन नआएको, छ महिना पुग्यो भन्नुहुन्छ, काइँलीआमा। छोराले यसो गर्न मिल्छ र बा? बालाई सोध्न बिर्सिएको कुरा।

    कसैलाई पिर्न हुन्न है भन्नुहुन्थ्यो बा। हजुर बाहेक, मेरो, पिर्ने मान्छे अर्को कोही छ र बा? बालाई सोध्न बिर्सिएको कुरा।

    बत्तिस बर्षे वालेनले देशको माया बुझेको बेला, देशको माटो चिनेको बेला, आठ दशक राजनीति गरेकाहरुलाई के को र कसको माया लागेछ होला बा? बालाई सोध्न बिर्सिएको कुरा

    आनन्द हाँसो र खुशी हाम्रा लागि औषधि हुन भन्नुहुन्थ्यो बा। सुखको हैन, यहाँ त दुखको समाचार क्षणभरमा फैलन्छ। समाजलाई औषधि पच्नै छोडेको हो र बा? बालाई सोध्न बिर्सिएको कुरा।

    सुत्केरी वृद्ध र असक्त भगवान हुन भन्नुहुन्थ्यो बा। बसमा सत्र बर्षे सुकुमारी बस्ने, छेवैमा सत्तरी बर्षका बुढा बा लौरै टेकेर डण्डीमा झुण्डिने, के समाजमा माया ममता मरेकै हो त बा? बालाई सोध्न बिर्सिएको कुरा।

    सबै धर्म एउटै हो, सबै बराबर हो है भन्नु हुन्थ्यो बा। मन्दिर भत्काएर चर्च किन बनाएको होला बा? बालाई सोध्न बिर्सिएको कुरा। यो हाम्रो चोला धर्मका लागि सेवाका लागि हो है भन्नुहुन्थ्यो बा। आजकल मन्दिरका समितिमा बस्नेलाई पनि तलब र भत्ता चाहिन्छ रे, यस्तो गर्न मिल्छ र बा? बालाई सोध्न बिर्सिएको कुरा।

    आफ्ना भनेको आफ्नै हुन्छन् है बाबु, भन्नुहुन्थ्यो बा, तर बा, हजुरकै तिथिमा भिनाजु, आउन भ्याउन्न, भन्नुहुन्छ। अब भिनाजुलाई कसरी पराई भन्ने बा? बालाई सोध्न बिर्सिएको कुरा।

    कान्छा, तैंले सक्दा, दाजु भाइ दिदी बहिनी सबैको चुल्हो बले-नवलेको हेर्नु पर्छ है भन्नुहुन्थ्यो बा, हजुर नहुँदा, मैलै नसक्दा, मेरै चुल्हो नबल्दा, कसलाई भन्ने होला बा? बालाई साेध्न बिर्सिएको कुरा।

    जति दुख परे पनि देश मै बस्नुपर्छ, एक थोपा पसिना नि देशमै खस्नु पर्छ भन्नुहुन्थ्यो बा, छोराहरु खाडीमा पठाउनेलाई हाम्रो सरकार भन्न मिल्छ र बा? बालाई सोध्न बिर्सिएको कुरा।

    तन्त्र जे सुकै होस्, सरकार त अभिभावक बन्नु पर्छ, भन्नु हुन्थ्यो बा, तीन करोडलाई ७२ हजार ऋण बाेकाएर, मुखियाले ८ करोडको गाडीमा सवारी गर्न मिल्छ र बा? बालाई सोध्न बिर्सिएको कुरा।

    लोकतन्त्रको सरकार त जनताको हो नि! भन्नुहुन्थ्यो बा, गुरु कुट्ने र ज्यान मार्नेहरुलाई आममाफी दिन मिल्छ र बा? बालाई सोध्न बिर्सिएको कुरा। लोकतन्त्रमा झुकेर भोट माग्नेहरु, लुकेर देश बेचिरहेका छन्, देश बचाउन/ देश बनाउन कुन चाहीँ तन्त्र छान्नु पर्ने होला बा? बालाई सोध्न बिर्सिएको कुरा।

    धाउँदै-धाउँदै ढोका ढोका चाहारेर, छिमेकीले मुखिया छानिदिने भए, गरिब देशले, अर्वौं खर्चेर, किन चुनाव गराएको होला बा? बालाई सोध्न बिर्सिएको कुरा।

    बत्तिस बर्षे वालेनले देशको माया बुझेको बेला, देशको माटो चिनेको बेला, आठ दशक राजनीति गरेकाहरुलाई के को र कसको माया लागेछ होला बा? बालाई सोध्न बिर्सिएको कुरा

    बाढी त बारले छेक्ने हैन नि, जतासुकै पोखरी बनाउनु पर्छ है भन्नुहुन्थ्यो बा, खन्ने त कता हो कता, भएकै पोखरी जोगाउने कसरी होला बा? बालाई सोध्न बिर्सिएको कुरा।

    सबैथोकको गोडमेल समय छदै गर्नु पर्छ है भन्नु हु्न्थ्यो वा, सधै भरी एउटै मुखिया बन्ने, यो राजनीतिमा चै गोडमेल गर्न ढिला भएन र बा ? बालाई सोध्न बिर्सिएको कुरा।

    ठूलो स्वरले बाेल्न/ चिच्याउन हुन्न, सह जान्छ है भन्नुहुन्थ्यो बा, चिनिन र नेता बन्न चिच्याउनै पर्ने भएर पो हो कि, देशकै सह गएको बा? बालाई सोध्न बिर्सिएको कुरा।

    छोरा र छोरी बराबर हुन भन्नुहुन्थ्यो बा, छोरी ज्वाईं घुम्न जाँदा मख्ख पर्ने आमाहरु, बुहारीले “आमा! हामी मन्दिर जान लागेको”, भन्दा परक्क मुन्टो बटार्न मिल्छ र, बा? बालाई सोध्न बिर्सिएको कुरा।

    सरकारी स्कुलको हेडसर, छोरालाई चट्ट टाई सुटमा सजाएर, पहिला बोर्डिङ पुर्‍याउनु हुन्छ, अनि हल्लिँदै हल्लिँदै साँडे-दश तिर स्कुल पुग्नु हुन्छ, सरकारको गुणस्तरीय शिक्षा भनेको यही होला बा? बालाई सोध्न बिर्सिएको कुरा।

    अस्पताल त स्वर्गै जस्तो हुनु पर्छ भन्नुहुन्थ्यो बा, डाक्टर नै हड्तालमा बसेपछि, बिरामी के गर्ने होला बा? बालाई सोध्न बिर्सिएको कुरा। छिमेकतिर खाली प्रगति भएन, प्रगति भएन भनेको सुन्छु, कर्मको पसिना नबगाउने, ओछ्यानमा बसेर राशीफल हेरेर/सुनेर कस्तो प्रगति खोजिएको होला बा? बालाई सोध्न बिर्सिएको कुरा।

    सबैको जस्तै मेरा बा पनि ज्ञानको खानी हुनुहुन्थ्यो, पौरखको सगर हुनुहुन्थ्यो, मायाको महासागर हुनुहुन्थ्यो, धर्म कर्म रीति-रिवाज घर ब्यवहार सबका ज्ञाता हुनुहुन्थ्यो। बासँग धेरै सोधियो, बासँग धेरै सिकियो।

    कति कुरा बाले मुखैले बोलेर जवाफ दिनु हुन्थ्यो त कति कुराको जवाफ व्यवहारबाट दिनुहुन्थ्यो। थुप्रै सोधियो, थुप्रै सिकियो, अझै धेरै रहेछन्, बालाई सोध्न बिर्सिएको कुरा।

    शनिबार, असार २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    ढकाल नालीवेली: अछामको काफलजणिबाट गोरखाको बोर्लाङ्गसम्म
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    ढकाल वंश: अछामदेखि गोरखासम्म
    लेखक संघको पूर्ण बैठक माघ १७ मा

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • २.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ४.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: जेठ, २०८३

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer