काठमाडौ । शंकरापुर नगर पालिका वार्ड न. ५ साँखु स्थित श्री क्षितिज जन जागृत आधारभुत बिधालयमा राष्ट्रियगान तथा अन्य क्रियाकलापको लागि आवश्यक लाउडस्पिकर (sound system) क्ल्व डाईरेक्टर ला. माधव नारायण तिवारी ज्युले आफ्नी छोरी सम्रीता तिवारीको जन्मदिनको उपलक्ष्यमा मा प्रदान गर्नु भयो।
LCK साझाँ फुलबारीका अध्यक्ष ला. कमल बहादुर खत्रीको सभापतित्वमा संचालन भएको कार्यक्रममा, प्रमुख अतिथि IPDG ला. महेन्द्र पौडेल, अतिथिहरु Chief Advisor ला. रत्न प्रसाद पराजुली, Chief AOG ला. हरिचन्द्र तिवारी, ACA( कार्यक्रम संचालक) ला.ईश्वर अर्याल ,जोन चियर पर्सन ला. गणेश प्रसाद पन्त, क्लब डाईरेक्टर ला. माधव नारायण तिवारी , स्कुल ब्यवस्थापन समिति का अध्यक्ष चिरिन्जिवि रेग्मी, स्कुलका प्रधानाध्यापक निर्मल थापा, समाजसेवि मनोज कुईकेल का साथै सबिता ,रन्जु अधिकारी, सौरभ तिवारी, ललिता श्रेष्ठ ,सुनिता खडका, स्कुलका म्याडमहरु एवं बिद्यार्थी बाबुनानिहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोहि अवसरमा LCK साझाँ फुलबारीका तर्फबात श्री क्षितिज जन जागृत आधारभुत बिधालयलाई ईलेक्ट्रोनिक घण्टी ,टेवल सापनर प्रदान गरिएको थियो । LCK साझाँ फुलबारीका क्लब डाईरेक्टर माधव नारायण तिवारी बाट स्कुल शिक्षिका को लागि मासिक रु. १५,०००/-( पन्ध्रा हजार) का दरले एक बर्ष को जम्मा रु १,८०,०००/- ( अक्षरेपी रु एक लाख असी हजार) प्रदान गर्ने घोषणा गर्नुभएको थियो । जस्ले स्कुल ब्यवस्थापन समितिका अध्यक्ष चिरिन्जिवि रेग्मी, स्कुलका प्रधानाध्यापक निर्मल थापा लगाएत सम्पुर्ण बिद्यालय परिवार खुशि हुनुका साथै क्ल्वका सम्पुर्ण सदस्यहरुमा हार्दिक धन्यबाद दिनुभयो ।
ACA ला.ईश्वर अर्यालले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्कुलका प्रधानाध्यापक निर्मल थापा, स्कुल ब्यवस्थापन समिति का अध्यक्ष चिरिन्जिवि रेग्मी लगायतले, बिगतको स्कुल संचालनको कठिन समयको संझना गर्दै, LCK साझाँ फुलबारीले बिधालयको हरेक दु:ख, सुखमा साथदिदि दिदै आएको साथ र सहयोगको खुलेर प्रसंशा गर्नु भएको थियो ।






