• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

नेपाली उखान टुक्का, संबादमा गहनता थप्न र बेजोड रमाइलो बनाउन जानी राखौ,


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । उखान-टुक्का हाम्रा सम्पत्ती हुन । यिनिहरुको संरक्षण गर्नु तपाई हामी सबैको कर्तब्य हुन आउछ । नेपाली समाजमा नेपाली भाषाको बिकाश संगै उखानको पनि सुरुवात भएको पाइन्छ । कुराकानीको क्रममा समय अनुकुल उखान टुक्का को प्रयोग गर्दा आफुले ब्यक्त गर्न खोजेको कुरामा अरु गहनता थप्न सकिन्छ । साथै संबाद लाइ रमाइलो बनाउनको लागि पनि उखान टुक्काले बेजोड भूमिका खेल्न सक्दछ ।

    Advertisement

    तर पछिल्लो पुस्ताको बिकाश संगै पुराना उखान टुक्का हरुको प्रयोग घट्दै गएको महसुस हुन थालेको छ । हाम्रा बाजे बराजुका पाला देखिनै सिर्जना भएका यस्ता उखान टुक्का हरु अहिले पनि निकै सान्दर्भिक लाग्ने गर्दछ । पछिल्लो समयमा कम प्रयोग हुदै आएका तर निकै नै अर्थ पूर्ण नेपाली उखान टुक्का हरु:

    १) हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला !

    २) हत्केलामा तोरी उम्रदैन !

    ३) हिराको मोल किराले जान्दैन !

    ४) हेर्दाको राम्रो, दिन खानको चाम्रो !

    ५) हल्लिएको दाँत एकदिन फुक्लन्छ !

    ६) हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ !

    ७) हर्रो नपाउनेलाई जाईफल !

    ८) हँसियाको बिहेमा खुर्पाको गीत !

    ९) सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ !

    १०) सिपाहिको काम छैन, जर्नेलको मान !

    ११) सालीको आशमा भिनाजुको बनिबास !

    १२) सम्धीको निहुँले मलाई पनि घिउले !

    १३) संगैका साथि सिँहदरबार माथी !

    १४) संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी !

    १५) सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी !

    १६) सबै कुकुर काशी गए गु केले खाला !

    १७) शिरमा टोपी छैन , खुट्टामा खोल !

    १८) शुक्र उदाए, फर्सी कुदाए !

    १९) शुरोको मुखमा काँडाले कोर्दैन !

    २०) बचनको चोट, मनको घाउ !

    २१) बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन !

    २२) बैरो हाँसे, पैरो चल्छ !

    २३) लानेलाई भन्दा जानेलाई हतार !

    २४) लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

    २५) लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ !

    २६) लजालु बुहारी, असनको डेरा !

    २७) लक्का छोरोलाई के को धक्का !

    २८) रण्डिको घरमा पोइको के खाँचो !

    २९) राजाको घरमा नुन को दु:ख !

    ३०) रावण मरेर लंका खाली हुँदैन !

    ३१) रात राम्रो जुनले, मान्छे राम्रो गुनले !

    ३२) रिसको झोकमा कसले बेद पढ्छ !

    ३३) युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन !

    ३४) मर्दको जुँगा सँग आगो पनि हच्किन्छ !

    ३५) मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो !

    ३६) माग्नेलाई तातो भात !

    ३७) माकुराको जाल झिंगाको काल !

    ३८) मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !

    ३९) मरी जाने चोला, उडी जाने सास !

    ४०) भोको पेटलाई तातो खिर !

    ४१) भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !

    ४२) भाउजुको देवर तन्नेरी !

    ४३) भरि गाग्रो छ्चल्किन्न !

    ४४) भाई भए भरोस, गाई भए गोरस !

    ४५) भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !

    ४६) बँदेल जति मोटायो उति चाक साँगुरो !

    ४७) बालुवा निचरेर तेल आउदैन !

    ४८) पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग !

    ४९) पानीमा बसी गोही संग दुस्मनी !

    ५०) पाडो खानेले बाच्छो राख्दैन !

    ५१) नसो पस्यो, माया बस्यो !

    ५२) नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो !

    ५३ नठिनिको नाठो काख छउन्जेल आफ्नो !

    ५४) नबोल्नेको कोहि पनि बैरी हुदैन !

    ५५) धन कमाई धाक, साथी कमाई लाख !

    ५६) दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो !

    ५७) दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !

    ५८) दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो !

    ५९) दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् !

    ६०) दमाइको लुगामा तुना छिनेको !

    ६१) दाजुको चिउरा, भाउजुको खटन !

    ६२) थैली बलियो भए साथीको के कमि !

    ६३) तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !

    ६४) तिम्रो पोइ लोते लोते, कसले दियो पोते !

    ६५) तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु !

    ६६) तातोपानीले घर डढदैन !

    ६७) तिहारको ज्वाईं, श्राद्ध को सालो !

    ६८) तन्नेरीको साथमा तरुनीको नासो !

    ६९) तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला !

    ७०) ढिकीले स्वर्गमा पनि धानै कुट्छ !

    ७१) डाँकाले खाएको धन,आगोले खाएको बन !

    ७२) डरलाग्दा मान्छेका घिनलाग्दा कुरा !

    ७३) डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ !

    ७४) ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !

    ७५) ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला !

    ७६) ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे !

    ७७) टुपी समाएर गालामा चड्कन !

    ७८) टोपी न सोपी,कपाल केले छोपी !

    ७९) टाढाको देउता, करेसाको भुत !

    ८०) झिङ्गो मारि धार्नी न बिसौली !

    ८१) झड्केलो छोराछोरी, खढ्कुलाको भात !

    ८२) जान्नु न सान्नु थुतुनो मात्रै तान्नु !

    ८३) जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !

    ८४) जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना !

    ८५) जसकी आमा भान्छे, उसको छोरो भोकै !

    ८६) जति सुम्सुम्यायो उति ठाडो !

    ८७) जुन आस लाग्दो उही जेठाजु !

    ८८) छोरीको बैंस बाबुले होइन, अरुले देख्छ !

    ८९) छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !

    ९०) छालो जाला तर कालो जादैन !

    ९१) छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने !

    ९२) चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ !

    ९३) चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन !

    ९४) चिनीको नाम जपेर मुख गुलियो हुदैन !

    ९५) चण्डाललाई रुद्राक्षको माला !

    ९६) घरमा छैन तेल, खान खोज्छ सेल !

    ९७) घर नखाएको छोरि, प्रदेश नखाएको छोरो !

    ९८) गिद्धको सामु कौवाको पखेटा !

    ९९) गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर !

    १००) गधाको भारी नपुगी उठ्दैन !

    १०१) गोठालोको बुद्धि भैसीको थुनमा !

    माथि प्रस्तुत गरिएका नेपाली उखान टुक्का हरु तपाइलाई कस्तो लाग्यो ? तपाइलाई सबैभन्दा बढी कुन चाहिँ मनपर्यो, कमेन्ट बक्स मा लेख्नुहोला ! साथै तपाइलाई पनि येस्तै रमाइला उखान टुक्का हरु थाहा छन् भने पनि लेख्न नबिर्सनुहोला ! “सेयरिङ्ग इज केयरिङ्ग” , भने जस्तै पढेर सेयर गर्न नभुल्नु होला ।

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer