आँपका लागि प्रसिद्ध जिल्ला सिराहा मधेश प्रदेशमा पर्दछ । यो जिल्ला नेपालको दक्षिणमा रहेको समथर तराई भूभागमा रहेको छ । यस जिल्लाको क्षेत्रफल १,२२८ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ७६ मिटर देखि ८८५ मिटर चाईमा राजेको छ । यस जिल्लाको सदरमुकाम सिराहा नगरपालिकामा पर्ने सिराहा बजार हो । भौगोलिक रुपमा यो जिल्ला २६°३३” देखि २६°५५” उत्तरी अक्षांस र ८६°६’ देखि २७° २६’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । जिल्लामा८ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी जम्मा १७ वटा स्थानीय तह रहेका छन्, भने चारवटा विर्वाचन क्षेत्र रहेका छन्। यस जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी) उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको विहार प्रदेश संग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ७,३९,९५३जना रहेको छ भने जनघनत्व ६२३ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९६.६८% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर १.४३% रहेको छ भने कूल जनसंख्याको १.६% जनसंख्या फरक क्षमता भएका छन् । यस जिल्लाका प्रमुख जातजातिहरुमा ब्राह्मण, यादव, थारु, मुसलमान, तेली, धानुक, मुसहर, खत्वे, चमार/हरिजन आदि रहेका छन्। यस जिल्लामा बोलिने भाषाहरुमा मैथली, थारु नेपाली रा उर्दु आदि रहेका छन् ।
यस जिल्लाका प्रमुख जलसम्पदाको रुपमा कमला नदी, घुर्मी खोला, बलान खोला, मैनवती खोला, खुट्टी खोला, गागन खोला, सर्रे खोला, सहजा खोला, बतहा खोला, जिवा खोला, भेडवा खोला रहेका छन् भने पिउने पानीको लागि भूमिगत पानी प्रयोग हुने गर्दछ ।
यस जिल्लाको मुख्य पेशा कृषि ब्यापार, पशुपालन तथा मत्स्यपालन रहेको छ। यस जिल्लाका मुख्य बलीहरुमा धान गहुँ, मकै, तोरी बेसार आदि खाद्यबाली हुन् भने नगदेवालीको रुपमा उखु तथा आँप खेती गरिन्छ । लाहान, सिराहा, माडर, सारस्वर, कल्याणपुर, सुखीपुर, मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् ।
जलवायुका हिसावले यस जिलामा उष्ण मौषमी जलवायु पाइन्छ । यस जिल्लाका वनस्पतिमा उष्ण सदावहार वनस्पति पाइन्छ । साल सिसौ, टिक, खयर आदि यहाँ पाइने मुख्य वनस्पति हुन् ।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




