• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जिल्ला परिचय: तनहुँ


  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • नेपाली कविता साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँ जिल्ला गण्डकी प्रदेशमा पर्दछ । यो जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १,५४६ बर्ग कि.मि. (रामेछाप जिल्ला संग बराबर) रहेको छ भने समुद्र सतहबाट १८७ मिटर  देखि २,१३४ उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम व्यास नगरपालिकामा मादी नदीको किनारमा अवस्थित दमौली बजार (३७० मि.)  हो । भौगोलिक रुपमा यो जिल्ला  २७°३’ देखि २८°५’ उत्तरी अक्षांस र ८३°७५’ देखि ८४°३४’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा, १ वटा महानगरपालिका, ४ वटा गाउँपालिका गरी जम्मा ५ वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा चितवन र गोरखा  जिल्ला, पश्चिममा स्याङ्जा जिल्ला, उत्तरमा कास्की र लमजुङ जिल्ला  तथा दक्षिणमा पाल्पा नवलपुर र चितवन र जिल्ला  संग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३,२१, १५३ जना रहेको छ भने जनघनत्व २०८ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात८७.७४ % रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -०.०६ % रहेको छ भने कूल जनसंख्याको ३% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८१.६% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा मगर. क्षेत्री, ब्राह्मण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, मगर, गुरुङ, नेवारी, दरै, तामाङ, भोजपुरी, खस, भुजेल  आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा देवघाट छाब्दीबाराही, ढोर बाराही, थानीको थान, अकला मन्दिर, तनहुँ भगवती मन्दिर, पराशर आश्रम, तनहुँसुर दरवार, भानुजन्मस्थल, घाँसीकुवा, कोट दरवार, ऋषिरानी पोखरी, व्यास र पराशर तपोभुमी, आंधीमूल, छिम्केश्वरी लेक, मिर्लङकोट, मानुङकोट, सिद्ध गुफा, ढुन्दुर सिद्ध गुफा, मिलेनियम गुफा, व्यास गुफा आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।

    यस जिल्लाको जलस्रोतका रुपमा काली गण्डकी नदी, मादी नदी, सेती नदी, मर्स्याङ्दी नदी, र त्रिशुली नदी तथा अन्य साना ठूला खोला तथा नदीहरु रहेका छन् ।  यसका साथै तनहुँ जिल्लामा छाब्दी बाराही र ढोर बाराही जस्ता अत्यन्त मनोरम र सौन्दर्यताले भरिपूर्ण पवित्र कुण्डहरु रहेका छन् ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। धान, गहु, मकै तोरी, कोदो आलु जस्ता खाद्यवाली तथा व्यावसायिक तरकारी खेती नगदेवालीको रुपमा गरिन्छ ।  दमौली, आँबुखैरेनी, माझकोट, गाजरकोट, छाब्दी देउराली, भिमाद,बन्दीपुर आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    उचाई गत विविधता सँगै यस जिल्लामा जलवायुमा पनि विविधता पाउन सकिन्छ । जलवायुका हिसावले यस  जिल्ला उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लामा वार्षिक औशत वर्षा २,०५८ मि.मि. सम्म हुने गर्दछ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पति तथा पतझड वनस्पति पाइन्छन ।

    जिल्ला परिचय अन्तरगत यो उनन्चालीसौं शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer