१.नेपालको कुन कालमा काष्ठकलाको उच्चतम विकास भएको पाइन्छ?
- मल्लकालमा
२.नेपालमा भित्री मधेशका जिल्ला कतिवटा रहेका छन्?
- ७ (उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र सुर्खेत)
३.रावलपिण्डी रिजोल्सयुन नामक कार्यक्रम के संग सम्बन्धित छ?
- वाल मजदुरी उन्मुलन
४.नक्सा अध्ययन गर्दा कुन दिशालाई आधार मानेर गरिन्छ?
- उत्तर
५. सार्वजनिक प्रशासनका पिता भनेर कसलाई चिनिन्छ ?
- विड्रो विल्सन
६.नेपालको पहिलो एस. एल. सी. परीक्षामा कतिकजना परीक्षार्थी सहभागी भएका थिए ?
- ३४ जना
७.क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो महानगरपालिका कुन हो ?
- पोखरा लेखनाथ महानगरपालिका
८. जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली हानी हत्या गर्ने को थिए ?
- टेटसुया यामागामी
९.नासपातीको लागि प्रशिद्ध स्थान कुन हो ?
- फर्पिङ
१० दैनिक पाठयोजना बनाउने मूख्य जिम्मेवारी कसको हो?
- विषय शिक्षक
११.राष्ट्रिय शिक्षा नीति २०७६ कहिले स्वीकृत भयो ?
- २०७६-७-१८
१२.कस्तो खालको परीक्षामा विस्वस्नीयता र वैधता बढी हुने गर्दछ?
- वस्तुगत परिक्षा
१३.उदयपुर जिल्लाको सदरमुकाम गाईघाट कुन नदीको किनारमा रहेको छ?
- त्रियुगा
१४.शिक्षकले वर्षभरिमा कतिदिन विरामी विदा पाउने ब्यवस्था रहेको छ ?
- १२ दिन
१५.अयोध्याको पुरानो नाम के हो ?
- फैजावाद
१६.सुर्मा सरोवर कुन जिल्लामा पर्दछ?
- बझाङ
१७.अक्षरांक शिक्षा कसले लेखेका थिए?
- जय पृथ्वी बहादुर सिंह
१८.नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुन्ज कुन हो?
- रारा राष्ट्रिय निकुन्ज
१९.नेपाल सरकारद्वारा नेपालमा ७५३ वटा स्थानीय रहेको सूचना नामसहित राजपत्रमा कहिले प्रकाशित भयो ?
- २०७४-०५-४
२०. चार वेदमा पहिलो वेद कुन हो?
- ऋग्वेद




