• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: पर्वत


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • क्षेत्रफलको हिसाबले नेपालको चौंथो सानो जिल्ला पर्वत गण्डकी प्रदेशको सबैभन्दा सानो जिल्ला हो । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार पहाडी  जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल ४९४ बर्ग कि.मि. भने समुद्र सतहबाट ५२० मिटर  देखि ३,३०९ मिटर उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम कुश्मा  नगरपालिकामा अवस्थित कुश्मा बजार हो । भौगोलिक रुपमा यो जिल्ला  २७º ५८’ देखि २८º३९’ उत्तरी अक्षांस र ८३º ३३’ ४०’’ देखि  ८३º ४९’ ३०’’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा, २ वटा नगरपालिका, ५ वटा गाउँपालिका गरी जम्मा ७ वटा स्थानीय तह  रहेका छन् । यस जिल्लाको पूर्वमा कास्की स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ र म्याग्दी जिल्ला, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा स्याङ्जा र गुल्मी जिल्ला संग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १,३०, ८८७ जना रहेको छ भने जनघनत्व २६५ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ८९.१२% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर -१.०९ % रहेको छ भने कूल जनसंख्याको ३.५% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८०.१% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा ब्राह्मण, क्षेत्री, मगर, विश्वकर्मा, परियार, मिजार, गुरुङ, ठकुरी, नेवार, सन्यासी आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, गुरुङ, मगर, नेवारी, संस्कृत आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा कुश्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी गुफा, बर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिरमुनीको ढाउ गुफा, मोदीवेनीको नरसिंह मन्दिर, सेतीवेणीको शालिग्राम शिला, र्धारिङ्गको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरू, ठूली पोखरीको बाटुलेचौर, होश्रादीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरबार तथा किल्ला, माझफाँटको कर्णेलको दरबार, तथा लुंखुको महाशिला (मेलढुङ्गा) आदि रहेका छन् साथै पर्वतको सालिजा, दुर्लङ, भुकदेउराली, क्याङलेसपार, चित्रे, आर्थर लगायतका स्थानमा होमस्टेलाई व्यवस्थित गरिएको छ । पर्वत जिल्लामा नेपालकै सबैभन्दा लामा र अग्ला झोलुङ्गे पुलहरु रहेका छन् जसको अवलोकन गर्न दैनिकजसो हजारौं पर्यटकहरु पर्वत भित्रिने गर्दछन्। यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।

    यस जिल्लाको जलस्रोतका रुपमा पर्वतको पश्चिमि भागमा कालीगण्डकी नदी, मध्यभागमा मोदी अन्य लुंदी, लस्ती, पाति, रति, जहरे, मल्याङ्गदी, चर्दी, लमाय, वाच्छा, सेति लगाएतका साना ठूला खोला तथा नदीहरु रहेका छन् ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि  रहेको छ। पर्वत जिल्लामा तराई बिर्साउने अत्यन्त उर्वर माटोले युक्त बेंशी तथा फाँटहरु रहेका छन् । यस जिल्लाको २४१७१ हेक्टर कृषियोग्य जमिनमा धान, गहुँ, मकै, कोदो जस्ता खाद्यवाली तथा अदुवा, , अलैंची, कफी, बेसार र व्यावसायिक तरकारी खेती नगदेवालीको रुपमा गरिन्छ कुश्मा, हुवास, कार्कीनेटा, कुर्घा, सेतीवेणी, राम्जा, ओख्रेनी, फलेंबास  आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    उचाई गत विविधता सँगै यस जिल्लामा जलवायुमा पनि विविधता पाउन सकिन्छ । जलवायुका हिसावले यस  जिल्ला उपोष्ण मनसुनी जलवायु न्यानो समशीतोष्ण तथा ठण्डा समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम शून्य डिग्री सेल्सियस भन्दा सम्म झर्ने गर्दछ । यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पति पतझड वनस्पति तथा कोणधारी वनस्पति पाइन्छन ।

    जिल्ला परिचय अन्तरगत यो बयालीसौं शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer