• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: रुपन्देही


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • एशियाका तारा, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल, पाल्पाका सेनबंशी राजाको शीतकालीन राज्यस्थल तथा जनसंख्याका हिसाबले तेस्रो ठूलो जिल्ला  रुपन्देही लुम्बिनी प्रदेशमा पर्दछ । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार तराईको  जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १,३६० बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटर उचाईबीच अवस्थित रहेको छ। यस जिल्लाको सदरमुकाम सिद्धार्थनगर  नगरपालिकामा अवस्थित भैरहवा  बजार हो । । भौगोलिक रुपमा यो जिल्ला  २७ º २०’ ००” देखि २७ º ४७’२५” उत्तरी अक्षांस र ८३º १२”१६” देखि ८३º ३८” १६” पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा एकवटा उपमहानागरपलिका, पाँच वटा नगरपालिका र १०  वटा गाउँपालिका गरी सोह्र वटा स्थानीय तह  रहेका छन् भने विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी सांस्कृतिक क्षेत्र पनि यसै जिल्लामा रहेको छ । यस जिल्लाको पूर्वमा परासी जिल्ला, पश्चिममा कपिलबस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यसंग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ११,२१,९५७ जना रहेको छ भ ने जनघनत्व ८२५ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९६.३३% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर २.३३ % रहेको छ भने कूल जनसंख्याको १.६ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८१.२ % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा ब्राह्मण, मगर, थारु, क्षेत्री, मुसलमान, यादव, चमार, विश्वकर्मा, लोध, केवट आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, भोजपुरी, अवधी, थारु, मगर ढुट, उर्दू, गुरुङ, नेवारी, हिन्दी आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा लुम्विनी, मणिमुकन्द सेनको दरवार, फुलवारी उद्यान, देवदह, जितगढी किल्ला, (बुटवल), प्रकटेश्वर महादेव (गोनाहा), मर्चवारी देवी (बोगडी), बोलबम धाम (सैनामैना नपा), सैनामैना ऐतिहासिक स्थल (सैनामैना नपा), सिद्धवावा धाम (बुटवल), शिवालय मन्दिर, वसडिलवा र नारायण मन्दिर (सिद्धार्थ नगर), मन्ठारी वावा र काली माई (विष्णुपुरा), सतीया माई (पटखौली), मल्मला देवी (सैनामैना), सैनामैना संग्रहालय (सैनामैना), एशियाकै सबैभन्दा ठूलो पाकडी वृक्ष, वनवाटिका, बाउन्न कोटी धाम, नीलकण्ठ बाबाधाम, रानी कुवा, रानीबगिया, जलैया सिमसार, हिलपार्क, गजेडी ताल आदि रहेका छन्  । यसका साथै विश्वभरका प्राणीशास्त्री, मानवशास्त्री, इतिहासकार सबैलाई एक अनुसन्धानको विषयबस्तु रामापिथेकसको अवशेष यसै जिल्लाको बुटवलमा रहेको हुदा यो जिल्ला अनुसन्धान कर्ताहरुका लागि पनि राम्रो गन्तव्य बन्न सक्ने देखिन्छ ।  यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन आदि रहेका छन् ।

    यस जिल्लाको प्रमुख जलस्रोतको रुपमा तिनाउ, दानव, रोहिणी, घोडाहा, डण्डा, इड्डरिया, कञ्चन, कोठी, सुखरा,जबई  जस्ता साना ठूला नदी तथा खोलाहरु रहेका छन । यी नदीहरुका अतिरिक्त अन्य ससाना नालाहरु पनि छन् जुन अस्थायी प्रकृतिका भएको हुनाले केवल वर्षामा मात्र यिनको अस्तित्व देखा पर्दछ । साथै यस जिल्लामा गैडहावा ताल, विष्णुपुरा ताल, गजेडी ताल आदि तालहरु रहेका छन् ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा  कृषि, पशुपालन, मत्स्यपालन, व्यापार, पर्यटन आदि  रहेको छ। यस जिल्लामा अत्यन्त मलिलो पाँगो माटो पाइन्छ । यस जिल्लाको कृषियोग्य जमिनमा धान, गहुँ, मकै, आलु,  तोरीजस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा उखु , व्यावसायिक तरकारी खेती पशुपालन, तथा मत्स्यपालन  पर्दछन।  बेलहिया नाका, भैरहवा बुटवल, सालझण्डी, मुर्गिया, खैरेनी, मणीग्राम, फर्साटिकर, हरैया, रुद्रपुर, छपिया, लुम्बिनी आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    जलवायुका हिसावले यस  जिल्लामा  उपोष्ण मनसुनी जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ५ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पाइन्छ भने साल सिसौ, खयर, टिक, कदम आदि यस जिल्लाका मुख्य वनस्पति हुन् ।

    जिल्ला परिचय अन्तरगत यो अठ्चालीसौं शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer