• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जिल्ला परिचय: कपिलबस्तु


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • प्राचीन शाक्य गणराज्यको राजधानी, तथा कपिल मुनिको साधनास्थल कपिलबस्तु जिल्ला लुम्बिनी प्रदेशमा पर्दछ । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार तराईको  जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल १,७३८ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट १०० मिटर देखि १००५ मिटर उचाईबीच अवस्थित रहेको छ। यस जिल्लाको सदरमुकाम कपिलबस्तु  नगरपालिकामा अवस्थित तौलिहवा  बजार हो । । भौगोलिक रुपमा यो जिल्ला  २७ º २५’ देखि २७ º ४९’ उत्तरी अक्षांस र ८२º ४१” देखि ८३º १४’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा ६ वटा नगरपालिका र ४  वटा गाउँपालिका गरी १० वटा स्थानीय तह  रहेका छन् । यस जिल्लाको पूर्वमा रुपन्देही जिल्ला, पश्चिममा भारत उत्तरप्रदेशको बरामपुरजिल्ला, उत्तर पश्चिममा दाङ जिल्ला , उत्तरमा अर्घाखाँची जिल्ला तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लासंग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ६,८२,९६१ जना रहेको छ भने जनघनत्व ३९३ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९६.१०% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर १.७ % रहेको छ भने कूल जनसंख्याको १.९ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७६.२ % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा मुसलमान, थारु, यादव, ब्राह्मण पहाडी, कुर्मी, दुसाध, क्षेत्री, मगर, चमार, ब्राह्मण तराई आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा अवधी, नेपाली, थारु, मगर ढुट, भोजपुरी, हिन्दी, मगर खाम, नेवारी आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा तिलौराकोट, कुदान, गोटिहवा, सगरहवा, निग्लिहवा, डेरवा, सारकुप, अरौराकोट, कपिलधाम, सिसहनिया, समयमाई, ताम्रेश्वरनाथ महादेव, शिवगढी, रामघाट, जगदिशपुर ताल, सगरहवा ताल, विजुवा, कोपवा, बुड्ढी, हरिहरपुर ताल, कर्मा ताल, घोघहवा ताल, पुरैनी ताल लक्ष्मणघाट, रामघाट मेला, लक्ष्मणघाट मेला, रामलिला मेला, थारु पर्व, शिवगढी मेला, हथौसा मेलाआदि रहेका छन्  । साथै यो जिल्लाको जगदीशपुर ताल रामसार क्षेत्रमा सूचीकृत क्षेत्र हुनुका साथै चरा पारिस्थिकीका लागि पनि केन्द्र भएको हुदा चरा अनुसन्धानकर्ताका लागि पनि महत्त्वपूर्ण गन्तव्य हुन सक्दछ । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन, अनुसन्धान, तीर्थाटन आदि रहेका छन् ।

    यस जिल्लाको प्रमुख जलस्रोतको रुपमा वाणगंगा, अर्रा, अगिया, कोईली, सुराई, चिराई, गुडरुङ, जमुवार  जस्ता साना ठूला नदी तथा खोलाहरु रहेका छन । यी नदीहरुका अतिरिक्त अन्य ससाना नालाहरु पनि छन् जुन अस्थायी प्रकृतिका भएको हुनाले केवल वर्षामा मात्र यिनको अस्तित्व देखा पर्दछ । साथै यस जिल्लामा जगदिशपुर ताल, सगरहवा ताल, विजुवा, कोपवा, बुड्ढी, हरिहरपुर ताल, कर्मा ताल, घोघहवा ताल, पुरैनी ताल आदि तालहरु रहेका छन् ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा  कृषि, पशुपालन, मत्स्यपालन, व्यापार, पर्यटन आदि  रहेको छ। यस जिल्लामा अत्यन्त मलिलो र मिहिन प्रकृतिको पाँगो माटो पाइन्छ । यस जिल्लाको कूल ८३००० हेक्टर कृषियोग्य जमिन (जसमध्ये २३००० हेक्टर बाह्रै महिना सिंचित हुन्छ) मा धान, गहुँ, मकै, आलु,  तोरीजस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा उखु , व्यावसायिक तरकारी खेती पशुपालन, तथा मत्स्यपालन  पर्दछन।  तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी, लवनी आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    जलवायुका हिसावले यस  जिल्लामा  उपोष्ण मनसुनी जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ५ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पाइन्छ भने साल सिसौ, खयर, टिक, कदम आदि यस जिल्लाका मुख्य वनस्पति हुन् ।

    जिल्ला परिचय अन्तरगत यो बाउन्न्नौं शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer