एशियाको सबैभन्दा ठूलो मरुभूमि कुन हो?
- गोवी मरुभूमि
२.बुटवल सहर कुन नदीको कुनारमा रहेको छ?
- तिनाउ
३. तराईको सबैभन्दा ठूलो जिल्ला कुन हो?
- कैलाली
४.जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले पठाएको स्मल लुनर ल्यान्डिङ डेमोस्ट्रेटर चन्द्रमाको सतहमा कहिले अवतरण भयो ?
- २०-१-२०२४
५. हेल्दी पासपोर्ट इन्डेक्स २०२४ मा नेपाल कतिऔं स्थानमा रहेको छ ?
- ९८ औँ
६.महाकवि देवकोटा संग्रहालयको उद्घाटन कहिले गरिएको हो?
- २०७९-०६-२४
७.नेपाल सत्कार दिवस कहिले मनाइन्छ?
- माघ २ गते
८. नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
- फर्पिंग
९.भक्तपुरका अन्तिम मल्ल राजा को थिए?
- रणजित मल्ल
१० भक्का संस्कृति कुन समुदायसंग सम्बन्धित रहेको छ?
- कोच राजबंशी
११.समाजशास्त्री बुबाकराले शिक्षाका कार्यहरुलाई कति भागमा विभाजन गरेका छन्?
- ४ भागमा
१२.Place Based Education अवधारणाका प्रवर्तक को हुन्?
- David Sobel
१३.पाल्पाको रानीमहल कसले बनाएका थिए?
- खड्ग समशेर
१४.स्यार्पू ताल कुन जिल्लामा रहेको छ ?
- पश्चिम रुकुम
१५.विश्व विद्यार्थी दिवस कहिले पर्दछ?
- अक्टोवर १५
१६.नेपालले पहिलो स्वर्ण पदक कुन खेलमा पाएको थियो?
- कराँते
१७. टोपोग्राफिक नक्सामा नीलोरङले केलाई जनाउछ?
- पानी
१८.कुन तत्त्वको कारणले सिस्नोले पोल्छ?
- फर्मिंग एसिड
१९.संसारको सर्वोत्कृष्ट पाणीनीय व्याकरण “अष्टाध्यायी” मा जम्मा कति सूत्र रहेका छन्?
- ३९९५ वटा
२०. महाभारतमा कतिवटा छन्दको प्रयोग भएको छ?
- तेह्रवटा




