• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जिल्ला परिचय: बर्दिया


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • नया नेपाललाई पूर्वबाट हेर्दा दोस्रो, डोटी जिल्लासंग बराबर क्षेत्रफल भएको, पश्चिमने पालको अन्न भण्डारका नामले परिचित जिल्ला  बर्दिया लुम्बिनी प्रदेशमा पर्दछ । यो जिल्ला लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिमको जिल्ला हो । यस जिल्लालाई  नेपाल सरकारको बर्गीकरण अनुसार तराईको  जिल्लामा राखिएको छ । यस जिल्लाको क्षेत्रफल २,०२५बर्ग कि.मि. रहेको छ । यस जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकामा अवस्थित गुलरिया बजार हो । भौगोलिक रुपमा यो जिल्ला  २७ º ७’ ००” देखि २८ º ३९’००” उत्तरी अक्षांस र ८१º ३’००” देखि ८२º ४१’ ००” पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । भौगोलिक रुपमा यो जिल्लालाई समथर क्षेत्र (६८.७६%) र सिवालिक क्षेत्र (३१.२४%) गरी दुइ भागमा विभाजन गर्न सकिन्छ । छ वटा नगरपालिका र दुइ  वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह  रहेका छन् साथै बर्दिया राष्ट्रिय निकुन्ज पनि यसै जिल्लामा रहेको छ। यस जिल्लाको पूर्वमा बाँके जिल्ला पश्चिममा कैलाली जिल्ला, उत्तरमा सुर्खेत र सल्यान जिल्ला तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यसंग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ४,५९,९०० जना रहेको छ भ ने जनघनत्व २२७ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९९.१५% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.७२ % रहेको छ भने कूल जनसंख्याको ३.३ % जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७६.९ % रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा थारु, क्षेत्री, पहाडी ब्राह्मण, विश्वकर्मा, मगर, मुसलमान, ठकुरी, यादव, परियार, तराई ब्राह्मण आदि  रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा थारु, नेपाली, अवधी, मगर ढुट, हिन्दी, भोजपुरी, अछामी, उर्दू, गुरुङ आदि रहेका छन् ।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा सदाशिव मन्दिर, बङ्गलामुखी मन्दिर, बकोटिया मन्दिर, उत्तर कौशल धार्मिक वनबाटिका, तारकेश्वर मन्दिर, केदारेश्वर मन्दिर, ओम्कारेश्वर मन्दिर, पर्वतिया मन्दिर,, नथुनिया बाबा मन्दिर, विजय कालिका मन्दिर, कृष्णसार संरक्षित क्षेत्र, बर्दिया राष्ट्रिय निकुन्ज, कोठियाघाट पुल, डल्लागाउँ होमस्टे, बधिता ताल, बबई नदीको पुल, कर्णाली पुल आदि रहेका छन्  । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन आदि रहेका छन् ।

    यस जिल्लाको प्रमुख जलस्रोतको रुपमा कर्णाली नदी, भेरी नदी, बबई नदी तथा मान खोला जस्ता साना ठूला नदी तथा खोलाहरु रहेका छन । यी नदीहरुका अतिरिक्त अन्य ससाना नालाहरु पनि छन् जुन अस्थायी प्रकृतिका भएको हुनाले केवल वर्षामा मात्र यिनको अस्तित्व देखा पर्दछ । साथै यस जिल्लामा बधैयाताल, लक्ष्मणा ताल, भाग्रैया ताल, सीमा ताल, मानपुरटपरा ताल, दनुवा ताल, भगहर ताल, ताराताल, नमताल, सिसैया ताल, सत्खोलवा ताल, लाल ताल, ओखरिया बाँध आदि तालहरु रहेका छन् जसले यस जिल्लाको जलावायुलाई बाह्रै महिना मनोरम बनाई राख्न सहयोग गरेका हुन्छन ।

    यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा  कृषि, पशुपालन, मत्स्यपालन, व्यापार, पर्यटन आदि  रहेको छ। यस जिल्लामा अत्यन्त मलिलो पाँगो माटो पाइन्छ । यस जिल्लाको कृषियोग्य जमिनमा धान, गहुँ, मकै, आलु,  तोरीजस्ता खाद्यवाली आदि यस जिल्लाका मुख्य उत्पादन हुन् भने कृषिजन्य व्यावसायिक उत्पादनमा उखु, कपास व्यावसायिक तरकारी खेती, पशुपालन तथा मत्स्यपालन पर्दछन। गुलरिया, सानोश्री, ताराताल, राजापुर, भुरीगाउँ, बाँसगढी, मैनापोखरी, सीतला बजार, बगनाह, स्याउली बजार, ठाकुरद्वारा, भोलागौडी, कतरनिया आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

    जलवायुका हिसावले यस  जिल्लामा  उपोष्ण मनसुनी जलवायु पाइन्छ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ५ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लामा उपोष्ण सदावहार वनस्पति पाइन्छ भने साल सिसौ, खयर, टिक, कदम आदि यस जिल्लाका मुख्य वनस्पति हुन् ।

    जिल्ला परिचय अन्तरगत यो अन्ठाउन्नौं शृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

     

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer