• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

के बन्ला त वैकल्पिक गठबन्धन ?


  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
  • काठमाडौं । सत्ता समीकरण अदलबदल भएसँगै नेपाली कांग्रेस फेरि एकपटक प्रतिपक्षमा पुगेको छ । फागुन २१ गते ‘अचानक’ प्रधानमन्त्री पुष्पकमदल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरेपछि कांग्रेस प्रतिपक्षको बेन्चमा पुगेको हो ।

    Advertisement

    नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा नयाँ गठबन्धन बनिसकेको छ । सत्ता गठबन्धनमा मा‌ओवादीसहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) छन् । ती दलहरूबाट बनेका मन्त्रीहरूले बुधबार शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

    यसका बाबजुद कांग्रेस नेताहरूले भने वैकल्पिक गठबन्धन बनाउन कसरत गरे । बुधबार बिहानमात्र पत्नी आरजु राणालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । त्यतिबेला कांग्रेस नेता रमेश लेखकले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

    तर, बुधबार साँझसम्म एकीकृत समाजवादी दुईवटा मन्त्रालय लिएर सत्ता गठबन्धनमा सामेल भइसकेको छ ।

    यस्तो अवस्थामा कांग्रेसले संसद्‌मा प्रतिनिधित्व गर्ने साना दलहरूसँग संवाद थालेको छ । बुधबार अपराह्न कांग्रेस नेताहरूले देउवा निवास बूढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई बोलाएर छलफल गरेका छन् ।

    कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला र रमेश लेखक सहभागी थिए ।

    बैठकपछि कांग्रेस महामन्त्री थापाले आफूहरूले सामूहिकरूपमा प्रतिपक्षमा बस्ने समझदारी गरेको दाबी गरे ।

    “हामी सत्ता गठबन्धनका साझेदारहरू छलफलमा बसेका हौँ । गठबन्धन छोड्ने यत्रो ठूलो निर्णय गर्दा प्रधानमन्त्रीजीले एकपटक पनि गठबन्धनका दलसँग छलफल गर्नुभएन । यो उहाँले गठबन्धनमाथि गरेको ‘धोकाधडी’ हो भन्ने निष्कर्ष रह्यो,” थापाले भने, “त्यसैले सामूहिकरूपमा प्रतिपक्षमा बसेर खबरदारी गर्ने समझदारी भएको छ ।”

    उनका अनुसार तत्कालीन सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले निर्वाचन अघिदेखि बनेको गठबन्धन तोड्दा प्रचण्डले सहयात्री दलसँग एकपटक पनि छलफल नगर्नु ‘धोकाधडी’ भएको निष्कर्ष निकालेको छ ।

    तर, बैठकमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत नयाँ समीकरणका लागि मार्ग प्रशस्त भएको बताउँछन् । यद्यपि, तत्काल सरकार निर्माणको आधार नदेखिएको उनको भनाइ छ ।

    “नयाँ लोकतान्त्रिक गठबन्धन निर्माणको बाटो खुला भए पनि सत्ता र शक्ति केन्द्रको संयुक्त स्वार्थमा संख्या घटिरहेको छ । त्यसैले तत्कालका लागि सरका निर्माण गर्ने सम्भावना कमजोर भएको छ,” उनले भने, “तर, सरकार गठनको मात्र कुरा नभएकाले भोलिका दिनमा पनि लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य विस्तारित हुँदै जानेछ ।”

     

    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    मासिक राशिफल: वैशाख २०८३

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer