• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।

    Advertisement

    पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा ‘लिङ्गे पिङ’को रौनकै छुट्टै हुन्थ्यो ।

    पिङ नखेली पनि दशैँ मनाइन्छ र ? मनाए पनि त्यसको के अर्थ ? भन्ने लाग्थ्यो । दशैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्गे पिङ’कै हुन्थ्यो । दशैँमा पिङ खेल्नै पर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैँ मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै सुरु भएको मान्न सकिन्छ ।

    वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नै पर्ने चलिआएको चलन बुढापाकाहरू बताउँछन् । केही वर्षअघिसम्म दशैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो । पछिल्लो समय गाउँगाउँमा खेलिने ‘लिङ्गे पिङ’को चलन हराउँदै गएको हो ।

    दशैँको सुरुआतदेखि थापेको ‘लिङ्गे पिङ’ तिहारसम्मै राखिन्थ्यो । युवाहरू विभिन्न सिलसिलामा गाउँबाट बाहिर जान थालेसँगै दशैँको खुसीयालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृति हराउँदै गएको बूढापाहरूको भनाइ छ । दशैँका बेला गाउँका युवाले बालबालिकाको लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिँदैन ।

    हरेक वर्ष दशैँमा पिङ लगाउने चलन । अनि पिङ बनाउन केही समय अघिदेखि नै गाउँका टाठाबाठाहरूको सहभागिता । बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपैयाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्रायः निश्चित नै हुन्थ्यो । साझा चौर या मन्दिरको प्राङ्गण ।

    सबैजना मिलेर तयार पारिएको त्यस पिङलाई गाउँकै सम्पदा जत्तिकै महत्त्व दिइन्थ्यो । दुई प्रकारका पिङहरूको चलन थियो । लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडबाडमा मात्रै निर्माण गरिन्थ्यो । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्त्वलाई संस्कृतिले नै जगेर्ना गर्दथ्यो ।

    अहिले दशैँमा बाटिँदैनन् बाबियाको लठारो । गाडिँदैनन् बाँसका खम्बाहरू । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया।।।’ गुञ्जिँदैन आजकल । समयले दशैँलाई पनि आफूसँगै फेरिदिएको छ । अहिलेका पुस्तालाई रोटे र लिङ्गे पिङको महत्त्व मात्रै होइन यसको आकार र स्वरूपका बारेमा पनि थाहा छैन ।

    उनीहरूले सुनेका छन् आमाबुबा वा हजुरबुबा, हजुरआमाबाट ‘हामी दशैँमा पिङ खेल्थ्यौँ । क्या मज्जा आउँथ्यो ।’ यही अभिव्यक्तिले उनीहरूको मस्तिष्कमा छाप पारेको छ ‘दशैँमा पिङ खेलिन्छ ।’ त्यसैले उनीहरू घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन् । कसैको माग पूरा हुन्छ । कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन् ।

    लिङ्गे पिङलाई चार दिशामा बाँस गाडेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिने । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरूले पिङ खेल्ने चलन भए पनि युवा वर्गहरू पिङ खेल्नमा बढी नै उत्साहित हुन्थे ।

    बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीको दोहोरी नै चल्थ्यो । ‘कसले बढी मच्चिन सक्ने रु’, ‘कसले लिङ्गो कटाउने रु’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ । रोटे पिङ बनाउन जनशक्ति र खर्च बढी नै लाग्ने भएकाले कमै मात्र बनाइन्थ्यो । काठ, डोरी जस्ता स्थानीय वस्तुहरू प्रयोग गरेर बनाइने रोटे पिङ बनाइन्थ्यो ।

    एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर रोटे पिङ बनाइन्थ्यो । ‘पिङ खेल्नकै लागि घण्टौँसम्म लाइन बस्ने, तँछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यो सबै एकादेशको कथाजस्तै भइसक्यो,’ राहताल गाउँपालिका–५ बड्डीचौरका पदमलाल विष्टले भन्नुभयो, ‘अहिले समयसँगै दशैँ पनि बदलिएको छ ।’

    प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको उहाँको बुझाइ छ । रोजगारका लागि युवाहरू विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा नभएको बिष्ट बताउनुहुन्छ । ‘रोटे र लिङ्गे पिङ बनाउन खुला ठाउँ चाहिन्छ, तर न हामीसँग छेलोखेलो जमिन छ न त समय नै,’ उहाँले भन्नुभयो ।

    पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरू पनि उपलब्ध नहुने भएकाले पनि रोटे र लिङ्गे बन्न छाडेको उहाँको भनाइ छ । बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैँमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको उहाँले बताउनुभयो ।

    “ग्रामीण भेगमा मानिसहरूको बसोबास पातलिएको छ । गाउँ सुनसान छन् । गाउँका सक्रिय जनशक्ति नै विदेश पलायन भएपछि पिङ लगाउने को रु अनि खेल्ने को रु वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरू रोजगारीका एकाएक बिदेसिन थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो”, उहाँले भन्नुभयो ।

    त्यसो त प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरूलाई । मानव जीवनमा प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषी मान्नुहुन्छ, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ निवासी गायक तथा सङ्गीतकार कुलमान नेपाली ।

    अहिलेका सोखिन मानिसहरू चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन् । “दशैँलाई सबैसँग घुलमिल भएर मनाउने चाडभन्दा पनि आफ्नो परिवारमा मात्र सीमित राख्ने कल्चरको विकास भएको छ”, नेपाली भन्नुहुन्छ, “दशैँ सामूहिक पर्वभन्दा ‘प्राइभेट सेलिब्रेसन’को माध्यम बनेपछि पिङ खेल्ने चलन लोप हुँदै जानु स्वाभाविक हो ।”

    उहाँका अनुसार अहिलेको पीढी सुखसयलको भोगी छ । नयाँ पुस्तालाई संस्कृति, परम्परालाई अवलम्बन गर्न झन्झट लाग्छ । उनीहरू पिङ खेल्नु भन्दा कोठामै बसेर मोबाइल चलाउन, कम्प्युटरमा गेम खेल्न रमाइलो मान्छन् । ‘आजकल मान्छेलाई टिका लाएर आशीर्वाद थाप्ने फुर्सद त छैन, पिङ खेल्ने त धेरै टाढाको कुरा हो,’ उहाँले थप्नुभयो ।

    प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमीले दशैँका बेला खेलिने रोटे र लिङ्गे पिङ हराएको उहाँको भनाई छ । नेपाली भन्नुहुन्छ, ‘यो पीढीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ १ अहिलेकै पुस्तालाई मात्रै सबै दोष दिन मिल्दैन । अघिल्लो पुस्ताले पनि बुझाउन सकेन, नयाँ पुस्ताले बुझ्नै चाहेन, कुरा यही हो ।’

    पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामग्रीहरू पाउनै कठिन भएकाले चाहेरै पनि यसको महत्त्व घटेको हुन सक्ने बताउनुहुन्छ, वीरेन्द्रनगर नगरपालिका–११ का रमेश सिँजाली । सामग्रीहरू प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यारलाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ ।

    “अहिले गाउँघरमा युवाहरूको सङ्ख्या पनि कम छ । युवाहरू पढाइ रोजगारीका लागि थातथलो छाड्नुपर्ने बाध्यताका कारण पनि पिङ बनाउन कठिन छ,’ सिँजालीले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा भित्रिएको प्रविधिसँगै मनोरञ्जनका विभिन्न साधनहरूले गाउँघरमा रोटे र लिङ्गे पिङ लोप भएका हुन थालेका छन् ।”

    गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खलो हुने गरेको उहाँको भनाइ छ । “गाउँमा मात्र होइन, केही वर्ष अगाडिसम्म सदरमुकाममै पिङ देख्न पाइन्थ्यो तर अहिले त्यो संस्कृति हराइसक्यो”, सिँजालीले भन्नुभयो, “अहिले त जङ्गलमा बास र बाबियो पनि पाइँदैन । सामग्री नै नपाइने भएपछि बनाउनका लागि कसले झण्झट गर्ला र रु”

    उहाँका अनुसार पहिले बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ । रासस

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश
    गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ
    बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
    आज भगवान रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
    कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु
    कुमा सागर र ख्वपा ब्यान्डको अष्ट्रेलिया टुर सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer