• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ


  •   बुधबार, असोज १५, २०८२ मा प्रकाशित
  • सङ्खुवासभा । सङ्खुवासभामा दसैँ–तिहारमा ग्रामीण भेगमा रोटे पिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । दसैँका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन् । मेला महोत्सवमा बिजुलीबाट चल्ने ठूला खालका पिङ राख्ने गर्नाले स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो । वर्षको एक दिन भुईँ छाड्नु पर्छ भन्ने मान्यताअनुसार धेरैले पिङ खेल्न रुचाउँछन् ।

    Advertisement

    चर्खेपिङ बनाउन ठूला–ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै गएको छ । पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । केही वर्षअघिसम्म सङ्खुवासभाका गाउँगाउँमा दसैँ–तिहारको मौसममा लिङ्गेपिङ र रोटे पिङ लगाउने गरिन्थ्यो ।

    जिल्लाका केही स्थानमा मात्र रोटे पिङ पनि भनिने चर्खेपिङ अर्थात् काठे पिङ देख्न सकिन्छ । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट कम हुने गरेको पाइन्छ । पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिन्छन् । गाउँमा कुनै बेला शुभकामना साटासाट गर्ने स्थल पिङ मानिन्थ्यो । रोटे पिङ र लिङ्गेपिङ अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ ।

    विराटनगर । एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुँदै गएको छ ।

    दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिएकोमा अहिले रोटेपिङ हराइसकेको छ । आक्कलझुक्कल मात्र लिङ्गे पिङ देखिन्छ । रोटेपिङ भने मेलाहरुमा मात्र देख्न सकिन्छ ।

    गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने गरेको छ । दशैंको बेलमा सबैले जमिन छोड्नुपर्छ भन्ने मान्यता रहेकोले पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।

    पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र परम्परा भुल्दै गएपछि पिङ देख्नसमेत मुस्किल भएको हो। पछिल्लो पुस्ताका युवायुवतीलाई त्यस्ता पिङ बनाउने कुनै चासो नै नभएकोले धनकुटामा पिङ देख्न छाडिएको चौबिसे गाउँपालिकाका कुमार खत्रीले बताए ।

    ग्रामिण क्षेत्रका अधिकांश युवा अत्यधिक विदेशमा छन् । दशैं र तिहारका बेला मात्रै गाउँघरमा जुट्ने उनीहरूलाई पिङ बनाउने फुर्सद नै हुँदैन । अझ पिङको साटो पछिल्लो पुस्तका कतिपय भने जुवा र तासमा रमाउने गरेका छन् ।

    धनकुटाको छथर जोरपाटी गाउँपालिकाका नारायण कार्कीले पनि यो वर्ष आफ्नो गाउँ र वरपर रोटे पिङ देख्न पाएका छैनन्। सानो छँदा काठले बनाएको रोटे पिङ खेल्न पुगेको अनुभव छ, उनीसँग। तीन वर्ष साउदी अरब बसेर यो वर्ष दशैंमा घर आएका उनले गाउँमा पहिलेजस्तो दशैंको रौनक नभएको बताए ।

    सामान्यतया लिङ्गेपिङ बाँसका लिङ्गो गाटेर बाबियो या नाइलन डोरीको लठ्ठाबाट बनेको हुन्छ भने परम्परागत नेपाली रोटेपिङमा चार वटा काठका पिर्का हुन्छन्। रोटेपिङमा एकैपटक चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सक्छन्। दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ।

    पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ। पहिलेका दशैंमा केटाकेटीहरू रमाइलोका लागि पिङमा झुत्तिएका हुन्थे। युवायुवती तथा प्रौढहरू टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्न पुग्थे।

    पहाडतिर परम्परागत रुपमा भीरमा पाइने बाबियोबाट बनाइने लठारोलाई नै पिङको डोरीको रुपमा प्रयोग गरिने गरेको थियो। तराईमा भने जुटको डोरी र शहरमा प्लास्टिकको डोरी प्रयोग हुने गरेको छ। पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु र त्यसका लागि चाहिने बाबियो घाँससमेत गाउँघरमा पाइन छोडेपछि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न मुस्किल परेको स्थानीय बताउँछन्।

    पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ। युवापुस्ता दशैं मनाउन घर आए पनि फूलपातीदेखि टीकाको दिनसम्म घरमा बस्ने भएकाले पनि पिङ हाल्न छाडेका हुन्। अर्कोतिर प्रबिधि र इन्टरनेटको पहुँच सबैतिर पुगेकोले युवा पुस्ताले अधिकांश समय त्यसमै विताउने गरेको छ ।

    पौराणिक कथाअनुसार भगवान कृष्णको पालाभन्दा अगाडिदेखि पिङको विकास भएको हो। पौराणिक कथामा वृन्दावनमा चराले गीत गाइरहेको बेला भगवान कृष्णले पिङ खेलिरहेको बताइन्छ।

    धार्मिक ग्रन्थका अनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे र पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन् । कृष्ण–राधा दिनभर पिङ मच्चाउथ्यें ।

    बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छन् र स्वस्थ्य भइन्छ भन्ने मान्यता छ । पिङसँग स्वास्थ्यका कुरा जोड्दा मान्छेले वेवास्ता गर्ने भएकाले यसको महत्त्व दर्शाउन ‘दशैंमा धर्ती छोड्नैपर्छ एकपटक’ भन्ने प्रचलित भनाइ पनि छ।

     

     

    बुधबार, असोज १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer