• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल: जेठ, २०८३


  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • मासिक राशिफल: जेठ, २०८३
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कामको अवसर प्राप्त भए पनि प्रतिफल प्राप्त गर्न समय लाग्नेछ। व्यवसायमा मन्दी आउनाले आयस्रोत कमजोर बन्न सक्छ। धनमाल गुम्ने वा ठगीमा परिने समस्या देखिएकाले पनि व्यवहारमा सजग रहनुहोला। मौसमी समस्याले स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। सामान्य कामलाई समेत निकै प्रयत्न गर्नुपर्ने देखिन्छ। महिनाको उत्तरार्धमा भने स्थितिमा सुधार आउनाले केही अवसर प्राप्त हुनेछन्। कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। विलासी वस्तुका लागि केही रकम खर्च हुन सक्छ।
    वृष – Taurus
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुन सक्छ। आयस्रोत सबल देखिए पनि भोगविलासले खर्च निम्त्याउनेछ। तापनि परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लाग्नेछ। हिम्मतले लक्ष्यमा पुर्याउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। राजनीति तथा नोकरीमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा आम्दानी र खर्चको सन्तुलन बिग्रन सक्छ। पहिलेको लगानी समेत जोखिममा पर्ने सम्भावना छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। फाइदा उठाउन परिस्थितिसँग संघर्ष गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला।
    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    सुरुमा खर्चिलो काम थाल्नाले अर्थअभाव देखापर्नेछ। परिस्थितिवश केही कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। व्यापार तथा उद्योगमा भने नियमित फाइदा भइरहनेछ। रोकिएको रकम समेत हातलागी हुनेछ। खर्च लागे पनि प्रतिस्पर्धीहरू पछि हट्नाले अवसर प्राप्त हुनेछ। यन्त्र, उपकरण र विलासी वस्तुमा खर्च बढ्ने समय छ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। सरकारी कामकाजमा विलम्ब हुनेछ र जरिवानाको भागीदार बन्नुपर्ने अवस्था आउन सक्छ। पाउमा चोटपटकको सम्भावना देखिएकाले हतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता दिलाउनेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ।
    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    यो महिनामा गरिएको कर्मसाधनाले लक्ष्यमा पुर्याउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यापार तथा सेयरतर्फ फाइदा हुनेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। पूर्वार्धमा खर्च तथा लगानी गर्नुपरे पनि उत्तरार्धमा कर्मसिद्धि हुनेछ। आत्मसम्मानका साथ आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा जग बसाउने अवसर समेत प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्रा तथा उत्तम रोजगारीको अवसर जुट्नेछ। अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ।
    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्रारम्भमा केही चुनौती देखिए पनि यस महिनामा कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। सुरुको असावधानीले जोखिम निम्त्याउन सक्छ। चोटपटकको योग देखिएकाले साधन चलाउँदा सजग रहनुहोला। पुरानो विवाद सुल्झाउन केही समय लाग्न सक्छ। तापनि मिहिनेत गर्दा महत्त्वाकांक्षी काम बन्नेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। महिनाको उत्तरार्धमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरीमा प्रवेश वा पदोन्नतिको मार्ग खुल्न सक्छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। व्यापार, सेयर तथा उद्योगतर्फ मनग्य लाभ हुनेछ। कृषिकर्म एवं पशुधनबाट पनि फाइदै हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ।
    कन्या – Virgo
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    यो महिना केही संघर्षमय रहनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी महसुस हुनेछ। परिवारिक असमझदारी, स्वास्थ्य–बाधा, झुटा आरोप, काममा अवरोध जस्ता समस्या आउन सक्छन्। समय बितनाले प्रतिफल उठाउन समस्या पर्नेछ। व्यवहारमा संघर्ष गर्नुपरे पनि अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ। नयाँ व्यवसाय थाल्न केही समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा धेरै समय दिन नसकिएला। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। महिनाको उत्तरार्धमा नयाँ काम गर्ने अवसर जुट्नेछ र आम्दानीका स्रोत पनि सबल हुनेछन्। व्यापारमा सामान्य फाइदा हुनेछ।
    तुला – Libra
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    स्वास्थ्य कमजोर बन्ने र आलस्य बढ्ने समय छ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसायतर्फ सोचेको फाइदा नहुन सक्छ। नियमित काममा पनि व्यवधान हुने ग्रहयोग छ। चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। खर्च बढ्ने र आम्दानी रोकिने हुँदा उत्साहमा कमी आउनेछ। बलपूर्वक एउटै काममा लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने समय छ। पाउमा चोटपटकको योग देखिएकाले साधन चलाउँदा होसियार रहनुहोला। काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुपर्ला। नयाँ काम गर्न नसकिए पनि पहिलेको शाख जोगाउन सकिनेछ, प्रयत्न गर्नुहोला।
    बृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    घर–गृहस्थीमा केही समस्या देखिए पनि यो महिना समग्रमा शुभफलदायी रहनेछ। तत्काल लाभ उठाउन नसकिए पनि दीर्घकालीन योजना प्रारम्भ हुनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापारतर्फ महिनाको पूर्वार्धमा र उद्योगतर्फ उत्तरार्धमा विशेष लाभ हुनेछ। कामले वादविवाद निम्त्याए पनि आर्थिक स्थितिमा सुधार आउनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहनुहोला।
    धनु – Sagittarius
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    केही विवादास्पद काममा जुट्नुपरे पनि आर्थिक हिसाबले यो महिना लाभदायी रहनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान हट्नेछ। तर, उच्च महत्त्वाकांक्षाले उपलब्धिको मार्ग संकुचित बन्न सक्छ। हठ गर्ने बानीले शुभचिन्तकहरू टाढिनेछन्, सावधान रहनुहोला। यस महिनामा विभिन्न अवसर प्राप्त हुनेछन्। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। सेयर तथा सट्टापट्टा सम्बन्धी कामले फाइदा दिलाउनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। साझेदारीमा केही विवाद आउन सक्छ। तापनि, शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ।
    मकर – Capricorn
    भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। सुरुको उत्साहले नयाँ क्षेत्रमा लगानी गर्न सकिनेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले राम्रै उपलब्धि हासिल हुनेछ। आँटले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ। दाजुभाइ तथा सन्तानका माध्यमबाट काम बनाउन सकिनेछ। महिनाको उत्तरार्धमा भने अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ। भोगविलास र भेटघाटले खर्चका साथै जोखिम समेत निम्त्याउन सक्छ। अधिक परिश्रम वा मौसमी समस्याले स्वास्थ्य कमजोर बन्नुका साथै उत्साहमा कमी आउनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन भने सकिनेछ।
    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    एकसाथ अनेक काम प्रारम्भ हुनेछ। तर उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। सानो कमजोरीले निकटजनहरू टाढिन सक्छन्। सद्विचारले प्रेरित हुनेहरूलाई भने शुभचिन्तकहरूले साथ दिनेछन्। महिनाको उत्तरार्धमा परिस्थिति केही अनुकूल बन्नेछ। मिहिनेत गर्दा कृषि र भूमिबाट राम्रै लाभ उठाउन सकिनेछ। परिस्थितिले व्यावसायिक कामतर्फ अग्रसर गराउनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले संघर्षमय परिस्थिति पार हुनेछ। मिहिनेतले सफलताको उपलब्धि प्राप्त गर्न सकिनेछ। सेयर तथा व्यापारमा सामान्य लाभ हुनेछ।
    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    यो महिना निकै लाभदायक रहनेछ। पहिलेका व्यवधान हट्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ। नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुने बलियो सम्भावना देखिन्छ। उद्योगधन्दा फस्टाउनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विभिन्न अवसर फेला पर्नेछन् र आर्थिक पक्ष सबल बनाउन सकिनेछ। १८ गते उप्रान्त अधिक खर्च, धनमाल हराउने, उपकरण बिग्रने, चोटपटक लाग्ने आदि व्यवधान पनि आउन सक्छन्। बिनाकारण वादविवादमा परिने सम्भावना देखिएकाले बोली र व्यवहारमा सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूले सहयोग जुटाउनेछन् र सम्भावनाका नयाँ ढोकाहरू खुल्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार आउनेछ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer