☰
बुधबार, मङि्सर ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड


  •   मङ्गलबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
  • कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत भूगोल केन्द्रीय विभाग, कीर्तिपुरमा २०८३ कार्तिक ३० तदनुसार १६ नोभेम्बर २०२६ का दिन विशेष शैक्षिक तथा प्राज्ञिक कार्यशाला एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भूगोलविद्हरूले भूगोललाई केवल भौगोलिक अवस्थिति र नक्साङ्कनको अध्ययनमा सीमित नराखी विकास योजना, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण र सार्वजनिक नीतिनिर्माणको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    Advertisement

    नेपाल भौगोलिक संस्था (Nepal Geographical Society–NGS) को आयोजनामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय भौगोलिक सङ्घ (International Geographical Union–IGU) की अध्यक्ष प्रा. नथाली लेमार्शाँ (Prof. Nathalie Lemarchand), उपाध्यक्ष प्रा. अनिन्दिता दत्त (Prof. Anindita Datta), लगाएत International Geographical Union–IGU का पदाधिकारी एवं नेपालका विश्वविद्यालय तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधि, वरिष्ठ भूगोलविद्, प्राध्यापक र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमको अध्यक्षता एवं उपश्थित अतिथीहरुलाई स्वागत नेपाल भौगोलिक समाजका अध्यक्ष एवं कार्यक्रमका प्रा. डा. प्रेमसागर चापागाईंले गर्नुभएको थियो। सँस्थाका महासचिव त्रिबेन्द्र राज बाँस्कोटाले कार्यक्रम संचालन गर्नुभएको थियो साथै कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा. डा. दुबिनन्द ढकाल, केन्द्रीय भूगोल विभागका पूर्व विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डल, प्रा. डा. नरेन्द्रराज खनाल प्रा. डा. भीम प्रसाद सुबेदी, प्रा.डा. पद्म चन्द्र पौडेल, अन्तर्राष्ट्रिय भौगोलिक सङ्घकी अध्यक्ष तथा उपाध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

    कार्यक्रममा नेपाल भौगोलिक समाजका अध्यक्षले समाजका शैक्षिक, अनुसन्धानात्मक तथा संस्थागत गतिविधिबारे प्रकाश पार्दै नेपालको भौगोलिक अध्ययनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक सञ्जालसँग थप सुदृढ गर्नुपर्ने आवश्यकता उजागर गर्नुभएको थियो। त्यसैगरी, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा. डा. ढकालले त्रिभुवन विश्वविद्यालयको साख र गरिमा उच्च बनाउन भूगोल केन्द्रीय विभागको प्राज्ञिक उचाइले महत्त्त्वपूर्ण स्थान रहेको बताउदै उच्च शिक्षामा अनुसन्धानको गुणस्तर अभिवृद्धि, अन्तरविषयक ज्ञानको विस्तार तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको महत्त्वमाथि धारणा राख्नुभएको थियो।

    भूगोल केन्द्रीय विभागका प्रा. डा. केदार दाहालले विभागका तर्फबाट विभागका शैक्षिक, अनुसन्धानात्मक तथा प्राज्ञिक गतिविधिबारे प्रस्तुति दिँदै नेपालको भूगोल शिक्षाको विकास, अनुसन्धानका प्राथमिकता र संस्थागत उपलब्धिबारे चर्चा गर्नुकासाथै नेपालको विकासमा भूगोल र भौगोलिक ज्ञान र चेतनाको आवस्यकता र औचित्य माथि प्रकास पार्नुभएको थियो।

    कार्यक्रमको प्राज्ञिक सत्रमा नेपालका हिमालय क्षेत्रमा विद्यमान भू-दृश्य तथा प्राकृतिक विपद्सम्बन्धी विषयमा नेपाल भौगोलिक समाजका पूर्वअध्यक्ष तथा भूगोल केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा. डा. नरेन्द्रराज खनालले प्रस्तुति दिनुभएको थियो। उहाँले हिमाली क्षेत्रको जटिल भौगर्भिक तथा भौगोलिक संरचना, प्राकृतिक प्रक्रिया र विपद् जोखिमको सन्दर्भमा वैज्ञानिक भौगोलिक अध्ययनको आवश्यकता उजागर गर्दै सोको आधारमा विपद संबेदनशील विकास योजना बनाउनुपर्ने बताउनु भयो। जलवायु परिवर्तन, भौगर्भिक सक्रियता तथा मानवीय क्रियाकलापका कारण हिमाली भू-दृश्यमा उत्पन्न भइरहेका परिवर्तनलाई बुझ्न भौगोलिक अनुसन्धान महत्त्वपूर्ण हुने विषयमा उहाँको प्रस्तुति केन्द्रित थियो।

    यसैगरी, नेपालका  विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष, पूर्व विभागीय प्रमुख बरिष्ठ भूगोलविद् प्रा. डा. भीमप्रसाद सुवेदीले नेपालको विकासमा भूगोलको भूमिका विषयमा विचार प्रस्तुत गर्दै विकास योजना र नीतिनिर्माणमा स्थानिक न्यायका ( Spatial Justice) लागि भौगोलिक एवं भू-स्थानिक ज्ञान र चिन्तनको उपयोगिता औल्याउनु भएको थियो। भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत, जनसङ्ख्याको वितरण, पूर्वाधारको पहुँच र क्षेत्रीय असमानताको वैज्ञानिक विश्लेषणबिना सन्तुलित तथा समावेशी विकास सम्भव नहुने उहाँको प्रस्तुतिको मूल आशय थियो।

    कार्यक्रममा अन्तर्राष्ट्रिय भौगोलिक सङ्घकी अध्यक्ष प्रा. नथाली लेमार्शाँ तथा उपाध्यक्ष प्रा. अनिन्दिता दत्ताले अन्तर्राष्ट्रिय भौगोलिक समुदायको अनुभव, भूगोलको विश्वव्यापी शैक्षिक तथा अनुसन्धानात्मक महत्त्व र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे धारणा राख्नुभएको। उहाँहरूको सहभागिताले नेपाली भूगोलविद् र अन्तर्राष्ट्रिय प्राज्ञिक समुदायबीच ज्ञान आदानप्रदान, अनुसन्धान सहकार्य तथा संस्थागत सम्बन्ध विस्तारका अवसरलाई थप महत्त्व दिएको सहभागीहरूको बुझाइ थियो।

    औपचारिक सत्रको समापन नेपाल भौगोलिक समाजका उपाध्यक्ष छबिलाल चिदीले धन्यवाद ज्ञापनसहित गरेका थिए। त्यसपछि सहभागीहरूबीच सामूहिक तस्बिर लिइएको थियो।

    कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्षका रूपमा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीहरूलाई नेपालको विशिष्ट भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदासँग परिचित गराउने उद्देश्यले चोभार गल्छी तथा आसपासका क्षेत्रको स्थलगत अवलोकन गराइएको थियो। काठमाडौँ उपत्यकाको भू-आकृतिक विकास, चोभार क्षेत्रको प्राकृतिक संरचना तथा उपत्यकाको भौगोलिक इतिहास बुझ्न यो अवलोकन महत्त्वपूर्ण रहेको थियो। त्यसैगरी, काठमाडौँ दरबार क्षेत्रको भ्रमणमार्फत सहभागीहरूलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदासँग परिचित गराइएको थियो। उक्त क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हो।

    कार्यक्रमले नेपालको भूगोलसम्बन्धी शैक्षिक तथा अनुसन्धानात्मक अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने, भूगोलको व्यावहारिक उपयोगिताबारे विमर्श गर्ने तथा राष्ट्रिय विकासका प्राथमिकतामा भौगोलिक ज्ञानको संस्थागत प्रयोगलाई प्रोत्साहित गर्ने अवसर प्रदान गरेको छ। विशेषतः प्राकृतिक विपद्, जलवायु परिवर्तन, क्षेत्रीय असमानता, पूर्वाधार विकास र दिगो स्रोत व्यवस्थापनजस्ता समकालीन चुनौतीको सन्दर्भमा भूगोलको अनुसन्धानात्मक तथा नीतिगत योगदानलाई थप सशक्त बनाउनु आवश्यक देखिएको छ।

    नेपालको भौगोलिक विशिष्टता र विकासका चुनौतीलाई अन्तर्राष्ट्रिय ज्ञान तथा अनुसन्धानसँग जोड्ने यस्ता प्राज्ञिक कार्यक्रमले नेपाली भूगोलको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै विश्वव्यापी भौगोलिक विमर्शमा नेपालको उपस्थिति र योगदान विस्तार गर्न महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।

    मङ्गलबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer