• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल सरकारले शासकीय सुधार, सुशासन र नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले १०० बुँदे कार्यसूची पारित गरेको छ।

    Advertisement

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्ययोजना स्वीकृत गरी शनिबार सार्वजनिक गरेको हो।

    सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलगायतका विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने बताएको छ।

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको छ। आन्दोलनबाट प्रभावित परिवारलाई न्याय र राहतका लागि १०० दिनभित्र रोजगारी, सीप विकास र मनोसामाजिक परामर्शसहितको प्याकेज ल्याइनेछ।

    साथै, दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य संरचनाबाट भएको विभेद र अवसर वञ्चनालाई स्वीकार गर्दै १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने निर्णय भएको छ।

    प्रशासनिक सुधारतर्फ सरकारले ३० दिनभित्र मन्त्रालयहरूको संख्या घटाएर १७ कायम गर्ने घोषणा गरेको छ।

    सार्वजनिक प्रशासनलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै निजामती कर्मचारी, शिक्षक र प्राध्यापकहरूलाई राजनीतिक दलको आबद्धताबाट मुक्त गरिनेछ भने दलीय ट्रेड युनियन खारेज गरिनेछ।

    यसैगरी, नागरिकलाई सहज सेवा दिन राहदानी, लाइसेन्स र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवालाई फेसलेस, टाइम–बाउन्ड र डिजिटल बनाउने बताइएको छ। अनुपयुक्त र दोहोरो कार्यक्षेत्र भएका समिति, बोर्ड र संस्थाहरू खारेज वा पुनर्संरचना गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय पनि भएको छ।

    २०४८ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र अधिकारसम्पन्न समिति गठन गरिनेछ।

    यस समितिलाई आवश्यक कागजात जफत गर्ने र अनुसन्धान गर्ने पूर्ण अधिकार दिइनेछ। त्यसैगरी, अनलाइन सट्टेबाज एप र वेबसाइटहरूलाई २४ घण्टाभित्र बन्द गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिइएको छ।

    अर्थतन्त्र सञ्चालनलाई पारदर्शी र छिटो बनाउन ‘स्टार्टअप फास्ट ट्र्याक’ प्रणाली लागू गर्दै २ दिनभित्रै उद्योग दर्ताको व्यवस्था मिलाइनेछ।

    शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न ६० दिनभित्र विद्यालय र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना पूर्ण रूपमा हटाइनेछ।

    कक्षा ५ सम्मका विद्यार्थीहरूलाई मनोवैज्ञानिक दबाब नपर्ने गरी आन्तरिक परीक्षा मात्र लिइने विकल्प तयार गरिनेछ।

    स्वास्थ्यतर्फ, विपन्न र असहाय बिरामीको उपचारका लागि सबै सरकारी तथा निजी अस्पतालहरूमा कुल शय्याको कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने नियम कडाइका साथ लागू गरिने सरकारले स्पष्ट पारेको छ।

    हेर्नुहोस् १०० बुँदे कार्यसूची:

    डाउनलोड गर्नुहोस्

    pdf

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer