• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न


  •   बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकाय को केन्द्रीय भूगोल विभाग मा “Soil and Water Assessment Tool (SWAT)” को प्रयोगसम्बन्धी तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जलस्रोत व्यवस्थापन, माटो संरक्षण तथा दिगो विकास योजना निर्माणमा आधुनिक भू-स्थानिक प्रविधिको प्रयोगलाई सुदृढ बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।

    Advertisement

    तालिममा ३० जना सहभागीहरूले SWAT मोडेलको आधारभूत अवधारणा, डाटा तयारी, जलाधार (watershed) विश्लेषण, हाइड्रोलोजिकल मोडेलिङ तथा भूमि उपयोग परिवर्तनको प्रभाव मूल्याङ्कन सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए। विशेषगरी नेपालजस्तो पहाडी तथा हिमाली भौगोलिक बनोट भएको देशमा बाढी, भू–क्षय, माटो कटान र जलस्रोत व्यवस्थापन जस्ता समस्याहरूको समाधानका लागि SWAT मोडेल अत्यन्त उपयोगी उपकरणका रूपमा प्रस्तुत गरिएको थियो।

    तालिमका स्रोत व्यक्तिहरू अर्जुन लमिछाने र गरिमा रनाभाट ले सहभागीहरूलाई सैद्धान्तिक तथा प्रायोगिक दुवै पक्षमा दक्षता अभिवृद्धि गराउनु भएको थियो। उनीहरूले SWAT को प्रयोग गरी नदी प्रणालीको प्रवाह पूर्वानुमान, जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन, तथा कृषि उत्पादनमा पर्ने असरको विश्लेषण कसरी गर्ने भन्नेबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो।

    तालिमले विशेषगरी शैक्षिक क्षेत्रमा अनुसन्धान क्षमताको विकास, नीति निर्माणमा वैज्ञानिक आधार सुदृढीकरण, तथा नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील मुलुकमा दिगो जल तथा भू–व्यवस्थापनका लागि आवश्यक प्राविधिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले जनाएका छन्।


    कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण सत्रमा मानविकी तथा सामाजिक विज्ञान संकायका डिन,प्रा. डा. दुबिनन्द ढकाल, प्रमुख अतिथिका रूपमा सहभागी भई सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उहाँले यस्ता तालिमहरूले शैक्षिक अनुसन्धानलाई मात्र नभई राष्ट्रिय विकास योजना निर्माणमा पनि ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो।

    भूगोल केन्द्रीय विभागका उप-प्राध्यापक शेर बहादुर गुरुङले संचालन गर्नुभएको समापन कार्यक्रमको अन्तमा बोल्दै भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डलले भौगोलिक सूचना प्रणाली तथा दूर संबेदन केन्द्रको स्थापना पछि पहिलो तालिम भएको हुनाले यो तालिमको माध्यमबाट भूगोल केन्द्रीय विभागले भू-स्थानिक विज्ञानको क्षेत्रमा नया पाइला चालेको बताउनु भयो| कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका डा. मण्डलले भूगोल विषयको अबको दिशा भनेको भू-स्थानिक विज्ञानको माध्यमबाट स्थान ब्यबहारिक नीति निर्माण र राष्ट्र विकास हुने बताउदै सहभागिहरुको प्राज्ञिक तथा पेशागत उन्नयनमा यो तालिमले नया आयाम थप्ने विस्वास गर्दै सबै सहभागीहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो|

    बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer