• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ १७, २०८३
☰
आइतबार, जेठ १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मरुवा रोगका कारण किसान चिन्तित

  • ७. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ८. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न


  •   शनिबार, चैत २८, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेपालको सबैभन्दा जेठो प्राज्ञिक समाज ,नेपाल भौगोलिक सँस्थाको एकाउन्नौं वार्षिक साधारणसभा त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभाग, काठमाडौंमा भव्य रूपमा सम्पन्न भयो।

    Advertisement

    नेपाल भौगोलिक सँस्थाका सचिव युवा भूगोलविद डा. बसन्त पौडेलले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता सँस्थाका अध्यक्ष डा. बिपिन कुमार आचार्यले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिको रुपमा भूगोल केन्द्रीय विभागका पूर्व प्रमुख तथा सँस्थाका पूर्व अध्यक्ष प्रा. डा. नरेन्द्रराज खनाल,विशिष्ट अतिथि, संघीय संसदका सदस्य तथा समाजका पूर्व उपाध्यक्ष डा. धनञ्जय रेग्मी, अतिथि पूर्व प्राचार्य प्रा. डा. ध्यानेन्द्र बहादुर राई एवं विभाग प्रमुख प्रा. डा. उमेश कुमार मण्डल रहनुभएको थियो ।

    कार्यक्रममा भूगोल विषयको प्रतिनिधित्त्व गर्दै नेपालको संघीय संसदमा निर्वाचित हुनुभएका भूगोलविद डा. धनन्जय रेग्मीलाई प्रमुख अतिथी प्रा.डा. खनालले दोसल्ला ओडाएर सम्मान तथा बधाई दिनुभएको थियो साथै संस्थाले २३ महिना सम्म निरन्तर गर्दै आएको अनुसन्धानमूलक वेविनारमा आफ्नो अनुसन्धान प्रस्तुत गर्नुहुने प्रस्तोता अनुसन्धानकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    भूगोल केन्द्रीय विभाग प्रमुख प्रा. डा. उमेश कुमार मण्डलले भूगोल अध्ययनलाई प्रविधिमैत्री बनाउँदै भू-स्थानिक प्रविधिको माध्ययमबाट राष्ट्रिय विकासका विभिन्न क्षेत्रमा यसको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो त्यसै गरि उहाँले भूगोल केन्द्रीय बिभाग र नेपाल भैगोलिक संस्था संगसंगै समन्वयात्मक तरिकाले अगाडि जादा भूगोल विषयको गहनता महत्त्व र व्यवहारिकता अझ मझ्बुत भएर जाने बताउनु भयो।

    त्यसैगरी, अतिथि एवं विस्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व प्राचार्य बरिष्ठ भूगोलविद प्रा. डा. ध्यानेन्द्र बहादुर राईले मानिस र वातावरणलाइ सिधै जोड्ने भूगोल विषयको शैक्षिक अनुसन्धान र व्यावहारिक प्रयोगबीच समन्वय बढाउनुपर्ने बताउनुभयो।

    विशिष्ट अतिथि, संघीय संसदका सदस्य तथा समाजका पूर्व उपाध्यक्ष डा. धनञ्जय रेग्मी ले नीति निर्माण तहमा भू-स्थानिक सूचना प्रणाली (GIS), रिमोट सेन्सिङ तथा डाटा आधारित निर्णय प्रक्रियाको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको थियो। उनले दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा भूगोलको प्रयोगलाई अझ संस्थागत गर्न आवश्यक रहेको धारणा राख्नुभयो, साथै आफू संसदमा रहदा मूकुकको विकास र भौगोलिक चिन्तनको तादात्म्यता लाइ संसदमा सशक्त रुपमा उठाउने कुरा ब्यक्त गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि, केन्द्रीय भूगोल विभागका पूर्व प्रमुख तथा समाजका पूर्व अध्यक्ष प्रा. डा. नरेन्द्रराज खनाल ले नेपालको समग्र विकासमा भूगोल र भू-स्थानिक प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो। उहाँले विशेष गरी हिमाली देश नेपालमा प्राकृतिक स्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, र क्षेत्रीय योजना निर्माणमा भूगोलको योगदान बिगतमा हर्क गुरुङ तथा उपेन्द्रमान मल्लका पालादेखि नै पहिचान भएको तथा आज पनि उत्तिकै अपरिहार्य रहेको उल्लेख गर्नुभएको थियो।

    कार्यक्रममा वक्ताहरूले नेपालजस्तो भौगोलिक विविधता र जटिल भू-आकृतिक संरचना भएको मुलुकमा भूगोल तथा भू-स्थानिक प्रविधि (Geospatial Technology) ले योजना निर्माण, वातावरणीय व्यवस्थापन, शहरी विकास, कृषि रूपान्तरण तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताउनु भयो।

    साधारणसभाको बन्द सत्रमा सँस्थाका सचिव डा. बसन्त पौडेल र सह-सचिव त्रिवेन्द्रराज बास्कोटा ले आर्थिक तथा कार्यगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले छलफलका साथ सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।

    कार्यक्रमको अन्त्यमा प्रा. डा. प्रेम सागर चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। नयाँ समितिले आगामी दिनमा भूगोल शिक्षा, अनुसन्धान तथा भू-स्थानिक प्रविधिको प्रवर्द्धनमार्फत राष्ट्रिय विकासमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    शनिबार, चैत २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • २.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३०

    • ४.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ५.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ६.
      मरुवा रोगका कारण किसान चिन्तित

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ६.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer