• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तिम्रै भागमा ‘बालेन’ पर्नु पर्ने, काठमाडौं तिमी कत्ति भाग्यमानी!!!


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • बिहान कुरिनटारको रु १० को बन्दा, दिनभरी हल्लिँदै-हल्लिँदै, बेलुका जगडोल र इमाडोलको भान्सामा पुग्दा रु ७० बनाइदिने काठमाडौं तिमी कति भाग्यमानी ।

    Advertisement

    तराईको चैते धुपमा फूल हेर्छ, बैशाखको खडेरीमा चिचिलो चिमट्छ, जेष्ठमा टुमुक्क दाना देखेर रमाएको लाहानको, किसानको आँपको मूल्य तिमीले नै तोकिदिनु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी ।

    झिसमिसेमै टुपु-टुपु टिपिएको इलामको चिया र ज्यान जस्तै जतन गरिएको ताप्लेजुङको अलैंचीको भाउ, जुंगामा ताउ लाउँदै, तिमीले नै तोक्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी ।

    बट्टारका बाले पाठो बेचेर थैलीमा राखेको पैसा, छोरा पढाउने निहुमा, कीर्तिपुरमा कोठाभाडा तिर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी ।
    साग बेचे पैसा, खाग बेचे पैसा, उन बेचे पैसा, सुन बेचे पैसा, खरानी बेचे पैसा, जवानी बेचे पैसा, मान्छे बेचेर नि कमाएकी छाै, आफ्नै बेचेर नि रमाएकी छौ, काठमाडौं तिमी कति भाग्यमानी ।

    संदुकलाई संरक्षण दिएकी छाै, भगवान नै डाक्टर पाएकी छाै, छातिमा पेसमेकर राखेर नै जतनसाथ महजोडी हुर्काएकी तिमीले, व्यबहारले पाको कोही नभेटेरै त होला ३२ बर्षे बालेनलाई महानगरको साचो थमाएकी छाै, वाह! काठमाडौ तिमी कति भाग्यमानी ।

    दुलेगौंडामा दुर्घटना परेको विरामी, हतार-हतार पोखरा पुर्‍याउँदा, डाक्टर स्वंयम् भन्दैछन रे, “काठमाडौं लगिहाल्नुस, हाम्रो केही लाग्दैन”! कतिलाई जीवनदान दिएकी छाै काठमाडौं तिमी कति भाग्यमानी ।

    बास नहुनेलाई बास दिएकी छौं, भोकालाई गाँस, नांगालाई कपास दिएकी छौ, त्यसैले त होला, मेचीलाई तिमी चाहिने कालीलाई तिमी चाहिने, सके घर चाहिने, नसके घडेरी चाहिने, सक्दै-नसक्नेलाई पनि, भाडामै तिमी चाहिने, काठमाडौं तिमी कति भाग्यमानी ।

    आखै अगाडि बंशै मासिएको देखेकी छाै, मान्छेको बिश्वास किन पो गर्थ्यौ र त्यसैले त, फुलचोकी, चन्द्रगिरि र नागार्जुनहरुलाई पहरेदार राखेकी छौ, काठमाडौं तिमी कति भाग्यमानी ।

    न त जाडो छ न त गर्मी छ, मौसमले पनि तिमीलाई नै खोज्नु पर्ने, अहिलेको त कुरै छोडौं, उहिल्यै पनी राजाले “राजधानी” तिमीलाई नै रोज्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी ।

    बर्षौं देखि फोहोर थुप्रिएर हो नि! डुङगडुङग गन्हाएका, नत्र कम्ता पवित्र थिए तिम्रो भागमा परेका बागमती बिष्णुमती इच्छुमतीहरू, त्यसैले त होला ! कम्मर कसेर, “बालेन” महानगर झरेको छ, जतासुकै डोजर चलेको छ, काठमाडौं तिमी कति भाग्यमानी ।

    घिरौंलाका घाँउजस्ता उबड-खावड गाठागुठी लिएर, स्याहार नपुगेर सुसुपाल, देशभरी राजमार्गहरु रोइरहेकाे बेला, गल्ली-गल्ली टायल चट्ट टालेकै छ, दिनहुँ पानी हालेकै छ, स्वंयम्भूका शान्त आँखा तिम्रो बालेनले न्यूरोडको गेटमै झारेको छ, काठमाडौं तिमी कति भाग्यमानी ।

    हिजो अर्कैसँग, आज अर्कैसँग, न लाज छ न सरम छ कुर्सीको लागि इज्जतै नभएकाहरुको भिडबाट, पैसे नचाहिने ३२ बर्षे बालेन फुत्त ल्याएकी छौ, काठमाडौं तिमी कति भाग्यमानी ।

    जता भारी उतै सवारी जस्तो, निसाप दिनु पर्ने भगवानहरु, हिसाबको पछि लाग्दा, ढल्किएर लड्खडाएको तराजु समाउन तिम्रै बालेन पुग्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी ।

    संदुकलाई संरक्षण दिएकी छाै, भगवान नै डाक्टर पाएकी छाै, छातिमा पेसमेकर राखेर नै जतनसाथ महजोडी हुर्काएकी तिमीले, व्यबहारले पाको कोही नभेटेरै त होला ३२ बर्षे बालेनलाई महानगरको साचो थमाएकी छाै, वाह! काठमाडौ तिमी कति भाग्यमानी ।

    बिकास गर्न, न त पहाड फोड्नु पर्ने न त ढुंगा बोक्नु पर्ने, मन्जुश्रीले ताल चट्ट काटेर, च्याट्ट परेकि तिमी, आफै लोभ-लाग्दी भएर हौली, हेरिरहु लाग्ने ३२ बर्षे ठिटासँग सुटुक्क लगनगाँठो कसेकी छाै, काठमाडौं तिमी कति भाग्यमानी ।

    पालिका त छन् नि! देश-भरी ७/८ सय, छैनन् र? पशुपतीनाथ दाहिना भएर त होला, तिम्रै भागमा बालेन पर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी, तिम्रै भागमा बालेन पर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी ।

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लेखक संघको पूर्ण बैठक माघ १७ मा
    क्यालिफोर्नियामा साहित्यिक कार्यक्रम
    कलामय कुची चल्यो कुश्माको शताब्दी घरमा
    ‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश
    इतिहास र संस्कृति संरक्षणमा लिम्बू समुदाय
    थारु गाउँमा सखिया नाचको रौनक

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer