• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

इतिहास र संस्कृति संरक्षणमा लिम्बू समुदाय


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालको पूर्व क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू समुदायले करिव दुई वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्। आफ्नो संस्कृतिको संरक्षण गर्न र इतिहासलाई जीवित राख्न लिम्बू समुदायले निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएका हुन्।

    Advertisement

    विकसित आधुनिकतासँगै संस्कृति कर्मको पुस्तान्तरण नहुँदा साथै पछिल्लो पुस्ताले पुरानो संस्कारलाई अनुशरण नगर्दा कतिपय संस्कार–संस्कृति लोप हुँदै गएका छन्। संस्कति लोप हुँदा इतिहास पनि समाप्त हुनेभन्दै लिम्बू समुदायले निसान प्रदर्शनलाई भने निरन्तरता दिँदै आएका छन्। पुरानो ऐतिहासिक संस्कृतिको जगेर्ना साथै संरक्षण गर्ने उद्देश्यले नै निसान प्रदर्शनलाई निरन्तरता दिइरहेको लिम्बू समुदायका अगुवा बताउँछन्।

    इतिहास र संस्कृति संरक्षण गर्नकै लागि अहिले पनि निसान प्रदर्शन गर्दै आएको श्री कम्पु र श्रीजङ्गी निसान संरक्षण समितिका सचिव महेन्द्र सेलिङ लिम्बूले जानकारी दिनुभयो। पुरानो परम्पराअनुसार प्रत्येक वर्ष बडादसैँको महानवमीका दिन निसान प्रदर्शन गर्ने गरिएको समितिका सचिव सेलिङले बताउनुभयो। उहाँका अनुसार वि.सं १८९५ देखि ऐतिहासिक निसान निरन्तर प्रदर्शन गरिँदै आएको छ।

    दसैँको महानवमीको दिन पाँचथरको याङ्वरक गाउँपालिकास्थित थर्पूको कालिका भगवती मन्दिर परिसरमा निसान प्रदर्शन गर्ने गरिएको छ। वि.सं १८९५ देखि कम्पु नामको निसान र १९१२ देखि श्रीजङ्गी गरी दुई वटा निसान प्रदर्शन गरिँदै आएको श्री कम्पु र श्रीजङ्गी निसान संरक्षण समितिले जनाएको छ। लिम्बू समुदायको इतिहासको प्रतीक र संस्कृतिको रुपमा उक्त दुई वटा निसान प्रदर्शन गर्दै आएको समितिका सचिव सेलिङको भनाइ छ।

    ऐतिहासिक नगरा बाजा, युद्धकालीन समयमा प्रयोग भएका भाला, खुँडा, खुकुरी, घण्टी र तरवारजस्ता प्राचीन हतियारसहित निसान प्रदर्शन गर्ने गरिएको छ। नेपाल एकीकरणका समयमा तत्कालीन राजा पृथ्वीनारायण शाहबाट पल्लो किराँतका लिम्बूहरूलाई उपहारस्वरुप कम्फु र श्रीजङ्गी नामको दुई वटा निसान हस्तान्तरण गरिएको भन्ने भनाइ छ। राजा पृथ्वीनाराणले त्यसबेला उपहारस्वरुप दिएको निसानको प्रतीक नै अहिलेसम्म यहाँका लिम्बू समुदायले संरक्षण गर्दै आएको बताइएको छ।

    ऐतिहासिक निसान त्यसबेला १६९ थान प्राचीन हातहतियार र अन्य सामग्रीसहित ५२ सुब्बाले बुझेका इतिहास रहेको समितिका सचिव सेलिङ बताउनुहुन्छ। त्यसबेला सुब्बाहरुले निसान बुझेपछि उनीहरुले नै आलोपालो गर्दै निसान प्रदर्शनसहित संरक्षण गर्दै आएका थिए। समय बित्दै जाँदा परिवर्तित परिस्थितिसँगै त्यसबेलाका सुब्बा परिवारबाट निसानको संरक्षण हुँदै आएको र २०७५ साल पछिदेखि भने श्री कम्पु र श्रीजङ्गी निसान संरक्षण समिति गठन गरी निसानको संरक्षण गर्न थालिएको छ।

    समिति बनेपछि निसान संरक्षणसँगै परम्परा अनुसार नै दसैँको महानवमीका दिन निसान प्रदर्शन गर्न गरिँदै आएको छ। यसवर्ष पनि दसैँको नवमीका दिन दुई वटै निसान भव्य रुपमा प्रदर्शन गरिएको छ। दसैँको घटस्थापनादेखि किराँत लिम्बूको परम्पराअनुसार पूजा सुरु हुने र महानवमीको दिन दिनभर निसान प्रदर्शन गरी राँगा काटेर बली चढाएपछि अर्को दसैँ अर्थात एक वर्षसम्म निसान थन्क्याउने चलन रहेको समितिले जनाएको छ।

    यता थर्पूको कालिका भगवती मन्दिर परिसरमा प्रदर्शन गरिने निसान दर्शन तथा दृश्यावलोन गर्न पाँचथरसहित ताप्लेजुङ, तेह्रथुम, इलाम लगायतका जिल्लाबाट सर्वसाधारणको जमघट हुने गरेको बताइएको छ। लिम्बूलगायत सबै समुदायका नागरिकले निसानको दर्शन साथै दृश्यालोकन गर्ने गर्दछन्। निसानको दर्शन गर्नाले दुर्गा भवानीको शक्ति प्राप्त हुने र सोचेको, चिताएको मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ।(गोरखापत्रबाट)

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer