• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. मासिक राशिफल: वैशाख २०८३

  • ४. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

मासिक राशिफल: वैशाख २०८३


  •   शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
  • मासिक राशिफल: वैशाख २०८३
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई अप्ठ्यारा काममा हात हाल्नाले वैशाख महिनामा केही चुनाैती आउनेछन् र समस्याबाट बाहिरिन समय लाग्नेछ। पदकाे माेहले व्यर्थैमा श्रम, समय र धन खर्च हुनेछ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। मिहिनेत गर्नेहरूलाई भने सम्भावनाकाे मार्ग पनि फेलापर्नेछ। प्रयत्न गर्दा पेसा–व्यवसायमा फाइदै हुनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले वादविवाद निम्त्याउने देखिन्छ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ। अध्ययन नगरी काम थाल्दा समस्या पर्नेछ, सावधान रहनुहाेला।

    वृष – Taurus
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    वृष राशिलाई वैशाख महिना केही खर्चिलाे रहने देखिन्छ। पेसा–व्यवसायमा मन्दी आउनाले लगानीको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। अनावश्यक हठ गर्ने बानीले पारिवारिक असमझदारी निम्त्याउनेछ भने फजुल खर्च पनि बढ्नेछ। नियमित काम सम्पादन भए पनि नयाँ कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। परिस्थितिवश कार्ययोजना स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउने हुँदा सावधान रहनुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवादमा अघि नसर्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले जोखिम हुने काम, हातहतियार र सवारीसाधन उपयाेग गर्दा सावधान रहनुहोला। सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    मिथुन राशिलाई वैशाख महिना लाभदायक रहनेछ। रोकिएका धेरै काम बन्नेछन् भने आयआर्जनका स्रोत पनि बढ्नेछन्। प्रयास गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। व्यापार, कृषि तथा पशुधनबाट पनि मनग्य लाभ हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। चिताएकाे काम सजिलै सम्पादन गर्न सकिनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। महिनाको अन्त्यतिर केही समस्या आउनेछन्, उपलब्धि जोगाउन सावधान रहनुहोला।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई विभिन्न अवसर प्राप्त हुनाले वैशाख महिना उत्साहवर्धक रहनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिकर्म र पशुपालनका माध्यमबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। मिहिनेतीहरूलाई कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ। आयस्रोत सबल हुनेछ, स्रोत–साधन जुट्नेछन् र कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। प्रयत्न गर्दा देशविदेशको यात्रा हुन सक्छ। स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने पेसा–व्यवसायमा थप लगानी जुटाउनुपर्ने हुन सक्छ। तापनि तारिफयोग्य कामले कीर्तिमानी दिलाउनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई वैशाख महिना सामान्य फलदायी रहनेछ। मनमनै योजना ठूलो बन्नेछ तर व्यवहारमा उतार्न समय लाग्नेछ। मिहिनेत गर्दागर्दै पनि काममा केही चुनौती देखापर्नेछन्। प्रचलित ऐन तथा वैधानिक अड्चनले समेत बाधा पुर्याउनेछ। आपसी मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। तापनि सहयोगीहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यवहारमा दुःख पाइनेछ। सुझबुझले काम लिँदा विवाद समेत सम्झौतामा टुंग्याउन सकिनेछ। रोकिएको काम थालनी हुनेछ।

    कन्या – Virgo
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई वैशाख महिना केही संघर्षमय रहनेछ। स्वास्थ्य कमजाेर हुनाले जोस–जाँगरमा कमी आउनेछ। पेसा–व्यवसायमा गरेकाे लगानी अड्किन सक्छ। सञ्चित रकम पनि खर्च हुने समय छ। भएकाे आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव समेत कमजाेर बन्ने समय छ। नयाँ व्यवसाय थाल्ने योजनामा हुनुहुन्छ भने वैधानिक प्रावधानले समस्या निम्त्याउन सक्छ। आफ्नैले पनि व्यवहारमा अवरोध पुर्याउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा अवसर गुम्ने सम्भावना देखिन्छ। मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। धैर्यसाथ प्रयत्न गर्दा समस्या समाधान हुनेछन्। सावधानीले उपलब्धि जाेगिनेछ। अवसरका लागि दौडधुप भने गर्नुपर्नेछ।

    तुला – Libra
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई परिवेश रमाइलो देखिए पनि वैशाख महिना खर्चिलो रहनेछ। प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ। पारिवारिक माहाेल केही असन्तुलित बन्न सक्छ, सावधानीसाथ व्यवहार गर्नुहाेला। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिने स्थिति रहनेछ। केही अवसर प्राप्त भए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। धेरै आम्दानी नभए पनि व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। पहिले रोकिएका काम दोहोर्याउँदा फाइदा हुनेछ। पेसा–व्यवसायतर्फ महत्त्वाकांक्षी योजनामा अघि बढ्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउन सफल भइनेछ। उत्तरार्धमा सहयाेगीहरूका माध्यमबाट काम बनाउन सकिनेछ। उच्च रक्तचाप र पिसाबकाे समस्या हुनेहरूले स्वास्थ्यमा विशेष सावधान रहनुहाेला।

    बृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई वैशाख महिना लाभदायक र विशेष उपलब्धिमूलक रहनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। शत्रुबाधा हट्नेछ भने रोग निवारण हुनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ। आँटले काम लिने समय छ। कृषि, उद्याेग र व्यवसायमा मनग्य फाइदा हुनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम थालनी हुने समय छ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। भविष्यका लागि नयाँ काममा जग बसाउने समय छ। स्थापित पेसा–व्यवसायबाट पनि मनग्य लाभ हुनेछ। सेयर तथा सट्टापट्टा सम्बन्धी कामले फाइदा दिलाउनेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। दिगाे काम र नयाँ अवसरका लागि पनि प्रयत्न गर्नुहोला।

    धनु – Sagittarius
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    धनु राशिलाई स्वास्थ्यमा केही समस्या देखा परे पनि वैशाख महिना उपलब्धिमूलक रहनेछ। मिहिनेतले बौद्धिक क्षमता बढ्नेछ र अध्ययनमा राम्रै नतिजा हासिल गर्न सकिनेछ। अड्किएका काम प्रारम्भ हुनेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। आवश्यक स्रोत–साधन जुटाउन सफल भइनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। क्षमता प्रदर्शन गरेर स्वरोजगार बन्न सफल भइनेछ। आँट गर्दा अप्ठ्यारो ठानिएको काम समेत सम्पादन हुनेछ। अलग्गिएका साझेदार पुन: सम्झौतामा जोडिने सम्भावना छ। आस नलागेका व्यक्तिसमेत सहयोगी बन्नेछन्। आफ्नो मान्यतामा अडान लिँदा साथीभाइको आत्मसम्मानलाई ख्याल गर्नुहाेला। स्वास्थ्यमा मौसमी समस्या देखापर्ने समय छ, सजग रहनुहोला। विदेश ताक्नेहरूलाई अधिक खर्च लागे पनि प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ।

    मकर – Capricorn
    भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई वैशाख महिनामा केही सावधानी अपनाउनुपर्ने देखिन्छ। घर–व्यवहार असन्तुलित बन्नाले चिन्ता बढ्न सक्छ। आफन्त, साथीभाइ र परिवारमा असमझदारी बढ्नाले काममा जुट्न बाधा पर्नेछ। स्थायी प्रकृतिका सगाेल वा साझा सम्पत्तिमा विवाद आउनाले एकता र साझेदारीको भावना विखण्डित हुनेछ। कुनै विद्राेह गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ। महत्त्वाकांक्षाले व्यवहार बिग्रने सम्भावना छ। समस्या र पारिवारिक उल्झनबाट बाहिर निस्कन केही समय लाग्नेछ। कृषि र पशुपालनमा नयाँखाले समस्या आउन सक्छन्, समयमै समाधान गर्ने प्रयास गर्नुहाेला। पेसा–व्यवसायमा साेचेकाे लाभ नभए पनि आर्थिक सन्तुलन कायम राख्न सफल भइनेछ। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा दमको समस्या बढ्न सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई वैशाख महिना उपलब्धिमूलक र आशा जगाउने प्रकृतिकाे रहनेछ। पहिलेका व्यवधान हट्नेछन् र सम्भावनाका नयाँ ढोका खुल्नेछन्। अग्रज तथा शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले पुरुषार्थी काम गर्न सकिनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। रोकिएका काम पनि सम्पादन हुनेछन्। शत्रुता साध्नेहरू पछि हट्नेछन्। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। परिस्थितिले नयाँ जिम्मेवारी दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। तर महत्त्वाकांक्षा एवं स्वार्थी भावना बढ्ने हुँदा सदैव अरूकाे सहयाेग नजुट्न सक्छ। पछिल्ला दिनमा केही आलाेचकसमेत देखापर्नेछन्। लाेकप्रिय छवि कायम राख्ने प्रयास गर्नुहाेला।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    मीन राशिलाई वैशाख महिना केही संघर्षमय रहनेछ। अवसर र चुनौती बराबर आउनेछन्। पहिलेकाे प्रभावले केही काम सम्पादन हुनेछन्। तर नयाँ काम थाल्न बाधा पर्नेछ। अरूको सुझावविपरीत आफ्नो निर्णय लिँदा पनि समस्यामा परिनेछ। आत्मसम्मानकाे बहानामा सहयाेगीहरू टाढिन सक्छन्। जटिल काम एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। अध्ययन तथा लेखनमा समय दिन नसकिएला। समस्याबाट बाहिरिन समय लाग्नेछ। केही अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ। पेसा–व्यवसायमा लागत बढ्न सक्छ। पछिल्ला दिनमा आयस्रोत सबल बन्नेछ तर अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। सबैसँग नम्र व्यवहार गर्दै पहिलेका उपलब्धि जोगाउने प्रयास गर्नुहोला, उपलब्धि केही पछि प्राप्त हुनेछ।

    शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer