• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, चैत १९, २०८२
☰
बिहिबार, चैत १९, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

  • २. आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वर्षको अन्तिम महिना चैत्र महिना, कस्तो रहनेछ शुभ वा अशुभ, हेर्नुहोस मासिक राशिफल


  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
  • मासिक राशिफल, चैत महिनाको
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई चैत महिना खर्चिलो रहने हुँदा आर्थिक सन्तुलन बिग्रन सक्छ। व्यवहार र परिस्थितिले नियमित काममा रोकावट र केही उल्झनहरू आउन सक्छन्। अर्थोपार्जनका बाटाहरू साँघुरिने समय छ। परी आउँदा साथ-सहयोग जुटाउने शुभचिन्तकहरू टाढा हुनेछन्। पेसा-व्यवसायमा गरिएको लगानी अड्किन सक्छ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। अनपेक्षित खर्चको मात्रा पनि बढ्न सक्छ। सोचेको उपलब्धि तत्काल प्राप्त नहुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला। महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक काम तथा व्यवसाय गर्नुपर्ने परिस्थिति देखिन्छ। अध्ययनमा बाधा पुग्ने र विदेश ताक्नेहरूलाई यात्रा अवरुद्ध बन्ने समय छ। सावधानीले उपलब्धि जोगाउन सकिनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई चैत महिना फलदायी र उत्साहवर्द्धक रहनेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आत्मसम्मानका साथ आम्दानी बढाउने समय छ। अध्ययनमा प्रगति हुनेछ। सुन्दर याेजनाहरूमा असल शुभचिन्तकहरूले साथ दिनेछन्। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। घर–गृहस्थीमा मन रमाउनेछ। सेयर, व्यापार, कृषि, भूमि र पशुधनबाट यथेष्ट लाभ मिल्ने समय छ। महिनाको उत्तरार्धमा कार्यक्षेत्रमा केही चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छन्। साेख, यात्रा र व्यवहारिक परिस्थितिले खर्चकाे मात्रा बढाउन सक्छ। तर तत्काललाई केही समस्या देखिए पनि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई चैत अवसर र उपलब्धिकाे महिना रहनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। वर्ग वा समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। राष्ट्रिय स्तरको मान–सम्मान प्राप्त हुन सक्छ। तर सुरुमा परिस्थिति केही संघर्षमय रहने देखिन्छ। स्वास्थ्य कमजोर हुनाले समयमा उपलब्धि प्राप्त नहुन सक्छ। सहयोगीहरू स्वार्थका पछि लाग्नेछन्। सेयर र व्यापारमा मन्दी आउनुका साथै लगानी अड्किने सम्भावना छ। उपलब्धिको स्रोत कमजोर हुन सक्छ। दोस्रो सातादेखि स्थितिमा सुधार आउनाले भविष्यप्रति आशा जाग्नेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। कर्मयोगले उचाइको बाटो समाउनेछ।
    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई चैत केही संघर्ष र धैर्यको परीक्षा लिने महिना रहनेछ। अधिक परिश्रमले शरीरमा थकान र कमजोरी महसुस हुन सक्छ, स्वास्थ्य र आहारविहारमा विशेष ध्यान दिनुहोला। परिवारजनमा केही असमझदारी बढाउने ग्रहयाेग भएकाले संवादमा मधुरता ल्याउनु आवश्यक छ। आर्थिक स्रोतमा केही संकुचन आए पनि धार्मिक र सामाजिक कार्यमा सहभागिता बढ्नेछ। पूर्वाधार र अनुकूलता हेरेर मात्र नयाँ कार्य थालनी गर्नुहोला। परोपकार र सद्विचारलाई आत्मसात् गर्नेहरूका लागि भाग्यले नयाँ मार्ग प्रशस्त गर्नेछ। सुरुमा अरूका लागि समय खर्चिनुपरे पनि अन्त्यमा सुखद प्रतिफल प्राप्त हुनेछ। लगनशीलताले विरोधीहरू परास्त हुनेछन्। आफ्नो कमजोरीलाई शक्तिमा बदल्ने प्रयास गर्नुहोला।
    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई चैत महिना केही चुनौतीपूर्ण र संघर्षमय रहने देखिएकाले धैर्यपूर्वक काममा जुट्नुपर्नेछ। अधिक कार्यबोझले शारीरिक थकान र मानसिक शिथिलता निम्त्याउन सक्छ, स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। अल्पकालीन योजना वा हतारको निर्णयले प्रगतिको मार्गमा अवरोध सिर्जना गर्न सक्छ, त्यसैले अनुकूल समय प्रतीक्षा गर्नु बुद्धिमानी हुनेछ। अनावश्यक विषयमा अरूकाे चासो राख्दा व्यर्थको तनाव बढ्न सक्छ, यसर्थ आफ्नो लक्ष्यमा मात्र केन्द्रित रहनुहाेला। अरूका विषयमा नबाेल्नु नै बुद्धिमानी हुनेछ। महिनाकाे उत्तरार्द्धमा स्थितिमा सुधार आउनेछ। कठिन समयमा जीवनसाथी र हितैषी मित्रहरूको बलियो साथ मिल्नेछ। विवादले अड्किएका कामहरू वार्ता र मिहिनेतले समाधान हुनेछन्।
    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई चैत महिना मध्यम फलदायी रहनेछ। परिवेश बाहिरबाट रमाइलो देखिए पनि परिवारमा असमझदारी र खर्च बढ्ने समय छ। सही समयमा निर्णय लिन नसक्दा हातमा आएका सुवर्ण अवसरबाट लाभ उठाउन ढिलाइ हुनेछ। घरेलु अल्झनमा समय बित्नुका साथै उद्देश्यमूलक कार्यहरू ओझेलमा पर्न सक्छन्। प्रेम तथा दाम्पत्य जीवनमा केही असमझदारी बढ्ने ग्रहयाेग भएकाले संवादमा मधुरता ल्याउनुहोला। पेसा-व्यवसायमा फड्को मार्न नसकिए पनि स्थिति सामान्य र स्थिर रहनेछ। रोकिएका कामहरूमा पुनः प्रयत्न गर्दा सफलता मिल्न सक्छ। महिनाको उत्तरार्द्धमा लगानीको ढोका खुल्न सक्छ। परिवारजनकाे सहयाेगले जटिल काम समेत सफलतापूर्वक सम्पन्न हुनेछन्। रमाइलाे यात्रा हुन सक्छ।
    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई चैत महिनाकाे ग्रहयाेगअनुसार लक्ष्यप्राप्ति हुन सक्छ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। आँटले काममा सफलता दिलाउनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम थालनी हुने समय छ। शत्रुबाधा हट्नेछ भने रोग निवारण हुनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ र आर्थिक पक्ष सबल बन्नेछ। महिनाको उत्तरार्धमा रमाइलाे यात्राकाे साइत जुर्न सक्छ। रोकिएका काममा दोहोर्याएर गरिएको प्रयास सफल हुनेछ। कार्यक्षमताले सामान्य उपलब्धिलाई पनि गुणात्मक बनाउन सकिनेछ। प्रेम र मित्रताकाे बन्धन पनि कसिलाे हुनेछ।
    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई चैत महिना सामान्यतया लाभदायक नै रहनेछ। स्वास्थ्यमा केही मौसमी प्रतिकूलता देखिए पनि अध्ययन र व्यवसायका दृष्टिले समय अनुकूल रहनेछ। गुरुजनको प्रेरणा र मार्गदर्शनले मनमा नयाँ उत्साह जाग्नेछ भने अध्ययनमा उत्कृष्ट नतिजा हात लाग्नेछ। नोकरी तथा पेसा-व्यवसायमा राम्रो लाभ हुनुका साथै सानो प्रयत्नले नै आर्थिक स्थितिमा उल्लेख्य सुधार आउनेछ। आफ्नो क्षमता प्रदर्शन गरेर स्वरोजगार बन्ने बाटो खुल्नुका साथै रोकिएका पुराना कामहरू पुनः सुचारु हुनेछन्। सन्तानको माध्यमबाट सुखद समाचार र लाभ मिल्नेछ। टाढिएका आफन्तसँगको भेटघाटले पारिवारिक सम्बन्धमा मधुरता ल्याउनेछ। वैदेशिक यात्राको साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन पनि प्रगाढ बन्नेछ।
    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई चैत महिना केही चुनौतीपूर्ण रहने ग्रहयाेग छ। उच्च महत्त्वाकांक्षा र संवेगलाई नियन्त्रणमा राख्नुपर्ने देखिन्छ, अन्यथा यसले सामूहिक सद्भावमा असर पुर्याउन सक्छ। विशेषगरी घर-जग्गा वा पैतृक सम्पत्तिका विषयमा उत्पन्न हुने विवादले आफन्तबीचको एकतामा केही दरार ल्याउने जोखिम छ। आफ्नो कार्यशैली र कमजोरीप्रति साथीभाइबाट गुनासो आउन सक्ने भएकाले आत्मसमीक्षा गर्नु हितकर हुनेछ। स्वास्थ्यको हकमा छाती, फोक्सो र घाँटी सम्बन्धी समस्याप्रति सजग रहनुहोला। महिनाको उत्तरार्ध केही आसलाग्दो रहनेछ। सत्पात्रको संगत र मार्गदर्शनले व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनेछ। टाढिएका आफन्तसँग सामीप्य बढ्नाले स्थिति पुनः अनुकूल बन्नेछ। अवसरका लागि मिहिनेत गर्नुहाेला।
    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई चैत महिना आर्थिक र व्यावसायिक दृष्टिले निकै उपलब्धिमूलक रहनेछ। सुरुमा प्रशस्त आम्दानी हुनुका साथै अप्रत्याशित धन लाभको योग छ। यद्यपि, विलासी वस्तुतर्फको खर्चालु प्रवृत्ति बढ््न सक्ने भएकाले भविष्यका लागि बचत गर्ने बानी बसाल्नु बुद्धिमानी हुनेछ। कार्यक्षेत्रमा कामको चाप बढे पनि अग्रजहरूको मार्गदर्शन र सहयोगले समस्या सहजै सुल्झिनेछन्। कार्यक्षमताले सफलताको नयाँ उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान परिवर्तनको बलियो सम्भावना देखिन्छ। प्रतिष्ठित व्यक्तिहरूसँग निकटता बढ्नेछ भने तारिफयाेग्य कामले यश प्राप्ति हुनेछ। उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। नयाँ जिम्मेवारीले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई चैत महिना केही संघर्षमय रहने देखिन्छ। काममा पनि चुनौतीहरू देखिन सक्छन्। धैर्यको कमी र हतारमा गरिने बल प्रयोगले कार्यमा अवरोध निम्त्याउन सक्ने भएकाले संयमित रहनुहोला। आकस्मिक खर्च वा धनमालको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय छ। अरूसँग मतभेद हुनाले मनमा विद्रोही भाव पैदा हुन सक्छ, यस्तो अवस्थामा आफ्नो आत्मसम्मान जोगाउन बुद्धिमानीपूर्वक संघर्ष गर्नुपर्नेछ। पित्तदोषका कारण टाउको दुख्ने, आँखा वा दाँतसम्बन्धी समस्याले सताउन सक्छ। वाणीमा केही कठोरता आउनाले प्रियजनसँगको दूरी बढ्न सक्ने जोखिम छ; त्यसैले वादविवादबाट टाढै रहनु हितकर हुनेछ। लेखन, संगीत र कलाका क्षेत्रमा भने तपाईंको प्रतिभाले उचित मान-सम्मान दिलाउनेछ।
    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई चैत महिना स्वास्थ्य र अर्थका दृष्टिले केही संघर्षमय रहनेछ। द्वन्द्व र आलोचना जस्ता सामाजिक विघ्नबाधासँग भने संघर्ष भइरहने सम्भावना छ। मौसमी समस्या र कार्यबोझले थकान निम्त्याउन सक्छ, स्वास्थ्यलाई प्राथमिकता दिनुहोला। घर-परिवारमा ससाना कुरामा विवाद हुन सक्छ, संयमित रहनुहोला। सरोकार नभएका विषयमा अनावश्यक चासो राख्दा व्यर्थ तनाव हुन सक्छ। सत्कर्म गर्नेहरूलाई समयले साथ दिनेछ। स्वाभिमानी व्यवहारले प्रतिद्वन्द्वीहरूलाई उचित जवाफ दिन सकिनेछ। सामाजिक र धार्मिक कार्यले मानसिक शान्ति दिलाउनेछ। अवसर प्राप्त हुनेछन्, तर समयमै सही निर्णय लिनु नै यस महिनाको मुख्य चुनौती रहनेछ। पारिवारिक सम्बन्धमा संयम र समझदारी आवश्यक छ।

    आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल चैत ४ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल चैत ३ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल चैत २ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७

    • २.
      आज २०८२ साल चैत १६ गते साेमवार:

    • ३.
      आज २०८२ साल चैत १७ गते मंगलवार:

    • ४.
      आज २०८२ साल चैत १९ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    • ५.
      भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    • ६.
      आज २०८२ साल चैत ४ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत ३ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत २ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer