• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

महिलामा हुन सक्ने प्रमुख पाँच क्यान्सर, कसरी जोगिने ?


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • काठमाडौं । विश्वभर हुने मृत्युको पाँचौ कारण हो, क्यान्सर । जसमा स्तन क्यान्सर पहिलो नम्बरमा रहेको छ । प्रत्येक आठमध्ये एकजना महिला र ८३३ मध्ये एकजना पुरुषलाई स्तन क्यान्सर हुने गरेको डब्लूएचओको पछिल्लो तथ्यांक छ ।

    Advertisement

    नेपालमा भने महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक पाठेघरको मुखको नयाँ बिरामी देखिने दर १६.४ प्रतिशत प्रतिलाख रहेको छ ।

    त्यस्तै, सो क्यान्सरबाट मृत्यु हुनेको दर ११.१ प्रतिशत छ । स्त्री तथा क्यान्सररोग विशेषज्ञ डा. सरिता घिमिरे महिलामा प्रमुख पाँच क्यान्सरको जोखिम रहने बताउँछिन् ।

    जसका लक्षण र जोगिने उपाय उनी यसरी व्याख्या गर्छिन् ।

    स्तन क्यान्सर : स्तन क्यान्सर महिला र पुरुष दुवैमा देखिन सक्छ । यो क्यान्सरको जोखिम प्रजनन उमेरका सबै महिलामा हुन्छ । महिलामा भने स्तनमा गाँठो, दुखाइ, छालामा असामान्य परिवर्तन देखिनु तथा मुन्टो बाक्लो हुनु, स्तनबाट असामान्य पानी बग्नु आदि स्तन क्यान्सरका लक्षण हुन् । यो क्यान्सर सुरुवाती अवस्थामा पहिचान भए पूर्णरूपमा निको बनाउन सकिन्छ ।

    यौनांगको (भल्भा) क्यान्सर : यो यौनांगको बाहिरी (हातले छुँदा भेटिनेसम्मको) भागमा देखिने क्यान्सर हो । ६० वर्षमाथिका महिलामा यो क्यान्सरको जोखिम बढी हुन्छ । छालाको रंग परिवर्तन हुनु चिलाइरहनु, घाउन आउनु यसका लक्षण हुन् ।

    पाठेघरको क्यान्सर : यो पाठेघरमा हुने क्यान्सर हो । महिनावारी बाहेकका समयमा पनि रगत देखिरहनु, महिनावारी सुकेपछि बेलाबेलामा रगत बग्नु यो क्यान्सरका मुख्य लक्षण हुन् ।

    डिम्बाशय (ओभरियन) क्यान्सर ः महिलामा हुने दास्रो मुख्य क्यान्सर हो, ओभरियन क्यान्सर । यसमा व्यक्तिपिच्छे फरकफरक लक्षण पनि हुन सक्छ । कतिपयमा पेट फुल्ने ग्यास्ट्रिक बढेजस्तो हुने लक्षण पनि देखिन्छन् । यस्ता लक्षण केही दिन बिराएर देखिनु पनि ओभरियन क्यान्सरको संकेत हुन सक्छ । डिम्बाशयको क्यान्सर दोहोरिएर देखिने सम्भावना बढी हुन्छ, महिलामा यो निकै जटिल किसिमको क्यान्सरको रूपमा लिइन्छ ।

    पाठेघरको मुखको (सर्भिक) क्यान्सर : यो क्यान्सर ४० वर्षको हाराहारीमा धेरै देखिन्छ । क्यान्सरले असर नगरेसम्म लक्षण देखिँदैन,शुरुवाती अवस्थामा महिनावारी बाहेकको समयमा पनि रगत देखा पर्ने हुन्छ । यो क्यान्सर भएको सुरुवातमा नै पहिचान गर्नसके पूर्णरूपमा निको पार्न सकिन्छ ।

    कसरी जोगिने ?

    नेपालमा क्यान्सरको पूर्वपरीक्षणका लागि विभिन्न परीक्षण पद्धतिहरू उपलब्ध छन् । स्तन क्यान्सरको कुनै पनि लक्षण देखिए म्यामोग्राममार्फत परीक्षण गराउनुपर्छ । नेपालमा सबैभन्दा धेरै देखिने पाठेघरको मुखको क्यान्सरबाट बच्न सरकारले एचपीभी खोपको पनि सुरुवात गरेको छ ।

    हाल १५ वर्षका किशोरीलाई एचपीभी खोप दिइरहेको छ । यसबाहेक क्यान्सरको जोखिम रहे नरहेको यकिन गर्न स्क्रिनिङका लागि भीआईए सेवा र तोकिएका अस्पतालमा एचपीभी डीएनए परीक्षण सेवा पनि सरकारले निःशुल्क गरेको छ ।

    पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० वर्ष उमेर कटेका महिलाले प्रत्येक पाँच वर्षमा स्क्रिनिङ गराउन डा. घिमिरेको सुझाव छ । पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका, २०७९ अनुसार सामान्य अवस्थाका महिलाको प्रत्येक तीन वर्षमा भीआईए स्क्रिनिङ गराउने व्यवस्था गरेको छ ।

    त्यस्तै, २५ वर्ष कटेका महिलाको एचपीभी स्क्रिनिङ हरेक पाँच वर्षमा गराउने निर्देशिकामा उल्लेख छ ।

     

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मरुवा रोगका कारण किसान चिन्तित
    मासिक राशिफल: जेठ, २०८३
    मासिक राशिफल: वैशाख २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer