• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ: यमबहादुर परियार


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अति नजिक सहयोगी भएर जिल्लामा काम गर्नुभएको नेता यमबहादुर परियारले बिहीबार पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभयो । पार्टी अध्यक्ष प्रचण्डको गृहजिल्ला मात्रै नभई उहाँकै निर्वाचन क्षेत्रका प्रभावशाली केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज परियार र भरतपुर महानगरपालिकाका सहइन्चार्ज अन्जान तिमिल्सिनाले माओवादी परित्याग गर्नुभएको हो ।

    Advertisement

    भरतपुर महानगरपालिकाको माओवादी केन्द्रको सबैभन्दा बलियो वडा मानिएको वडा नं. १३ का वासिन्दा हुनुहुन्छ, परियार, तिमिल्सिना वडा नं.१६ का बासिन्दा हुनुहुन्छ । प्रचण्डका नजिकको विश्वास पात्र मानिने परियारको एमाले प्रवेशले चुनावको मुखैमा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ ।

    परियार प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ को (ख) बाट प्रत्यक्षमा प्रदेश सांसदका लागि सिफारिस हुनुभएको छ । माओवादीको भागमा यो क्षेत्र परे परियार नै सबैभन्दा बलिया दाबेदार हुनुहुन्थ्यो । निर्वाचनको मुखमा नै प्रचण्डकै निर्वाचन क्षेत्रबाट पार्टी त्याग गरेका परियारसँग हामीले कुराकानी गरेका छौँ ।

    माओवादीमा त्यति लामो त्याग र बलिदान गरेको मान्छेले एकाएक माओवादी पार्टी किन छाड्नु भएको हो ?

    माओवादी पार्टीमा हामी जुन सपना र दृष्टिकोण राखेर लागेका थियौं, त्यो अनुसार पार्टी रहेन । माओवादी राष्ट्रिय राजनीतिमा विघटनको प्रक्रियामा छ । देशमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुन जरुरी छैन । माओवादी भन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले नै छ भनेपछि माओवादीको औचित्य के छ रु जबकी सांगठनिक संरचना, नीति सबै एमालेकै कपी गरेको छ । माओवादीको आफ्नो एजेण्डा छैन ।

    कम्युनिष्ट चरित्र पनि माओावादीसँग छैन । राष्ट्रिय राजनीतिका सन्दर्भमा देश विकास र समृद्धिको स्पष्ट भिजन देखेँ । माओवादी नेतृत्वको भनाइ र गराईमा असंगति छ । एउटा कुरा भनिन्छ गरिन्छ अर्को । कांग्रेसको पछि लागेर समाजवादमा पुगिन्छ त ? यस्तो पाराले समाजवादमा जान सकिँदैन । माओवादी भित्र संर्घष पनि गरेको हो, तर सकिएन । अब माओवादी सुध्रिदैन, योबाट पार लाग्दैन भनेर एमाले प्रवेश गरेका हौं यो कुनै एक दुई दिनको कुरा हैन । यसको लामो श्रृखला छ ।

    तपाईं प्रदेशको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेको भन्ने आरोप छ नि ?

    यो सरासर गलत कुरा हो । जसले मलाई चिनेको छैन, बुझेको छैन त्यसले भन्ने कुरा हुन् यि । अझै पनि प्रचण्डको निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र माओवादीले नपाउने भन्ने त निर्णय त भएको छैन । टिकट पाउँदा त त्यसको पहिलो दाबेदार मै थिएँ । तर, मलाई यस्ता कुराले प्रभाव पार्दैन । म पदका लागि एमाले बनेको हैन ।

    तपाईंको एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको भनिन्छ, के भन्नुहुन्छ ?

    त्यो उहाँले जान्ने कुरा हो । म हिजो माओवादी थिएँ, आज एमाले छु । अरु थुप्रै साथीहरू अझै एमालेमा आउँदै हुनुहुन्छ, हेर्दै जानुहोला ।

    तपाईंलाई एमोलेले प्रदेशको सांसदको टिकट दिन्छ त ?

    म तपाईंलाई फेरी भन्छु, म केही पाउनका लागि एमालेमा आएको हैन । मेरा लागि माओवादीमा पनि पद थिएँ । म पाँच पटक जिल्ला अध्यक्ष भएको मान्छे हो । नेकपा कालमा झण्डै ३ वर्ष अध्यक्ष नै बनेँ । तर, राजनीतिक र वैचारिक कुरा ठूलो हो ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको विदेशी मुद्राहरुको विनिमयदर
    बीवाईडी हाई–टेक विक-२०२५: घोषणा गर्दै साइमेक्स इंक
    संस्कृत, पोखरा र कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त
    पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त कर्णालीका विद्यार्थी
    राष्ट्रपति पदका लागि पार्टीभित्र मलाई पर्याप्त समर्थन छ: उपराष्ट्रपति ह्यारिस
    विद्यालयको दिवा खाजा कार्यक्रमलाई सघाउदै लायन्स,९० हजार बढी विद्यार्थी लाभान्वित

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer