☰
बिहिबार, कार्तिक ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विद्यालयको दिवा खाजा कार्यक्रमलाई सघाउदै लायन्स,९० हजार बढी विद्यार्थी लाभान्वित


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन ‘एलसीआइएफ’ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग घोषणा गरेको छ ।

    Advertisement

    ती संस्थाले नेपालसहित चार देशका दिवा खाजका कार्यक्रमलाई आज ४० लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग घोषणा गरेका हुन् । उक्त अनुदानबाट नेपालको कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका आठ सयभन्दा बढी विद्यालयका कक्षा पाँचसम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेरा, विश्व खाद्य कार्यक्रमका देशीय प्रतिनिधि रोबर्ट कास्का र शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले उक्त अनुदानको घोषणा गरे । अध्यक्ष फाब्रिसियाले बालबालिकालाई पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच दिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।

    देशीय प्रतिनिधि कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खानाका साथै किसानलाई सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गराउन लागिपर्ने बताए ।

    एलसीआइएफले अहिलेसम्म अनुदानमार्फत एक अर्ब दुई करोड अमेरिकी डलर ‘१ खर्ब ६० अर्ब रुपैयाँ’ भन्दा धेरै अनुदान सहायता वितरण गरिसकेको लायन्स अन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले बताउनु भयो ।

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer