• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. मासिक राशिफल: जेठ, २०८३

राजाको त्यो हौसला र निकुञ्ज स्वर्णमहोत्सवको यो दुर्दशा


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • सहायक रथी बाबुकृष्ण कार्की(अप्रा) । यो स्वर्गीय राजा बीरेन्द्रको शासनकालको कुरा हो। प्राकृतिक सम्पदाको संरक्षणमा कति संवेदनशीलता चाहिन्छ र त्यसले दीर्घकालमा कस्तो परिणाम ल्याउँछ भनेर शासकहरुले सोचिदिए भने संरक्षणकर्मीहरुको हौसला कहाँ हो कहाँ बढेर जान्छ।

    Advertisement

    २०५७ सालमा हामीले बर्दिया राष्ट्रिय निकुञ्जको २५ बर्षे उत्सव अर्थात् सिल्भर जुब्ली मनायौं। राजा सवारीको चर्चाले हाम्रो हौसला, मनोबल र जोस-जाँगर आकासमा पुगेको थियो। राजाको बिकल्पमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको सवारी भयो।

    निकुञ्जमा संरक्षण स्टेकहोल्डहरुका राष्ट्रिय प्रतिनिधिहरुको रमाइलो मेला लाग्यो। संरक्षणमा योगदान पु¥याउने स्थानीय समुदाय, बफरजोन पदाधिकारी, सबै सुरक्षा निकायहरु र फिल्डमा तैनाथ निकुञ्ज कर्मचारीहरुको मानसम्मान र कदर भयो।

    संरक्षणप्रेमी तत्कालीन अधिराजकुमारले ७ दिन खर्चेर बाके, दाङ, शुक्लाको संरक्षण ज्ञान लिएर सबैलाई तन्काएर फिर्ता सवारी भयो। सबैका समस्या फुके। हौसला र मनोबल बढ्यो। प्रतिवद्ध संरक्षण टिम निर्माण भयो। नमूना टिमवर्क प्रदर्शन हुन शुरु भयो। दुर्भाग्य, शाहबंशीय राजाहरुले आफ्ना निकुञ्जहरुको स्वर्ण महोत्सव देख्नै पाएनन्।

    राजनीतिक नेतृत्वलाई दोष थोपरेर आफू निरीह देखिने, पन्छिने र समय गुजार्ने कार्यकारी अधिकारीहरु प्रकृति र मातृभूमिलाई बोझ हुन्। आज प्रकृतिलाई बोझ होइन, ओजवाला साहसिक र दूरदृष्टि भएका गतिशील ब्यवस्थापक र नेतृत्व चाहिएको छ।

    अव यता फर्कौं। यही असोज ७ गते शुक्रवार बिश्व सम्पदामा सुचिकृत नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जले भब्यसँग स्वर्ण जयन्ती मनायो। नवनियुक्त डिजीको निम्तो पाएर पनि भब्य समारोहमा उपस्थित हुन नसक्दा मन खिन्न भयो।

    ५० बर्षसम्म आरोह अबरोह खेपेर हराभरा निकुञ्ज बन्यजन्तुले भरिरहनु र स्थानीयबासीहरुको जीवनस्तर उठाउन निकुञ्जले योगदान पुर्‍याउन सक्नु सारा संरक्षणकर्मीहरुको लागि गर्वका कुरा हुन्। पहिलो निकुञ्जले स्वर्ण महोत्सव मनाइसकेपछि अरु निकुञ्जहरु पालोमा बसेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जले गृहकार्य शुरु गर्ने बेला भयो।

    चुकेको मौका

    बिश्वकै एउटा उत्कृष्ट र बिशिष्ट निकुञ्जलाई मान सम्मान रक्षा कल्याण गर्न बिगतको समिक्षा, बर्तमानको मूल्यांकन र भावी मार्ग तय गर्न पूर्ब सोच (भिजन) गृहकार्य र तयारी हुनुपर्दथ्यो। राष्ट्रपति वा प्रधानमन्त्रीको समुपस्थितिमा बिश्व संरक्षण समुदायका अतिथिहरु आमन्त्रण गरेर निकुञ्जको प्रचार-प्रसार, गौरव प्रबद्र्धन गर्नुपर्ने थियो। निकुञ्जलाई सफलताको यो बिन्दुसम्म पुर्‍याउन फिल्डमा अहोरात्र खटेर त्याग र समर्पण गर्ने संरक्षणकर्मीहरुलाई मान सम्मान र पुरस्कृत गर्नुपर्ने थियो।

    जीबित बृद्ध पहिलो डिजी श्रद्धेय बिश्वनाथ उप्रेती, निकुञ्जका तत्कालीन टाईगर विज्ञ एवं अर्का डिजी स्व. तिर्थमान मास्के सरकी धर्मपत्नी, एण्टिपोचिङ माष्टरमाईण्ड पूर्व चीफ वार्डेनहरु रामप्रित यादव, टिकाराम अधिकारी र कमलजंग कुँवर लगायतका त्यागी रेञ्जर र गेमस्काउट, हात्तीसारे, प्राबिधिकहरुलाई सम्मान गर्न कञ्जुस्याँई गर्न हुन्थेन।

    चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणका दौरान घाईते भएकाहरु र जीवन उत्सर्ग गर्ने गैर सैनिक र सैनिक संरक्षणकर्मीहरुलाई स्मरण र सम्मान गर्न स्वर्ण महोत्सव कति दुर्लभ अवसर थियो। संरक्षणमा योगदान पुर्‍याउने स्थानीय समुदाय, सिबिएपियु, नेपाल प्रहरीको सिआईबी, नेचरगाह्ड, पर्यटन ब्यबसायीलगायतलाई कदर गर्ने उस्तै अपूर्व अवसर थियो। बिडम्वना, सायद हामी चुक्यौं।

    अझ, सोही निकुञ्जमा गणपति भई अहोरात्र खटेर सफलताको नजीर बनाउने बर्तमान प्रधानसेनापति महारथी प्रभुराम शर्मा र उहाँको नजीर समाएर शून्य सिकार उपलब्धि हात लगाउन अहोरात्र जीउज्यान दिने पूर्व गणपतिहरु चक्र शाह, संजय देउजा, माधव थापा तथा स्टाफ गोकर्ण देबकोटालाई सम्मान गर्न कसरी हेक्का पुर्‍याएनन् बर्तमान ब्यबस्थापकहरुले?

    बिडम्वना भन्नुपर्छ, मन्त्रीको चाकडी, आसनग्रहण, भाषणश्रवण र भोजग्रहणमा स्वर्ण महोत्सव सकियो। चितवन नेपालको प्रतीक एकसिङ्गे गैंडाको मूलघर हो। बिश्व गैंडा दिवस र गैंडाको मूलघरको स्वर्ण अवसर जुधिरहेको थियो।

    महिनैपिच्छे मन्त्री, सचिव, डिजी फेरिरहने बिकृत संस्कारले यो संभव भएन होला। अरु नयाँ दुलही भए पनि दुलाहा (सचिव) ले यो भिजन अख्तियार र कार्यान्वयन गर्न गराउन सक्ने थिए। समयमा सोचिदिएको भए।

    राष्ट्रिय संरक्षण दिवस उसै जुधेकै थियो। नेपालले यी सवै महत्वपूर्ण अवसरलाई मिसाएर “बिश्व गैंडा सम्मेलन” चितवनमा आयोजना गर्न सक्दथ्यो। चितवन र समग्रमा नेपालको संरक्षण पहल, प्रयास, सफलता र गौरवको महिमा बढ्ने थियो।

    महिनैपिच्छे मन्त्री, सचिव, डिजी फेरिरहने बिकृत संस्कारले यो संभव भएन होला। अरु नयाँ दुलही भए पनि दुलाहा (सचिव) ले यो भिजन अख्तियार र कार्यान्वयन गर्न गराउन सक्ने थिए। समयमा सोचिदिएको भए।

    अब यसो गर्ने कि

    मौकाको पुच्छर समाउन अझै समय बाँकी छ। पहिलो यो स्वर्ण महोत्सव सालभरि खुशीसाथ मनाउन सकिन्छ। अरुले साताब्यापी महोत्सव मनाउन्। महोत्सव आसन र भाषणमा दुरुपयोग नहोस्। बरु संरक्षण काम माथि कामको ठेली होस्। कामको थुप्रोले गर्बिलो परिणाम दियोस्।

    बर्षभरि काम नै काम गर्ने हो भने यो निकुञ्जको कायापलट हुने छ। काँचुली फेर्ने छ। अरुलाई असल नजीर सिकाउने छ। जस्तै, संरक्षण हस्ती ज्ञान र अनुभवका धनी पूर्व डिजीहरु कृष्ण आचार्य र श्याम बजिमयको टास्क फोर्स बनाऊँ। १ बर्षमा नगरिनहुने, गर्न सकिने र सबैको हितमा हुने कामको फेहरिस्त बनाऊँ र बिना बिलम्ब काम शुरु गरौं।

    बासस्थान सुधारले पहिलो प्राथमिकता पावस्। नमूना घाँसे मैदान, ताल-कुवा-घोल, अलवेदर सडक, काठे मचान, काठे शौचालय, सरसफाई गरेर स्वर्ण महोत्सव बर्षको समापन समारोहमा यो निकुञ्ज राष्ट्रिय क्षेत्रीय र बिश्व संरक्षण समुदायलाई देखाऊँ। त्यसको लागि सरकार, संरक्षण साझेदार संघसंस्थाहरु नेपाली सेना र स्थानीय समुदायलाई गुहारुँ । नेपाली सेना एक्लैले उल्लेखनीय सहयोग गर्न सक्ने छ।

    निकुञ्जका पोष्टहरुलाई बिद्युत आपूर्ति, कम्युनिकेसन टावर, स्वच्छ पिउने पानी र सुरक्षित बासस्थानको ब्यवस्थाले नमूना पोष्टहरुको निकुञ्ज सिद्ध गरौं। निकुञ्ज बाहिर बफरजानेमा एउटा बिशाल सजीब संरक्षण सहिद पार्क बनाऊँ। संरक्षण सहिदहरुको सम्मानमा भब्य स्मारक खडा गरौं। पार्कभित्र शून्य सिकार दुर्लभ उपलब्धिको अर्को भब्य स्मारक पनि बनाऊँ।

    बन्यजन्तु अस्पताललाई दक्ष जनशक्ति र श्रोतसाधन सम्पन्न बनाई नमूना ढंगले संचालन गरौं। गोही प्रजनन केन्द्रको सबलीकरण र सशक्तिकरण गरौं। संरक्षण शिक्षालय कसरालाई सेन्टर अफ एक्सिलेन्समा रुपान्तरण गर्ने सुन्दर योजना इमान्दारसाथ पूरा गरौं।

    माडीमा १ गण र नवलपरासीमा १ अनाश्रित गुल्म तैनाथ गरेर निकुञ्जको उद्धार, राहत, संरक्षण कार्यलाई सुदृढ बनाऊँ। बिश्वलाई पुनः शून्य सिकार बर्ष बनाएर देखाइदिऊँ।
    सिआईबी र सिबिएपियुलाई मागेर होइन, राष्ट्रिय बजेटले असरदार ढंगबाट संचालन गर्ने बिकल्प अख्तियार गरौं।

    सूचना प्रबिधि (आईटी) र डग युनिटको परिचालन, संचालनले अनुगमन, नियमन र नियन्त्रणको कामलाई भरपर्दो र परिणाममुखी बनाऊँ। यो बर्षको वार्डेन सेमिनार चितवनमा गरौं र नमूना निकुञ्जको सवैलाई अवलोकन गर्ने अवसर दिऊँ।

    बिडम्वना भन्नुपर्छ, मन्त्रीको चाकडी, आसनग्रहण, भाषणश्रवण र भोजग्रहणमा स्वर्ण महोत्सव सकियो।

    यति धेरै राम्रा काम गरिसकेपछि अन्तिममा चितवनमा “बिश्व गैंडा सम्मेलन” को आयोजना गरेर विशेषत अफ्रिका र भारतलाई “शून्य सिकार” उपलव्धीको गौरव गाथा फिल्डमा प्रत्यक्ष देख्ने भोग्ने अवसर प्रदान गरौं। किनभने शून्य सिकार अफ्रिका महादेशलाई अति आवश्यक छ।र, उनीहरु यो मोडल देख्न सुन्न र जान्न उत्सुक छन्।

    यी सबै कामको लागि नेपाली सेनाको पहल, प्रयास, सहयोग, अगुवाइ, सहकार्य अपरिहार्य छ। नेपाली सेनाले यो स्वर्ण महोत्सव बर्ष सफल पार्न उल्लेखनीय योगदान पुर्‍याउन सक्छ तर लिन जानेको खण्डमा।

    लिने दिने कला र गला कार्यकारी अधिकारी डिजी र सचिवको इच्छा र खुबी हो। उहाँहरुको ब्यबस्थापकीय र नेतृत्व खुबी हो। संरक्षणप्रतिको ईच्छाशक्ति र बफादारिता हो। संरक्षणका नेतृत्वहरुलाई यस्तो अवसर बिरलै आउँदछ। सबैभन्दा धेरै चुनौतीको पहाडसँग जुधिरहेको चितवन राष्ट्रिय निकुञ्जको मुहार फेर्ने यो अपूर्व अवसर हो।

    अवोध निकुञ्ज र बन्यजन्तुको पीडा बुझेर संरक्षणका नेतृत्व र ब्यबस्थापकलाई क्रान्तिकारी संरक्षण मोडल अनुकरण गर्ने यो सुवर्ण अवसर हो। सुनौलो इतिहास रच्ने र भावी नेतृत्वलाई सही मार्गदर्शन गर्ने यो मौकामा चौका हान्न संरक्षण नेतृत्वहरु स्वस्फूर्त अग्रसर हुन्।

    राजनीतिक नेतृत्वलाई दोष थोपरेर आफू निरीह देखिने, पन्छिने र समय गुजार्ने कार्यकारी अधिकारीहरु प्रकृति र मातृभूमिलाई बोझ हुन्। आज प्रकृतिलाई बोझ होइन, ओजवाला साहसिक र दूरदृष्टि भएका गतिशील ब्यवस्थापक र नेतृत्व चाहिएको छ। सुधारको शुभकार्य शुभारम्भ होस्। शोभा अरु बढोस्। स्वर्ण महोत्सव मनाइरहेको गौरवशाली मातृभूमिको गौरवशाली चितवन राष्ट्रिय निकुञ्जलाई धेरै शुभकामना।

    (लेखक संरक्षणकर्मी हुन्)

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको विदेशी मुद्राहरुको विनिमयदर
    बीवाईडी हाई–टेक विक-२०२५: घोषणा गर्दै साइमेक्स इंक
    संस्कृत, पोखरा र कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त
    पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त कर्णालीका विद्यार्थी
    राष्ट्रपति पदका लागि पार्टीभित्र मलाई पर्याप्त समर्थन छ: उपराष्ट्रपति ह्यारिस
    विद्यालयको दिवा खाजा कार्यक्रमलाई सघाउदै लायन्स,९० हजार बढी विद्यार्थी लाभान्वित

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer