• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘कचेहेरी’ मा आइतमायाको आँसु: चितवन निकुञ्जछेउका चेपाङहरूले भोगेको नियति


  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
  • चितवन  । आफ्ना कथाव्यथा सुनाउन आएकी आइतमाया चेपाङको वाक्य फुटेन । केवल गह भरिए । केहीबेरको मौनतापछि आफूलाई सम्हाल्दै भनिन्, ‘नातिनी पनि ठूली हुँदै गई, उसले बाबा खै भन्दा के जवाफ दिने ? अहिलेसम्म त विदेश गएका छन्, आउँछ भनेर टार्दै आएकी छु ।’

    Advertisement

    आइतमायालाई छोरा राजकुमार कहिल्यै घर फर्कने छैनन् भन्ने थाहा छ । तर, नातिनीलाई गलत जवाफ दिनुपर्दा उनलाई पीडा मात्र हुन्छ ।

    राप्ती नगरपालिका–२ पिप्ले मिलनचोक घर भएका राजकुमार २०७८ साउन १ मा साथीहरूसँगै माछा मार्न र निउरो टिप्न राप्ती तरेर चितवन निकुञ्ज छिरेका थिए । गैरकानुनी रूपमा निकुञ्ज आएको भनेर सेनाका एक हुद्दाले राजकुमार र उनका साथीहरूलाई नियन्त्रणमा मात्रै लिएनन्, कुटपिट गरेर त्यहीं छाडिदिए । बिरामी परेका राजकुमारको एक सातापछि निधन भयो । घटनामा संलग्न हुद्दा चिरणकुमार बुढालाई सुरुमा नौ महिना कैद र नौ हजार जरिवाना सुनाइयो । पछि उच्च अदालतले सजाय थपेर जन्मकैदको फैसला गर्‍यो । कानुनले दोषीलाई दण्डित गरे पनि आइतमायाका छोरा कहिल्यै फर्केर आउने छैनन् । सम्झनामा उनका आँखा रसाइरहन्छन् ।

    निकुञ्जसँग जोडिएका स्थानीयका केही न केही कथा छन्, सविस्तार सुनाउँदा उनीहरूका आँखा रसाउँछ । माडी चौकीडाँडाकी ४६ वर्षीया अनिता चेपाङ पनि यस्तै एक भुक्तभोगी हुन् ।

    निकुञ्जका एक सैनिक र उनी प्रेममा थिए । बिहे गर्ने विश्वासमा पारेका ती सैनिकबाट उनी गर्भवती भइन् तर केही समयमै उनको सरुवा भयो । २०५८ सालमा दुई महिनाकी नाबालिका बोक्दै अनिता उनको खोजीमा लागिन् । कसैगरी पत्ता लगाउने अठोटले २०६६ मा आफूजस्तै समस्यामा परेका महिला संगठित गरिन् र अभियान थालिन् । त्यही संगठनको बलमा उनले आफूलाई फसाउने सैनिकको घरठेगाना पत्ता लगाइन् । अन्ततः नौ वर्षकी छोरीको जन्म दर्ता गराउन सफल भइन् ।

     

    नारायणगढमा शुक्रबारदेखि सुरु ‘चित्तौन कचेहेरी’ मा आइतमाया र अनिताले आफ्ना व्यथा सुनाइरहँदा सहभागी दर्शकश्रोता भावुक बने । ‘न्यायको लामो लडाइँ : निकुञ्ज र बफर जोनको छायामा जीवन’ शीर्षकको सत्रमा उनीहरू सहभागी भएका थिए । सहजकर्ता घनश्याम खड्काले आइतमाया र अनितासँगै बसेका सामाजिक विश्लेषक सोमत घिमिरेलाई प्रश्न गरे, ‘स्थानीयले आँसु बगाउन नपर्ने गरी निकुञ्जको संरक्षण गर्न सकिन्न ?’ घिमिरेले जवाफ दिए, ‘पहिला पनि यहाँ मान्छे थिए, वन र वन्यजीव सँगसँगै थिए । उनीहरू एकअर्काका परिपूरक भएर बसेका थिए । निकुञ्ज बनेपछि संरक्षणको जिम्मा सेना र कर्मचारीले लिए । स्थानीयलाई अलग गरे । समस्या यहाँबाट सुरु भयो ।’ स्थानीयमाथि विश्वास नगरेर सेना र कर्मचारी राखेका कारण निकुञ्जको अहिलेको व्यवस्थापन प्रणाली गलत भएको उनको जिकिर थियो ।

    थारू भाषाको शब्दबाट नामकरण भएको ‘चित्तौन कचेहेरी’ जिल्लाका विभिन्न ६ संस्थाले संयुक्त रूपमा आयोजना गरेका हुन् । शुक्रबार र शनिबार १४ विषयमा छलफल हुनेछन् । नाटक, कविता र गजल वाचनका साथै पुस्तक वार्ता र आख्यानमाथि विमर्श पनि हुने कार्यक्रम निर्देशक सरिता तिवारीले बताइन् । रमेशकुमार पौडेल, ekantipur

    शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आइतबार र सोमबार देशभर सार्वजनिक बिदा
    बडा दशैंको टीका: उत्तम साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा
    हिजो देखि शुक्र अस्त, यसबेला के के गर्नु हुँन्छ, जानी राखौं
    हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा उत्कृष्ट पाँच सहित गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान
    भोलीदेखी आठौं संस्करणको निफ महोत्सव, ४० देशका ८७ चलचित्र प्रदर्शन हुने
    लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिनेको घुइँचो

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer