• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हावाहुरीका कारण चितवनको केराखेतीमा ठुलो नोक्सानी


  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
  • रत्ननगर । चितवनमा आइबार साँझ आएको हावाहुरीले किसानको खेतमा लगाएको पाँच करोड मुल्य बराबरको केराखेती नष्ट गरेको छ । १५० विघामा लगाएको केरा पूर्णरुपमा क्षति हुँदा ५ करोड नोक्सानी भएको चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले जानकारी दिए । जिल्लाको सात पालिका मध्ये खैरहनी र राप्तीमा बढी क्षति भएको छ । रत्ननगर र कालिकामा आंशिक क्षति भएको र  अन्य पालिकाका किसानहरुको केराखेतीमा समेत हावाहुरीले ठुलो नोक्सानी गरेको छ । रत्ननगर ५ झुवानीका किसान ऋषि गुरुङले खैरहनी र राप्तीमा गरी २२ विघा क्षेत्रफलमा खेती गर्दै आएका छन् । हावाहुरीले उनको १० हजार बोट केरा नष्ट गरेको छ । १० हजार बोट केरा नष्ट हुँदा करिब ५० लाख नोक्सान भएको किसान गुरुङले जानकारी दिए । रत्ननगरका बाबुराम भट्टको ५ विघाको केरा पूर्णरुपमा क्षति भएको छ । उनले रत्ननगर ४ सेरीमा १० विघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । ५ विघाको केरा नष्ट हुँदा २५ लाख नोक्सान भएको भट्टले जानकारी दिए । “असारमा तयारी भएर बजार पठाउन योजना थियो” उनले भने हावाहुरीले सबै योजना तहसनहस भयो । रत्ननगरकै बाबुराम दुवाडीको २ विघाको केराखेती नष्ट हुँदा १० लाख क्षति भएको छ । हावाहुरीले मालभोग र जीआइन जातको केरा नष्ट गरेको छ । चितवन केरा उत्पादक संघले सोमबार विहानै देखि क्षतिको विबरण संकलन गरेको र मंगलबार सम्म यतार्थ विबरण आउने जनाएको छ । चितवनमा ७५० जना किसानले तीन हजार विघामा व्यवसायिक रुपमा केरा खेती गर्दै आएका छन् । यहाँ बार्षिक ७० हजार मेट्रिक टन अर्थात एक अर्ब ६० करोडको केरा उत्पादन हुँदै आएको छ । नेपालमा १६६१५ हे. मा २७८८९० मे. टन केरा उत्पादन हुन्छ । त्यस्तै कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पुर्याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै लागेको बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको एक किसानले बताए । उनका अनुसार हावाहुरीले ४२ हजार ५०० केराका बोट ढालेको छ । जसबाट रु एक करोड ४८ लाख ७५ हजार रकम बराबरको केरा खेतीमा किसानलाई घाटा लागेको छ । केराको बोट खरीद, लगाउने खर्च, मल, सिँचाइ गोडमेल गरी प्रतिबोट केरा रु ३५० लागत खर्च लाग्ने गरेको छ स्थानीय किसान रामआश्रय रानाले भन्नुभयो, “दश कट्ठामा लगाएको पूरै केरा हावाहुरीका कारण ढलेपछि नोक्सानी भएको छ ।” जी नौ जातको केरा रोपेका यहाँका किसानले हावाहुरीले व्यापक क्षति पुर्याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन ।

    Advertisement

    सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मरुवा रोगका कारण किसान चिन्तित
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन
    भारत अमेरिका व्यापार, कर ५० बाट १५ प्रतिशतमा ल्याउने माग
    घरघर गाई दुहेर परीवार पाल्छन् मुन्ना
    राष्ट्रपति पुटिन भारतको राजकीय भ्रमणमा

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer