☰
शुक्रबार, कार्तिक ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । बढ्दो आयातलाई कम गरी निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् ।

    Advertisement

    नेपाल निर्यात परिषद्ले दसौँ निर्यात दिवसका अवसरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकको आर्थिक विकासका लागि निर्यात क्षेत्रलाई राष्ट्रिय प्राथमिकतासाथ अगाडि बढाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका हुन् ।

    परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात व्यापार अर्थतन्त्रका आधारका रूपमा रहेकाले यसलाई दिगो बनाउन नीतिगत, स्थायित्व, लगानीमैत्री वातावरण र निर्यात प्रवर्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । निर्यात व्यापारबाट देशमा उत्पादन, रोजगारी, आम्दानी तथा पुँजी प्रवाहमा सिधा सकारात्मक प्रभाव पर्ने भएकाले निर्यातयोग्य नयाँ नयाँ वस्तुको विकास गरी दीर्घकालीन योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    “कुल वैदेशिक व्यापारमा निर्यातको योगदान न्यून रहेकाले व्यापार घाटा बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “भटमास तेल, पाम तेल जस्ता वस्तुले निर्यातको ठुलो हिस्सा ओगटेको भए पनि कच्चा पदार्थ आयात गर्नुपर्दा निर्यातमा दिगो हुँदैन ।” नेपालबाट वस्तु निर्यात गरेर व्यापार गर्ने ठाउँमा पछिल्लो समय श्रम शक्ति निर्यात भइरहेको, कृषिजन्य उत्पादन बढाएर निर्यात गर्न सकियो भने आयात प्रतिस्थापन गर्न सकिने ठुलो सम्भावना रहेको र निर्यात बढाउनका लागि निर्यातमा अनुदान दिइँदै आएकोमा गत आर्थिक वर्ष २०८१/८२ देखि रोकिएकाले यसलाई निरन्तरता गर्नुपर्ने उहाँको भनाइ छ ।

    परिषद्का महासचिव हरि ढकालले निर्यात बढाउन कच्चा पदार्थ स्वदेशमा उत्पादन गरी निर्यातयोग्य वस्तु पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

    परिषद्का अनुसार निर्यातमा पूर्वाधार अभाव, उच्च यातायात लागत, दक्ष जनशक्तिको कमी, साना उद्यमी तथा निर्यातकर्तालाई सहुलियतपूर्ण कर्जा तथा वित्तीय सुविधा उपलब्ध नहुनु, निर्यातमूलक उत्पादनको गुणस्तर र ताजा अवस्था काम राख्ने कोल्ड स्टोरेज र गोदामको कमी, राजनीति अस्थिरता र नीतिगत अन्योलता, ऊर्जा, कच्चा पदार्थ र उत्पादन लागत उच्च हुँदा प्रतिस्पर्धा गर्न नसक्नुलगायतका समस्याले निर्यात बढ्न सकेको छैन ।(गोरखापत्रबाट)

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer