• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ०२, २०८३
☰
शनिबार, जेठ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बहुउपयोगी तथा बहुमूल्य वनस्पति केशर


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • नेपालमा खेती गर्न सकिने महत्वपूर्ण बिरुवामध्ये केसर पनि एक हो । यसको खेतीले नेपालको अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्न सक्छ । संसारभर अंग्रेजी नाम ‘स्याफ्रोन’बाट चिनिने केसर गानाबाट उम्रने बहुउपयोगी तथा बहुमूल्य वनस्पति हो ।

    Advertisement

    वनस्पति परिवारको इरिडेसी परिवारमा पर्ने यसको वैज्ञानिक नाम भने क्रोकस साटिभस हो । यो प्राचीनकालदेखि नै प्रयोग हुँदै आएको मसला तथा औषधि पनि हो ।

    केसर विश्वको सबैभन्दा महँगो र कम उत्पादन हुने मसलाको रूपमा चिनिन्छ । यसका विभिन्न प्रजातिहरू छन्। यसको उद्गमस्थल ग्रिस र इरानलाई मानिन्छ । त्यसैगरी स्पेन र इजरायलमा केसर प्राकृतिक अवस्थामा पाइन्छ ।

    यो सुन जस्तै महँगो हुन्छ । सक्कली केसरको औसत मूल्य प्रति केजी ३६०० अमेरिकी डलरसम्म पर्दछ । नेपालमा एक केजी केसर पाँचदेखि दश लाखसम्ममा पनि बिक्री भएको रेकर्ड छ ।

    केसरमा क्रोसिन ग्लुकोसाइड भन्ने औषधीय रसायन हुन्छ । गानाबाट निस्केको फूलको बीच भागबाट ३ वटा स्त्रीकेसर निस्केका हुन्छन् । त्यही स्त्रीकेसरलाई नै केसर भनेर बेचिन्छ । एक पटक लगाएपछि पुन: गाना रोपेर लगभग १५ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

    कुहिने रोग लागेन भने दुई वर्षमा एउटा गानाले दश वटासम्म नयाँ गाना बनाउन सक्छ । धेरै केसर खेती गर्ने देशमा टर्की, चीन, जापान, फ्रान्स र भारत पर्छन् । केसर निर्यात गर्ने मुख्य देश भारत, चीन, अमेरिका, सिङ्गापुर हुन् ।

    केसरको प्रयोग

    फूलको स्त्रीकेसर (स्टिग्मा) नै मुख्य रूपमा प्रयोग हुने केसर हो । यसको पात र अन्य भागको उपयोगिताबारे खासै उल्लेख छैन । यसको प्रयोग विभिन्न प्रकारले हुने गर्छ ।

    स्त्रीकेसरको धुलो बनाएर मनतातो पानी वा दूधसँग खानाले मानसिक वा स्नायु पीडा कम हुने, यौन सामर्थ्य बढ्ने गर्छ ।

    यसैगरी अपच, झाडाबान्ता, भोक नलाग्ने, कलेजो सुन्निने, मुटुको रोग, पिसाब सम्बन्धी समस्या, महिनावारी गडबडीमा हुने दुखाइ, दम, खोकी तथा नसाको रोग जस्ता धेरै किसिमका रोगमा लाभकारी हुन्छ ।

    दूधसँग स्त्रीकेसरको धुलो खानाले पेटमा भएको बच्चा गोरो हुने मान्यताले हुनेखाने गर्भवती महिलाहरूले यो खोजीखोजी खाने गरेको समेत सुनिन्छ । धार्मिक दृष्टिकोणले यो पूजा गर्नका लागि प्रयोग गरिन्छ ।

    यी बाहेक गानालाई औषधि रङ्ग्याउन र गर्भपतन गराउने लागूऔषधको रूपमा प्रयोग गरिन्छ ।बढी मात्रामा प्रयोग गर्दा झाडाबान्ता पनि हुन्छ । आजकल पत्रदल, पुष्पदल र पुङ्केसरलाई चियाको रूपमा पनि प्रयोग गरिन्छ ।

    नेपालमा व्यावसायिक खेतीको प्रयास र सम्भावना

    नेपालमा पनि थोरै ठाउँमा केसर खेतीको प्रयास गरिएको छ । नेपालको पूर्वी हिमाली भेगभन्दा पश्चिमी पहाडी तथा हिमाली भेगमा कम वर्षा हुने भएकोले उक्त क्षेत्र केसरका लागि उपयुक्त हुन्छ । ती क्षेत्रमा यसको खेती राम्रो हुने भएकोले दुर्गम पहाडी भेगका जनताको लागि महत्वपूर्ण नगदे मसलाको रूपमा लाभप्रद हुन सक्छ ।

    केसर खेतीको लागि पहिलो प्रयास जुम्लामा २०२९ सालमा गरिएको थियो । तर, त्यो प्रयास सफल भएन । त्यसपछि २०३८ सालदेखि जुम्लामा पुन: सुरु गरियो । २०४१ सालदेखि वनस्पति विभागले पनि केसर खेतीको अभ्यास सुरु गरेको थियो र हालसम्म पनि विभिन्न स्थानमा अनुसन्धानात्मक कार्य जारी छ ।

    त्यतिबेला जिल्ला वनस्पति कार्यालय जुम्ला केसर अफिसको नामले समेत चिनिन्थ्यो भने २०४९ सालतिर राष्ट्रिय वनस्पति उद्यान, ललितपुरको किटनी, लामिडाँडा, कोटडाँडा, हरिसिद्धि र बालाजुमा समेत परीक्षण खेती गरिएको थियो ।

    यसैगरी अपच, झाडाबान्ता, भोक नलाग्ने, कलेजो सुन्निने, मुटुको रोग, पिसाब सम्बन्धी समस्या, महिनावारी गडबडीमा हुने दुखाइ, दम, खोकी तथा नसाको रोग जस्ता धेरै किसिमका रोगमा लाभकारी हुन्छ ।
    पछिल्ला वर्षमा वनस्पति विभागले ललितपुरको गोदावरी, सल्यान र जुम्लामा पनि केसर खेती परीक्षण सम्बन्धी अनुसन्धान गरिरहेको छ । जुम्ला र डोल्पा लगायतका हिमाली जिल्लामा किसानले खेती गर्दै आएका छन् ।

    जुम्लाको चन्दननाथ नगरपालिकामा उत्पादित केसरले देशैभर राम्रो बजार पाएको छ । कर्णाली प्रदेश महत्वपूर्ण जडीबुटीहरू यार्सागुम्बा, गुच्छी च्याउ, जटामसी, पाँचऔंले, कुट्की, टिमुर जस्तै केसरका लागि पनि उर्वर भूमि हो ।

    खेती गर्दा ध्यान दिनुपर्ने कुरा

    केसरको उत्पादन खासगरी गानाबाट गरिन्छ । यसका बीउहरू नपुंसक हुन्छन् तर कोल्चिसिन ट्रिटमेन्ट द्वारा क्रोमोजोम डुप्लिकेसन गराई यो समस्या हटाउन पनि सकिन्छ । गानालाई साउन/भदौमा ब्याड बनाई रोपिन्छ ।

    फूल फुलिसकेपछि केही समय गानालाई उत्पादनको लागि छोड्नुपर्छ । पछि गाना पनि संकलन गरी भण्डारण गर्नुपर्छ, जसलाई पुन: रोपणको लागि अर्को वर्ष प्रयोग गर्न सकिन्छ ।

    यसको गाना परिपक्व हुन नदिंदा ठूला आकारका गाना नहुने र त्यसबाट फूल नलाग्ने समस्या हुन्छ किनभने साना गानाबाट मुस्किलले एउटा मात्र फूल लाग्छ भने ठूलो आकारको (२०-३५ ग्रामसम्म) गानाबाट चार वटासम्म फूल लाग्छन् ।

    खेती गर्दा जमिनको अवस्था, गानाको छनोट, मल उपचार, गानाको उपचार, गाना रोप्ने तरिका र समयको जानकारी, स्याहारसम्भार तथा व्यवस्थापनको ज्ञान, सिंचाइ अवधि, गोडमेल, मलखाद व्यवस्थापन, बाली संकलन विधि, भण्डारण र मूल्य अभिवृद्धि तरिका, राते, मुसा तथा खरायोबाट बचाउने तरिका आदि कुरामा ध्यान दिनुपर्दछ ।

    खेतीका लागि हावापानी र माटो

    यसको खेती १४०० मिटर समुद्र सतहदेखि ३३०० मिटरसम्मको उचाइमा, वार्षिक सरदर तापक्रम १५-१८ डिग्री सेल्सियस हुने र वार्षिक ३८०-४५० मि.ली वर्षा हुने स्थानमा उपयुक्त हुन्छ । माटोको पी एच ६-६.५ सम्म उपयुक्त मानिन्छ ।

    नेपालको पूर्वी भेगभन्दा पश्चिम नेपालको हिमाली क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा हुने भएकोले केसर खेतीका लागि उपयुक्त स्थान मानिन्छ । फूल फुल्ने बेलामा धेरै पानी र तुषारो परेको खण्डमा धेरै हानिकारक मानिन्छ । खेतीका लागि पानी नजम्ने, मलिलो एवं बलौटे माटो राम्रो हुन्छ ।

    केसर उत्पादन विधि सरल छ भने माग पनि उच्च रहेकोले बिक्री-वितरणमा समस्या हुँदैन । केसर जस्ता महत्वपूर्ण जडीबुटी खेतीका लागि तीनवटै तहका सरकारको दूरदृष्टि, प्रविधि हस्तान्तरण, चेतना र जाँगरको खाँचो छ । यसको उत्पादनलाई ग्रामीणस्तरमा बढाउन सकियो भने जनस्तरमा आत्मनिर्भरता बढाउँछ । केसरलाई विभिन्न प्रकारका कीराहरूले विभिन्न अवस्थामा आक्रमण गर्न सक्छन् । हाल यसको व्यावसायिक खेतीका लागि समस्या भनेको प्रशस्त गाना किन्न नपाइने र खेती गर्दा गानो कुहिने हो । त्यसैले कम वर्षा हुने स्थानमा खेती गर्नुपर्छ ।

    गानामा खुम्रे कीरा लाग्न सक्छ, जसको लागि रोप्नु अगाडि गानाको उपचार (ट्रिटमेन्ट) महत्वपूर्ण हुन्छ । खेती प्रविधिसम्बन्धी थप जानकारी वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभाग थापाथली तथा विभिन्न जिल्लामा भएका वनस्पति अनुसन्धान केन्द्रबाट लिन सकिन्छ ।

    अन्तमा, केसर उत्पादन विधि सरल छ भने माग पनि उच्च रहेकोले बिक्री-वितरणमा समस्या हुँदैन । केसर जस्ता महत्वपूर्ण जडीबुटी खेतीका लागि तीनवटै तहका सरकारको दूरदृष्टि, प्रविधि हस्तान्तरण, चेतना र जाँगरको खाँचो छ । यसको उत्पादनलाई ग्रामीणस्तरमा बढाउन सकियो भने जनस्तरमा आत्मनिर्भरता बढाउँछ ।

    प्राविधिक ज्ञानको अलावा उत्पादित केसरको मूल्य निर्धारण, प्रमाणीकरण, न्यून कर र खेतीमा अनुदान केसर खेतीमा अवलम्बन गर्नुपर्ने नीतिगत कुरा हुन् । केही हजार कमाउन विदेशिनुपर्ने आम नेपालीलाई स्वदेशमै लाख कमाउन सक्ने कृषि नीतिको पर्खाइमा आम नेपाली छन् ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • २.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ४.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: जेठ, २०८३

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer