• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै


  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । रुकुमपश्चिममा करिब तीन करोडको लगानीमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ भएको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा नं. १ सल्लेमा निर्माण हुने उक्त भवनको बिहिबार राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक कार्यक्रमकाबिच औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ ।

    Advertisement

    भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकायले आँखाको संवेदनशीलतालाई मध्यनजर गरेर सहज सेवा प्रदान गर्न भवन निर्माण हुन थालिएको बताउनुभयो । उहाँले तोकिएको समयमै गुणस्तरीय रुपमा भवन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । रोकायले आँखा उपचार केन्द्रलाई आँखा अस्पतालको रुपमा विकास गरेर लैजान आवश्यक रहेको समेत औंल्याउनुभयो ।

    कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रुकुम अस्पतालको सेवालाई स्वास्थ्य उपचारसँगै चिकित्सा शिक्षासँग जोड्नुपर्ने बताउनुभयो । यसका लागि सम्भावित कार्यहरू गर्न प्रदेश सरकारले योजनाबद्ध तरिकाले काम गर्ने उहाँले उल्लेख गर्नुभयो ।

    रुकुम जिल्लाका नागरिकको स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार विकासमा सरकारी प्राथमिकता भइरहेको जिकिर गर्नुहुँदै प्रदेश मन्त्री भण्डारीले आगामी दिनमा कर्णालीका सम्भावित क्षेत्रहरुमा स्वास्थ्य शिक्षा सञ्चालन गरिने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्यद्वय मिलन खड्का, तुलसा मल्ल, नगरप्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुमार पुन लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको दुई करोड ८० लाख लगानीमा आँखा उपचार केन्द्रको भवन निर्माण हुन लागेको हो । केन्द्रका प्रमुख धनबहादुर केसीका अनुसार एक वर्षभित्र भवन निर्माण भईसक्ने सम्झौता रहेको छ भने केन्द्रको भवन तीन तला र १७ कोठाको हुनेछन् ।(गोरखापत्रबाट)

    शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer