☰
शुक्रबार, कार्तिक ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै


  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । रुकुमपश्चिममा करिब तीन करोडको लगानीमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ भएको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा नं. १ सल्लेमा निर्माण हुने उक्त भवनको बिहिबार राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक कार्यक्रमकाबिच औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ ।

    Advertisement

    भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकायले आँखाको संवेदनशीलतालाई मध्यनजर गरेर सहज सेवा प्रदान गर्न भवन निर्माण हुन थालिएको बताउनुभयो । उहाँले तोकिएको समयमै गुणस्तरीय रुपमा भवन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । रोकायले आँखा उपचार केन्द्रलाई आँखा अस्पतालको रुपमा विकास गरेर लैजान आवश्यक रहेको समेत औंल्याउनुभयो ।

    कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रुकुम अस्पतालको सेवालाई स्वास्थ्य उपचारसँगै चिकित्सा शिक्षासँग जोड्नुपर्ने बताउनुभयो । यसका लागि सम्भावित कार्यहरू गर्न प्रदेश सरकारले योजनाबद्ध तरिकाले काम गर्ने उहाँले उल्लेख गर्नुभयो ।

    रुकुम जिल्लाका नागरिकको स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार विकासमा सरकारी प्राथमिकता भइरहेको जिकिर गर्नुहुँदै प्रदेश मन्त्री भण्डारीले आगामी दिनमा कर्णालीका सम्भावित क्षेत्रहरुमा स्वास्थ्य शिक्षा सञ्चालन गरिने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्यद्वय मिलन खड्का, तुलसा मल्ल, नगरप्रमुख महेन्द्र केसी, उपप्रमुख बिमल कुमार पुन लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको दुई करोड ८० लाख लगानीमा आँखा उपचार केन्द्रको भवन निर्माण हुन लागेको हो । केन्द्रका प्रमुख धनबहादुर केसीका अनुसार एक वर्षभित्र भवन निर्माण भईसक्ने सम्झौता रहेको छ भने केन्द्रको भवन तीन तला र १७ कोठाको हुनेछन् ।(गोरखापत्रबाट)

    शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer