• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र


  •   सोमबार, माघ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयपछि व्यवस्थित पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै स्थानबाट आधिकारिक जानकारी, मार्गदर्शन र सेवा उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    Advertisement

    पर्यटकको आवतजावत धेरै हुने क्षेत्रलाई केन्द्रमा राखेर निर्माण गरिएको यस केन्द्रले लुम्बिनी भ्रमणलाई सहज, व्यवस्थित र जानकारीमूलक बनाउने अपेक्षा गरिएको छ ।

    सूचना केन्द्र सञ्चालनको जिम्मेवारी लुम्बिनी होटेल सङ्घ नेपाललाई दिइएको छ भने भवनको मर्मतसम्भार र समग्र रेखदेख लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने गरी समझदारी भएको छ । तारबारसहित व्यवस्थित भवन निर्माण गरी सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा आधुनिक सूचना प्रविधिको समेत व्यवस्था गरिएको छ ।

    लुम्बिनी होटेल सङ्घका अध्यक्ष लीलामणि शर्माले विश्वकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भए पनि साना तर अत्यावश्यक व्यवस्थापन गर्न नसक्दा लुम्बिनी पछाडि परेको बताउनुभयो ।

    “अत्याधुनिक सूचना केन्द्र सञ्चालनमा आएकाले पर्यटकले चाहिने सबै जानकारी एकै ठाउँबाट पाउने छन्,” उहाँले भन्नुभयो । केन्द्रमा अङ्ग्रेजी, हिन्दी, नेपाली तथा स्थानीय भाषा बुझ्ने सूचना अधिकृत रहने उहाँले जानकारी दिनुभयो ।

    होटेल सङ्घका वरिष्ठ सल्लाहकार हेमबहादुर विष्टले सूचना केन्द्र स्थापना गर्ने तिनबर्से प्रयास बल्ल सफल भएको बताउनुभयो । नगरपालिकाले स्थान उपलब्ध गराएपछि गत वर्षदेखि सञ्चालनको तयारी भए पनि आवश्यक तालिम र व्यवस्थापन नपुग्दा ढिलाइ भएको उहाँको भनाइ छ ।

    लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विगत सम्झिँदै २२ वर्षसम्म आँपको रुखमुनि टेबुल राखेर सूचना दिने अवस्थाबाट आजको व्यवस्थित केन्द्रसम्म आइपुगेको बताउनुभयो । “सरकारी र निजी क्षेत्रको सहकार्यले सम्भव भएको यो केन्द्रले पर्यटकलाई प्रत्यक्ष लाभ पु¥याउने छ,” उहाँले भन्नुभयो । आवश्यक संरचना र सेवाको अभावमा लुम्बिनीले अपेक्षित पर्यटन प्रवर्र्धन गर्न नसकेको भन्दै उहाँले सबै सरोकारवालालाई सचेत बन्न आग्रह गर्नुभयो ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले ढिलै भए पनि सकारात्मक कामको सुरुवात भएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

    नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले गुनासो मात्र गरेर नपुग्ने भन्दै निजी क्षेत्रलाई पर्यटन प्रवर्धनमा सव्रिmय हुन आग्रह गर्नुभयो ।

    सूचना केन्द्र उद्घाटन कार्यव्रmममा बोल्दै भिक्षु सागर धम्मले बुद्ध जन्मस्थलमै बसेर पनि स्थानीय बासिन्दा गरिबीको रेखामुनि जीवन बिताउन बाध्य हुनु दुःखद भएको बताउनुभयो । लुम्बिनी विकास कोष र नगरपालिकाले मिलेर स्थानीयको आर्थिक अवस्था उकास्ने कार्यव्रmम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।(गोरखापत्रबाट)

    सोमबार, माघ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer