• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

माघमा पनि घट्यो ब्याजदर


  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । ब्याजदर घट्नेक्रम माघ महिनामा पनि रोकिएन । ‘क’ वर्गका वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । बैंक–वित्तीय संस्थामा अधिक तरलता रहेको र लगानी पनि सुस्त हुँदा ब्याजदर निरन्तर घट्दै गएको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका हुन् । उनीहरूको औसत ब्याजदर नै चार दशमलव ६८ प्रतिशतमा झरेको छ । गत पुस महिनामा भने यस्तो ब्याजदर औसत चार दशमलव ८५ थियो । २० मध्ये सातवटा वाणिज्य बैंकहरूको मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पाँच प्रतिशत वा सोभन्दा माथि रहेको छ । धेरैजसो बैंकले पाँच वा १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै अधिकतम ब्याजदर प्रस्ताव गरेका छन् । ६ महिना वा एक वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चार प्रतिशतभन्दा पनि तल रहेको छ ।

    Advertisement

    ग्लोबल आइएमई बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पाँच प्रतिशतभन्दा बढी प्रस्ताव गरेको छ । ग्लोबलको मुद्दती निक्षेप पाँच दशमलव पाँच प्रतिशत प्रस्ताव छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम चार दशमलव ३६ प्रतिशत प्रस्ताव गरेको छ । नेपाल बैंकले पाँच दशमलव एक प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया, हिमालयन, एनएमबीले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पाँच प्रतिशत प्रस्ताव गरेका छन् । सिद्धार्थ बैंक चार दशमलव ५५, सानिमा बैंकले चार दशमलव ५५, प्रभु बैंक र नबिल बैंकको भने पुस र माघको एउटै ब्याजदर पाँच प्रतिशत । दुवै बैंकको चार दशमलव ५५ प्रतिशत छ ।

    लक्ष्मी सनराइज बैंकले चार दशमलव पाँच, कुमारी बैंकले चार दशमलव ५३ र माछापुच्छ्रे बैंकले पुसमा ५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर माघमा घटाएर चार दशमलव पाँच प्रतिशत बनाएको छ । नेपाल एसबीआई, प्राइम र कृषि विकास बैंकमा पनि अघिल्लो महिनाको तुलनामा घटाएका छन् । नेपाल एसबीआई बैंकको चार दशमलव पाँच, प्राइमको चार दशमलव चार, कृषि विकास बैंकको चार दशमलव चार प्रतिशत प्रस्ताव छ । लगानीयोेग्य रकम थुप्रिए पनि दबाबमा रहेका बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर हरेक महिना घटाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • २.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ३.
      आज २०८३ साल असार १ गते (१५

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer