• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

किड्नी र मुटु रोगीका लागी अत्यन्तै लाभदायक सिस्नु , यस्ता छन् अरु फाइदा


  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
  • नेपालका हरेक क्षेत्रमा पाइने प्रजाति हो, सिस्नु । विशेष गरी पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हुदैन। अहिलेसम्म तीन-चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । सिस्नु खाँदा के फाइदा र कसरी पकाउने भन्ने तरिकाको बारेमा यहाँ उल्लेख गर्न खोजिएको हो ।मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ ।

    Advertisement

    सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ । सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नु खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ ।

    सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रासमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास छ । विभिन्न आयुर्वे्दिक जडीबुटीसम्बन्धी पुस्तकअनुसार सिस्नुमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ ।

    सिस्नु पकाउन तरिका: पात वा मुना कलेक्सन गरेर सफा गर्ने । पातको मात्राअनुसार सिस्नु पानीमा उमाल्दै पकाउने । सिस्नु पकाउँदा फिट्केले फिट्दै उमाल्दै पकाउने । मुना वा सिस्नु राम्रोसँग नपाकेसम्म निरन्तर फिटिराख्दा राम्रो हुन्छ । सो घोल अलि बाक्लो सुपजस्तो भएपछि त्यसलाई सेवन गर्न सकिन्छ ।

    सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाउन सकिन्छ । यसलाई आफूलाई मनपरेको अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । सिस्नुको पिठो अहिले बजारमा सजिलै पाउन सकिन्छ । त्यस्तै, पिठो दाल पकाउँदा मिसाएर पनि सेवन गर्न सकिन्छ । वनपाखामा पाइने भएकाले पात र मुना खाँदा सरसफाइमा भने ध्यान दिनुपर्छ । यसलाई आगोको धुवाँ लगाएर किरा फट्यांग्रा हटाउने चलन पनि छ ।

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer