• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

असोजमा मात्रै २३ सय विदेशी मनास्लु संरक्षण क्षेत्रमा


  •   सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
  • काठमाडौं । वि. सं. २०५५ सालमा स्थापना भएको झण्डै १६६३ व.कि.मि. क्षेत्रफल रहेको मनास्लु संरक्षण क्षेत्र सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो । गण्डकी प्रदेशका दुई गोरखा र मनाङ जिल्लामा रहेको यो संरक्षण क्षेत्र उत्तरमा मित्रराष्ट्र चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतीर भई लार्के भञ्ज्याङ (५१०६ मि.) नाघेर करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको उँचाइ ६०० मि. देखि संसारको आठौं अग्लो चुचुरो (८,१६३ मि.) मनास्लुसम्म फैलिएको छ ।

    Advertisement

    कोरोनाले प्रभावित मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा पछिल्लो समय उल्लेख्य सुधार आएको छ । असोजमा मात्र २ हजार २ सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार ९ सय २६ विदेशीले मनास्लुको भ्रमण गरेका छन् ।

    साउनमा ८० र भदौमा ५ सय ७० विदेशी पर्यटक मनास्लु क्षेत्र आएको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । ‘दैनिक एक सयभन्दा बढी पर्यटक मनास्लु क्षेत्र आएका छन्,’ उनले भने, ‘यो वर्ष चाँडो हिमपात सुरु नभए कात्तिकमा अझै पर्यटक बढ्ने अनुमान छ ।’ पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ ।

    फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, चीन, जर्मनीलगायत देशका पर्यटक बढी मनास्लु क्षेत्र आएका हुन् । मनास्लु क्षेत्र आउने पर्यटक चुम र नुव्री उपत्यका हुँदै लार्के पास गर्ने गरेको उनले बताए । सन् २०२१ मा ९ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२२ को एक वर्षमा ६ हजार एक सय दुई जना पर्यटक मनास्लु भित्रिएका थिए । यस वर्ष भने असोजसम्मको तथ्यांकअनुसार ५५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक पनि मनास्लु क्षेत्र भ्रममणमा जाने गरेका छन् ।

    सडक सञ्जाल विस्तार नहुँदा पदयात्रा गर्नेको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । ‘कोरोनाका बेला पर्यटकको संख्या निकै घटेको थियो, गत वर्षबाट मनास्लुमा पर्यटक बढ्न थालेका हुन् । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको फ्लो अझै राम्रो छ,’ उनले भने । मनास्लु पुग्ने पर्यटकले लोपोन्मुख प्रजातिको वन्यजन्तु, चराचुरुंगी,

    गुम्बा, हिमशृंखलाको समेत अवलोकन गर्न पाउँछन् । चुमनुव्री गाउँपालिकाअन्तर्गत पर्ने मनास्लु संरक्षण क्षेत्र २ सय १ प्रजातिका चरा, ३९ प्रकारका स्तनधारी, १३ प्रजातिका पुतली, ५७६ प्रजातिका वनस्पति पाइन्छन् ।

    सडक सञ्जाल विस्तार नभएको र पदयात्रीका लागि प्राकृतिक सौन्दर्यसँगै विभिन्न संस्कृतिको अवलोकन गर्नेहरूको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ । यस क्षेत्रमा पर्यटक बढेसँगै होटल व्यवसायी पनि उत्साहित छन् । दिनको एक सयभन्दा बढी पर्यटक मनास्लु क्षेत्र आएकाले होटल पनि खचाखच रहेको मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले जनाए ।

    ‘होटल व्यवसायीलाई मात्र नभई स्थानीयलाई पनि फाइदा भएको छ, एउटै होटलमा तीन–चार जनाले काम पाएका छन् । किसानका आलु तरकारी पनि यहीँका होटल व्यवसायीले किनेका छन्,’ उनले भने, ‘कोरोनाका बेला होटल व्यवसायी पनि निराश थिए, कोरोनापछि यस वर्षबाट पर्यटकको संख्या बढ्न थालेको हो ।’

     

    सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer