• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पाथिभरा देवीको अलौकिक शक्ति, उत्पती सम्बन्धमा यस्तो छ किम्बदन्ति


  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
  • ताप्लेजुङ । नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ । सवैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्र पाथीभरा यही पर्ने हुनाले यहाँ वाह्य पर्यटकदेखि लिएर आन्तरिक पर्यटकहरुको प्रायः घुइँचो नै लागिरहन्छ ।

    Advertisement

    विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभराको पवित्र धाम ताप्लजेङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्गबाट लगभग १६–१७ किमि पुर्वोत्तर ३७६४ मीको उचाइमा अवस्थित छ । भरेको पाथी झै सुन्दर मनमोहक आकृति वोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम ‘पाथिभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।पाथिभरा देवीको उत्पत्ति सम्वन्धमा थुप्रै किम्मदन्ति तथा जनविश्वास रहेका छन् । भनिन्छ – परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथिभरामा राखेका थिए । एक दिन अचनाक वथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तव्ध भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्न निर्देशन दिनु भयो । आत्मावोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सवैभन्दा स्वस्थ हृष्टपुष्ट भेडाको थुम्वा वली दिए । वली के दिइएको थियो– ती हराएका सयौ भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखापरे । त्यो भन्दा अझ आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जयजयकार गरे ।

    पाथीभरा देवीलाई दैनिक सयौको संख्यामा भेडा, वोका, पाठा, पाठी बलि चढाइन्छ तर वली स्थलमै रगत हराएर सिमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्छन् । देवीमा चढाइएको वली संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुँदैन यही कारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहिआएको छ ।आज पाथीभरा देवीको महिमा देवी प्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला र देशको सीमा नाग्दै विदेशमा समेत पुगेको छ । जसको परिणाम स्वरुप हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवी दर्शनको निम्ति आउने क्रम जारी नै छ ।यस स्थानमा विश्वमा नै अति दुर्लभ मानिएको केवल ‘नेपालमा मात्र पाइने काडे भ्याकुर, मोनाल, चिलिमे तथा फुत्रगसका वथानहरुले स्वागत गर्न सक्छन् । झुल्कदो घामको समयपख लेकाली मृगको हाँचले तपाईसँग लुकामारी खेल्न रुचाउँछन् ।

    नेपाल अधिराज्यमा पाइने गुरासका ४५ प्रजाति मध्ये २३/२४ गुरासका प्रजातिहरु पाइने कुरा फुल विशेषज्ञहरु बताउँछन् । चैत्र तथा वैशाखको मौसममा सम्पूर्ण पाथीभरा क्षेत्र गुराँसले धपक्क बलेको हुन्छ । यो मौसममा तपाई हामी रातो सुनपाती, झुसे सुनपाती, पहेलो चिमाल, लालीगुराँस जस्ता विभिन्न प्रजातिका गुराँसहरु जंगलमै रंगी विरंगी पारेर ढकमक्क फुलेको पाउनुहुनेछ । यहाँको यात्रा गर्दा लाग्दछ मानौ मिठो सपनाको अलौकिक काल्पनिक सुन्दर वगैचामा घुमफीर गरिदैछ ।

    दक्षिणबाट उत्तरतर्फ केही ओरालिएर गएको चउरी फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शीरानमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । मन्दिरको मुख्य भागमा सिंह माथि आसनगरी वसेकी रक्तकाली देवीको मुर्ति देख्नुहुन्छ । जुन विभिन्न धातुबाट बनेको छ जसको मूल्य ९ लाख परेको हुनाले नैलाखे मुर्ति पनि छ ।यस्तो धार्मिक, सांस्कृतिक, दैवीक शक्ति तथा प्राकृतिक शौन्दर्यता अवलोकन गर्न तपाई हामी एकचोटी जानैपर्छ ।

     

    शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer