• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

बढ्दै सिमेन्ट निर्यात, चार महिनामै १३ करोडको निर्यात


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • काठमान्डौ । पाँच वर्ष अघिसम्म सिमेन्ट र क्लिंकरमा पूर्णतः परनिर्भर नेपालले ०७९ साउनदेखि निर्यात थालेको हो, गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालू वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेर व्यापारमा आशा जगाएको छ ।

    Advertisement

    देशको समग्र निर्यात निराशाजनक रहेको वेला सिमेन्ट र क्लिंकरको बढ्दो निर्यातले आशा जगाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामै (साउनदेखि कात्तिकसम्म) एक अर्ब १३ करोड आठ लाख रुपैयाँको आठ लाख सात हजार टन सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) भारत निर्यात भएको छ । दसैँ–तिहारको बिदैबिदाका बीच पनि कात्तिकमा मात्रै २७ करोड ७७ लाखको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ । अघिल्लो महिना असोजमा साढे ४३ करोडको निर्यात भएको थियो । जब कि गत आर्थिक वर्ष ०७९/८० मा वर्षभर करिब ७७ करोड ९३ लाख रुपैयाँको मात्रै सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो ।

    सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिंकर निर्यात बढ्न थालेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो ।

    अफसिजनमै पनि सिमेन्ट तथा क्लिंकरको निर्यात उत्साहप्रद रहेको सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले बताए । ‘साउन, भदौ, असोज महिना नेपालमा मात्र होइन, भारतमा पनि अफसिजन मानिन्छ, कात्तिक–मंसिरदेखि बल्ल निर्माणको सिजन सुरु हुन्छ,’ उनले भने, ‘पछिल्लो चार महिनाको आँकडाले यो वर्ष ६–७ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात हुने देखिएको छ ।’

    सर्वोत्तम सिमेन्टका सञ्चालकसमेत रहेका उनले निर्यात सुरु गरेको साढे तीन महिनामै आफ्नो उद्योगले साढे ३८ करोडको सिमेन्ट तथा क्लिंकर निर्यात गरेको बताए । उनले भने, ‘यो वर्ष हामीले मात्रै दुई अर्ब ४० करोडको निर्यात गर्ने लक्ष्य छ ।’ त्यस्तै, अर्घाखाँची सिमेन्ट उद्योगले यस वर्ष डेढदेखि दुई अर्बको सिमेन्ट–क्लिंकर निर्यात गर्ने लक्ष्य राखेको छ ।

    नेपालसँग सीमा जोडिएका भारतको उत्तरप्रदेश, बिहार र वेस्ट बंगालमा चुनढुंगा खानी नभएकाले पनि सिमेन्ट निर्यातको ठूलो सम्भावना छ । ‘यी प्रदेशका सिमेन्ट उद्योगलाई राजस्थान, मध्यप्रदेश वा आसाम, मेघालयबाट चुनढुंगा वा क्लिंकर ल्याउनुपर्ने हुन्छ,’ न्यौपानेले भने, ‘त्योभन्दा नेपालबाटै सिमेन्ट आयात गर्न सस्तो पर्छ ।’ भारतीय सीमावर्ती क्षेत्र नेपाली सिमेन्ट उद्योगहरूका लागि सबैभन्दा राम्रो बजार भएको व्यवसायीको भनाइ छ ।

    निर्यातको १६ महिना, पाँच उद्योगले पठाउँदै छन् सिमेन्ट र क्लिंकर
    नेपालबाट सिमेन्ट निर्यात सुरु हुन थालेको भर्खर १६ महिना पुगेको छ । गत आवको बजेटमार्फत नगद अनुदान र विद्युत् महसुल छुटको व्यवस्था गरेपछि २४ असार ०७९ मा पहिलोपटक नेपाली सिमेन्ट भारतीय बजारमा पुगेको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल नेतृत्वको आरएमसी ग्रुपले पाल्पा सिमेन्ट उद्योगको उत्पादन ‘तानसेन सिमेन्ट’ पहिलोपटक निर्यात गरेको हो ।

    तानसेन सिमेन्ट निर्यात भएको तीन महिनापछि ३० असोजबाट अर्घाखाँची सिमेन्ट निर्यात सुरु भयो । २९ जेठ ०८० मा बालाजी, १५ साउनमा सर्वोत्तम र २१ भदौमा सिजी सिमेन्ट उद्योगले निर्यात थालनी गरे । सिमेन्ट निर्यातका लागि चौधरी ग्रुपले भारतको चर्चित व्यावसायिक घराना अदानी ग्रुपसँग रणनीतिक साझेदारी गरेको छ ।

    भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस)बाट गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड इन्स्टिच्युट (आइएसआई) चिह्न प्राप्त गरेपछि मात्र सिमेन्ट निर्यात गर्न पाइन्छ । अरू थुप्रै उद्योग सिमेन्ट तथा क्लिंकर निर्यातका लागि आइएसआई चिह्न लिने प्रक्रियामा रहेको बताइन्छ । भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट निर्यातका लागि उद्योगीहरू आफैँले बजारीकरण गरिरहेका छन् । तर, सरकारले नगद अनुदान दिने घोषणा गरे पनि अहिलेसम्म अनुदान रकम उपलब्ध नगराउँदा उद्योगीहरू फेरि निरुत्साहित हुन सक्ने सम्भवना भने छ ।

    सरकारले आठ प्रतिशतसम्म नगद अनुदान दिने भएपछि बजार विस्तार गर्न तत्काललाई नाफा नहेरी परल मूल्यभन्दा कममा सिमेन्ट निर्यात गरिरहेको उद्योगीहरूको जिकिर छ । अहिले तयारी सिमेन्टभन्दा सिमेन्ट उत्पादन गर्ने कच्चा पदार्थ क्लिंकर निर्यात धेरै भइरहेको देखिन्छ । चालू आवको पहिलो चार महिनामा ५८ करोड ५८ लाख रुपैयाँको एक लाख ७४ हजार आठ सय १९ टन क्लिंकर निर्यात भएको छ भने ५४ करोड ४९ लाख ७३ हजार रुपैयाँको ६ लाख ३१ हजार आठ सय ९९ टन तयारी सिमेन्ट निर्यात भएको छ ।

    तीन वर्षभित्र वार्षिक ५० अर्बको सिमेन्ट–क्लिंकर निर्यात गर्न सम्भव
    सरकारले सहज रूपमा नगद अनुदान उपलब्ध गराउने र लजिस्टिकलगायतका समस्याहरू समाधान गरे आगामी दुई–तीन वर्षमै वार्षिक ५० अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात गर्न सकिने सर्वोत्तम सिमेन्टका सञ्चालकसमेत रहेका न्यौपानेले बताए । नेपाल सिमेन्ट उत्पादक संघले पाँच वर्षमा एक सय अर्बको सिमेन्ट निर्यात गर्न सकिने सम्भावना औँल्याएको छ । ‘भारतमा निर्माणको सिजन सुरु भयो, अब निर्यात झन् बढ्ने निश्चित छ,’ न्यौपानेले भने, ‘भारतमा विकासको गति उच्च छ, साना–ठूला सबै सहरमा फराकिला हाइ–वे, फ्लाइओभर र मेट्रो रेलका लाइनहरू बनिरहेका छन्, नेपालमा जस्तै भारतमा पनि विकास–निर्माणका कामहरू नभएको भए सिमेन्टको खपत कम हुन्थ्यो होला, तर त्यहाँ विकास रफ्तारमा चलिरहेको छ, जसले गर्दा सिमेन्टको माग पचि उच्च छ ।’

    परनिर्भरदेखि आत्मनिर्भर हुँदै निर्यातसम्मको यात्रा

    – देशभर वार्षिक दुई करोड टन अर्थात् ४० करोड बोराभन्दा बढी सिमेन्ट उत्पादन क्षमताका उद्योग छन्, तर दुईतिहाइ क्षमताको अझै उपयोग भएन
    – भूकम्पपछि सिमेन्टमा ओइरियो लगानी, ०७२ यता दुई खर्बका ३९ उद्योग दर्ता
    – कोभिडले निम्त्याएको मन्दीले केही उद्योग बन्द भए, केही नयाँ सुरु भए

    पाँच वर्ष अघिसम्म नेपाल सिमेन्ट तथा क्लिंकरमा परनिर्भर थियो । ग्रान्डिङ उद्योगका लागि क्लिंकर भारतबाट आयात गरिन्थ्यो । ०७०/७१ देखि देशमै चुनढुंगा प्रशोधन गरी क्लिंकर उत्पादन गर्ने उद्योग खुल्न थाले । तैपनि ०७५/७६ सम्म सिमेन्ट र क्लिंकरका लागि भारतमै निर्भर पर्नुपथ्र्यो । ०७४/७५ मा हालसम्मकै उच्च ३१ अर्ब ३३ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएको थियो । त्यसयता क्रमशः परनिर्भरता घट्दै गयो । अहिले त सिमेन्ट र क्लिंकर आयात होइन, भारततर्फ निर्यात हुन थालेको छ ।

    ०७१/७२ मा १० अर्ब ५१ करोडको, ०७२/७३ मा ११ अर्ब ७० करोडको र ०७३/७४ मा २६ अर्ब १० करोडको सिमेन्ट र क्लिंकर आयात भयो । देशमै ग्रान्डिङ र क्लिंकर उद्योगको संख्या बढ्दै गएपछि ०७५/७६ मा आयात घटेर १२ अर्ब ९७ करोडमा सीमित भयो । ०७६/७७ मा चार अर्ब ४१ करोडको क्लिंकर र ४५ करोडको सिमेन्ट आयात भएको थियो भने ०७७/७८ तीन अर्ब ६० करोडको क्लिंकर र पाँच करोड ६७ लाखको सिमेन्ट गरी तीन अर्ब ६६ करोडको आयात भएको तथ्यांक छ ।

    ०७८/७९ मा सिमेन्ट र क्लिंकरको आयात स्वाट्टै घटेको देखिन्छ । त्यस वर्ष ३२ करोडको क्लिंकर र ३७ करोडको सिमेन्ट गरी ६९ करोडको आयात मात्रै आयात भयो । गत आव ०७९/८० मा ७५ करोडको सिमेन्ट र क्लिंकर आयात भयो, जसमध्ये ४५ करोडको क्लिंकर र ३० करोडको सिमेन्ट रहेको छ । विदेशी ऋण र अनुदान सहयोगका कतिपय परियोजनाले भन्सार छुट सुविधामा सिमेन्ट आयात गर्ने भएकाले तथ्यांकमा सिमेन्ट आयात देखिएको हो । यस वर्षदेखि सरकारले भन्सार छुट सुविधा कटौती गरिदिएको छ । अहिले नेपाल सिमेन्टमा पूर्ण आत्मनिर्भर भई निर्यात गर्ने देश बनेको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए ।

    यसबीचमा अर्घाखाँची, जगदम्बा, सर्वोत्तम, होङ्सी शिवम्, पाल्पा सिमेन्ट, सौर्य, हुवासिन, सिजी पाल्पालगायत ठूलो लगानीमा क्लिंकरसहितका डेढ दर्जन निजी उद्योग सञ्चालनमा आएका छन् । जसका कारण देश सिमेन्टमा आत्मनिर्भर भई निर्यातको चरणमा प्रवेश गरेको उद्योगीहरूको भनाइ छ ।

    भूकम्पपछि सिमेन्टमा ओइरियो लगानी, ०७२ यता दुई खर्बका ३९ उद्योग दर्ता
    नेपालमा भूकम्पपछि सिमेन्ट उद्योगमा लगानीको बाढी आएको हो । खास गरेर सरकारले आयातित सिमेन्टमा उच्च कर लगाउनुका साथै चुनढुंगा खानीसम्म पहुँचमार्ग, बिजुली र खानेपानीजस्ता पूर्वाधार निर्माण गरिदिने व्यवस्था गरेपछि लगानीकर्ता प्रोत्साहित बनेको उद्योगीहरू बताउँछन् ।

    ०७२ यताका आठ वर्षमा मात्रै एक खर्ब ९८ करोड २१ करोड रुपैयाँ लगानीका ३९ सिमेन्ट उद्योग दर्ता भएका छन्, जसमध्ये अधिकांश नयाँ हुन् । कतिपय सञ्चालनमा रहेकै उद्योगले पनि थप लगानीका लागि उद्योग विभागबाट अनुमति लिएका थिए ।

    भूकम्पपछि पुनर्निर्माण र विकास निर्माणले तीव्रता पाउने आशाले सिमेन्ट उद्योगमा लगानी ओइरिएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको भनाइ छ । साथै, त्यही समयमा देशले नयाँ संविधान पाएपछि विकासले गति लिने उद्योगी–व्यवसायीको अपेक्षा रह्यो । यद्यपि, सञ्चालनमा आएका केही सिमेन्ट उद्योगलाई बजारमा टिक्न पनि धौ–धौ परेको छ । पुनर्निर्माण र विकासे कामले गति नलिएपछि लगानी स्वीकृत गरेका कतिपय उद्योग सञ्चालनमै आएनन् ।

    उद्योगको दुईतिहाइ क्षमता उपयोग नै भएन
    देशभित्र सञ्चालित सिमेन्ट उद्योगहरूको जडित उत्पादन क्षमता बजार मागभन्दा अत्यन्तै धेरै छ । अहिले देशभित्र १६ वटा निजी लगानी र दुईवटा सरकारी गरी १८ वटा क्लिंकरसहितका र करिब ४५ वटा ग्रान्डिङ युनिट मात्रै भएका सिमेन्ट उद्योग सञ्चालनमा छन्, जसको वार्षिक उत्पादन क्षमता दुई करोड टनभन्दा बढी रहेको छ । ‘१६ वटा निजी उद्योगको जडित क्षमता करिब एक करोड ८० लाख टन क्लिंकर उत्पादन छ, यिनै उद्योगले ग्रान्डिङ युनिटलाई क्लिंकर सप्लाइ गर्ने हुन्,’ अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भने, ‘सञ्चालनमा रहेका उद्योगको जडित क्षमता वार्षिक दुई करोड टन अर्थात् ४० करोड बोराभन्दा बढी सिमेन्ट उत्पादन रहेको छ ।’ तर, अहिले बजारको माग भने एकतिहाइ मात्र हुँदा उद्योगको दुईतिहाइ क्षमता उपयोग हुन सकेको छैन । ‘यदि निर्यात बढाउन सकेनौँ भने धेरै सिमेन्ट उद्योग धराशायी हुन पनि बेर नलाग्न सक्छ,’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने ।

    कोभिडपछिको अवस्था
    बर्सेनि १०–१० प्रतिशतका दरले सिमेन्टको माग बढ्दै जानुपर्ने थियो । त्यसो हुँदा सिमेन्ट उद्योगको माग पनि बढ्दै जान्थ्यो । तर, कोभिडपछि बजार माग उल्टै घट्दै गएको मुरारका बताउँछन् । तर, यही समयमा सौर्य, सिजी पाल्पा, हुवासिनलगायत ठूला उद्योग सञ्चालनमा आएका छन् । कोभिडपछिको मन्दीले सबैभन्दा चर्को मारमा निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योग परेका छन् । बैंकमा तरलता अभाव, चर्को ब्याजदर, महँगीलगायतका कारणले विकास निर्माणका काम सुस्ताउँदा निर्माण सामग्रीको माग घटेको छ । यसबीचमा सिमेन्ट उद्योगले ७०–७५ प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए । ३० प्रतिशतभन्दा तल झरेको सिमेन्टको माग बिस्तारै बढेर ४० प्रतिशत हाराहारी पुगेको मुरारकाले बताए । ‘कुनै उद्योग अलि बढी क्षमतामा चलेका होलान्, कुनै कम क्षमतामा चलेका छन्, औसत उत्पादन करिब ३५–४० प्रतिशत हाराहारी होला,’ उनले भने, ‘यसरी उद्योग चलाएर कतिञ्जेल थेग्न सकिन्छ, कतिपयले बैंकको ब्याजसम्म तिर्न सकेका छैनन्, नयाँ झन् धेरै प्रभावित छन् ।’ निर्यात गर्ने उद्योगहरूको अहिले नै देखिने गरी क्षमता उपयोग नबढेको भए पनि वार्षिक ६–७ अर्बको निर्यात पुग्दा पक्कै सुधार हुने अपेक्षा निर्यातकर्ताको छ ।

    कोभिडले निम्त्याएको मन्दीले केही उद्योग बन्द भए, केही नयाँ सुरु भए
    कोभिड महामारीपछि झापामा मात्रै मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग बन्द भएका छन् । यस्तै, वीरगन्जस्थित अम्बे र बुटवल सिमेन्टको ग्रान्डिङ युनिट पनि बन्द गरिएका छन् । खासगरी, ग्रान्डिङ युनिट मात्रै भएका साना सिमेन्ट उद्योग धमाधम बन्द भइरहेको देखिन्छ । सञ्चालनमा रहेका पनि जेनतेन टिकिरहेको बताउँछन् ।

    तर, कोभिड महामारी र मन्दीकै बीच पनि ठूलो लगानीका सौर्य, पाल्पा, हुवासिनलगायतका नयाँ सिमेन्ट उद्योग सञ्चालनमा पनि आएका छन् । चौधरी ग्रुपले हालै पाल्पाको सर्देवामा करिब १५ अर्ब लगानी गरेर क्लिंकरसहितको सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । यो उद्योगको दैनिक उत्पादन क्षमता चार हजार मेट्रिकटन छ ।

    तीन व्यावसायिक घरानाहरू शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छाको संयुक्त १५ अर्ब लगानीमा ०७७ माघदेखि सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको थियो, जसको दैनिक उत्पादन क्षमता तीन हजार मेट्रिकटन छ । ०७८ मा धादिङमा चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगबाट व्यावसायिक उत्पादन सुरु भएको थियो । दैनिक ६० हजार बोरा उत्पादन क्षमता रहेको उद्योगमा करिब १५ अर्ब लगानी छ ।

    तुलनात्मक लाभ बढी
    आफ्नै देशमा रहेको कच्चा पदार्थ (चुनढुंगा)मा आधारित हुनाले सिमेन्ट तुलनात्मक लाभ धेरै भएको वस्तु हो । उद्योगीका अनुसार सिमेन्ट उत्पादनमा ८० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने गर्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गरी निर्यात गरिने वस्तुमा त्यति धेरै लाभ हुँदैन । तर, सिमेन्ट स्वदेशी कच्चा पदार्थमा आधारित हुनाले निर्यातमा नेपाललाई धेरै फाइदा छ । यस्तै, सिमेन्ट उत्पादनका लागि धेरै बिजुली आवश्यक पर्छ, बिजुली पनि स्वदेशमै उत्पादन हुन्छ ।

    मुरारकाका अनुसार एक बोरा सिमेन्ट उत्पादन गर्न करिब पाँच युनिट बिजुली लाग्छ । यदि अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन भए ४० करोड बोरा सिमेन्ट उत्पादन गर्दा दुई सय करोड युनिट बिजुली खपत हुने देखिन्छ । प्रतियुनिट १० रुपैयाँका दरले दुई सय करोड युनिट बिजुलीको मूल्य दुई हजार करोड (२० अर्ब) रुपैयाँ हुन आउँछ । अहिले नेपाल विद्युत् प्राधिकरण (एनइए) उत्पादित बिजुलीको बजार खोज्न भौँतारिइरहेको छ ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer