• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

विश्व सम्पदा सूचीमा पर्ने प्रक्रियामा शाक्य गणराज्यको राजधानी “तिलौराकोट”


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • तौलिहवा। प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।

    Advertisement

    संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले यसलाई २७ वर्षअघि नै सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो। सिद्धार्थ गौतम हुर्केको र २९ वर्षसम्मको उमेर बिताएको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रमाण र आधारहरू जुटाउने उद्देश्यले १९९६ मै प्रयास थालिएको हो। यसका लागि राजा शुद्धोधनको दरबार र गौतमबुद्धको क्रिडास्थल तिलौराकोटमा थुप्रैपटक उत्खनन् गरिएका छन्।

    ‘युनेस्को जापानिज फन्ड इन ट्रस्ट’ परियोजनाअन्तर्गत डुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा गरिएको वैज्ञानिक–पुरातात्विक उत्खननले विश्व सम्पदा सूचीमा समावेश हुने पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो।

    तिनै प्रमाणका आधारमा दुई वर्षदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरातत्वविज्ञहरू तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रतिवेदन तयार गर्दै छन्। विज्ञ समूहमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलको नेतृत्वमा सम्पदा विशेषज्ञ रवीन कनिङ्घम, डा. मार्क म्यानुअल, प्राध्यापक योकियो निशिमुरा, प्राध्यापक म्याक्स डिग, डा. क्रिस्टोफ डेविस, डा. काइ वाइजे, पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ र यनी जोशी छन्।

    पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरूङ, निर्देशक समितिका सदस्य सचिव एवं लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र वसन्त बिडारी पनि विज्ञ समूहमा छन्।

    तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा केन्द्रमा पहिलो चरणको प्रस्तावित मनोनयन दस्तावेज पेस गरिएको थियो। अहिले विज्ञहरूले तयार गर्दै गरेको मनोनयन दस्तावेज यही नोभेम्बर ३० भित्र पुरातत्व विभाग हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउनुपर्नेछ।

    मन्त्रिपरिषद्ले विश्व सम्पदामा सूचीकृत गर्न मनोनयन प्रस्ताव पठाउने निर्णय गर्नुपर्नेछ। त्यसपछि आगामी जनवरी २४ भित्र युनेस्को विश्व सम्पदा केन्द्रमा अन्तिम मनोनयन दस्तावेज पेस गर्नुपर्नेछ।

    यस्तो मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा दर्ता भएपछि युनेस्कोको मूल्यांकन टिमले सन् २०२४ भित्रै स्थलगत अध्ययन गर्नेछ। त्यसपछि सन् २०२५ जुलाईसम्म सूचीकरणसम्बन्धी अन्तिम निर्णय दिनेछ।

    हाल युनेस्कोमा १९५ मुलुक सदस्य छन्। सूचीकृत गर्ने वा नगर्ने अन्तिम निर्णयको अधिकार २१ वटा राष्ट्रमा मात्र रहेको छ। तिनै २१ वटा राष्ट्रको मतका आधारमा युनेस्कोले निर्णय गर्नेछ।

    युनेस्कोले सन् १९९६ मै सम्भावित विश्वसम्पदा सूचीमा राखेको भए पनि नेपाल सरकारले यस सम्बन्धमा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा राखेपछि मात्र प्रतिवेदनको प्रक्रिया अघि बढेको हो।

    सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेपछि लुम्बिनी विकास कोषले पनि कोषका उपाध्यक्षको संयोजकत्वमा ८ सदस्यीय निर्देशक समिति गठन गरेको छ।

    समितिमा पर्यटन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, पुरातत्व विभागका महानिर्देशक, लुम्बिनी विकास कोषका सदस्य-सचिव, कपिलवस्तु नगरपालिकाका प्रमुख, युनेस्को प्रतिनिधि, पुरातत्व विभाग विश्व सम्पदा शाखा प्रमुख र कोषका एक जना प्रतिनिधि छन्।

    लुम्बिनी विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यका अनुसार अन्तर्राष्ट्रिय पुरातत्व विज्ञहरूको टोलीसँगै कोषले गठन गरेको निर्देशक समितिले पनि मनोनयन दस्तावेजको काम गर्दै छ। दस्तावेजमाथि विज्ञहरूसँग छलफल र परामर्श पनि भइरहेको छ।

    विज्ञ समूहको नेतृत्व गरिरहेका डा. मार्सलका अनुसार तिलौराकोटमा महत्वपूर्ण पुरातात्विक अवशेषहरू भेटिएका छन्। यी अवशेषहरू बुद्धको जीवनसँग जोडिएका पर्याप्त प्रमाण भेटिएकोले तिलौराकोट शाक्य गणराज्यको पौराणिक सहर रहेको पुष्टि भएको छ। यो सहर विश्व सम्पदामा सूचीकृत हुनेमा उनी विश्वस्त छन्।

    विश्व सम्पदामा सूचीकृत भएको सम्पदा स्थलको संरक्षण र व्यवस्थापनको  सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ। विश्व सम्पदा समितिले सूचीमा मनोनयन हुने क्षेत्र विश्वस्तरको हुनपर्छ भन्ने मान्यता राख्छ।डा. मार्सलका अनुसार तिलौराकोट लुम्बिनीपछिको उच्चस्तरको सम्पदा क्षेत्र हो।

    अर्का पुरातत्वविज्ञ प्रा.डा. कनिङ्घमका अनुसार विश्व सम्पदामा सूचीकृत भएपछि तिलौराकोट लुम्बिनीपछिको सबभन्दा महत्वपूर्ण सम्पदा क्षेत्र हुनेछ। तिलौराकोटमा धेरैपटक गरिएका उत्खननमा प्राचीन इटा र ढुंगाले बनेका तीनवटा दरबारका भग्नावशेष भेटिएका छन्। तिलौराकोट दरबार बुद्धकालभन्दा तीन सय वर्षअघि नै व्यवस्थित पौराणिक सहर रहेको प्रमाण उत्खननमा भेटिएको छ।

    प्राध्यापक कनिङ्घम भन्छन्, ‘सिद्धार्थ गौतमको जन्म २५ सय वर्षअघि भएको थियो। यहाँ भेटिएका प्रमाणका आधारमा त्यसभन्दा तीन सय वर्षअघि नै मानव सभ्यता र पौराणिक सहर रहेको पुष्टि हुन्छ।’

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउन संघीय सरकारका तर्फबाट गर्नुपर्ने पहलमा कुनै कसर बाँकी नराख्ने बताए।

    ‘इतिहास र संस्कृति संरक्षण गर्ने माध्यम सम्पदाहरू नै हुन्। तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्ने महत्वपूर्ण अवसर मलाई मिलेको छ,’ उनी भन्छन्, ‘विश्वलाई तिलौराकोट चिनाउन सरकारको तर्फबाट प्रतिबद्धता गर्छु। तोकिएकै मितिमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राखिनेछ।’

    असोज १४ गते संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेपछि बुद्धजन्मस्थल लुम्बिनीको ख्याति अझै बढेको र तिलौराकोटको पालो आएको मन्त्री किरातीको भनाइ छ।

    बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्व रहेकाले विश्व सम्पदामा सूचीकृत गर्न कुनै पनि कमजोरी हुन नदिने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको प्रतिबद्धता छ।

    ‘तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुनु हाम्रा लागि गौरवको कुरा हुनेछ। विज्ञहरूले निकै समय लगाएर प्रमाणहरू जुटाउनुभएको छ,’ उनी भन्छन्, ‘विश्वका एक अर्बभन्दा बढी मानिस बौद्ध धर्म मान्छन्। लुम्बिनी, तिलौराकोट र रामग्राममा पर्यटक बढाउन सके नेपालको आर्थिक विकासमा ठूलो मद्दत हुनेछ।’

    आफूले पदभारग्रहण गरेलगत्तै तिलौराकोटको भ्रमण गरेको र सरसफाइ गराएर सौन्दर्य बढाउने काम गरेको उनले बताए।

    लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न सक्दो सहयोग गर्ने बताए। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कपिलवस्तुलाई राज्यले हेरेन भनेर कुनै बेला आफू साइकल यात्रामा निस्केको स्मरण गरे।

    उनी भन्छन्, ‘तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकरणका लागि अन्तिम तयारी हुँदा निकै खुसी लागेको छ।’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीका अनुसार तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न संघीय सरकारले सबै सहयोग गर्नेछ तर दीर्घकालीन व्यवस्थापनमा स्थानीय सरकारको सहयोगको अनिवार्य हुनेछ।

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगका अनुसार हाल तिलौराकोटसहित अन्य १५ वटा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। विश्वका एक हजारभन्दा धेरै क्षेत्र विश्व सम्पदामा सूचीकृत छन्। नेपालका काठमाडौं उपत्यका, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज सूचीकृत छन्।

    युनेस्को विश्व सम्पदा केन्द्रमा सरकारले पठाउने मनोनयन दस्तावेज पारित भए तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत पाँचौँ सम्पदा हुनेछ।

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer