• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

१३ जोडीको १७ मिनेटमा बिहे


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • जनकपुर। पण्डालमुनि मानिसको भीड छ। पण्डालभित्रै ‘दरबार साहेब’ भनिने दुई तले संरचना बनाइएको छ। फूलैफूलले सजाइएको दरबार साहेबको माथिल्लो तलामा सन्त कविर र गरिबदास महाराजका तस्बिर छन्। त्यसमुनि रामपाल ‘महाराज’को तस्बिर छ।

    Advertisement

    दरबार साहेबमुनि १३ जोडी दुलाहा–दुलही लहरै बसेका छन्।

    यहाँ तिनीहरूको ‘रमैणी’ हुँदैछ। भारतका विवादित सन्त रामपाल महराजका अनुयायीहरू विवाहलाई रमैणी भन्छन्।

    यी तेह्र जोडीको रमैणीमा मानिसहरूको घुइँचो छ तर न बाजागाजा छ न त बिहेको अरू तामझाम। रमैणी हुने जोडीका परिवारजन र आफन्तहरू दर्शक दीर्घामा छन्। दरबारको दुईतर्फ गरीबदास महाराजका अमरवाणीहरूको अखण्ड पाठ भइरहेको छ।

    यो दृश्य सोमबार मिथिला नगरपालिकास्थित सतलोक आश्रममा देखिएको हो।

    बिहे हुँदै थियो तर मिथिला परम्परामा हुने बिहेको विधिव्यवहार थिएन। न बिहेको मण्डप थियो न बिहे गराउने पण्डित थिए। बिहे गर्ने जोडीहरू लहरै बसेपछि रामपालबाट दीक्षित एक अनुयायीले दुलाहा–दुलहीका हातमा रामपालद्वारा लिखित ‘जिने कि राह’ नामको एकएक वटा किताब दिए।

    कुनै किताब हिन्दी भाषामा लेखिएका थिए त कुनै नेपाली भाषामा अनुदित थिए। अनुयायीहरूका अनुसार यस किताबमा समाजमा व्याप्त कुरीतिको पर्दाफास गर्दै त्यसको अन्त्यको उपाय लेखिएको छ।

    किताब दिने व्यक्तिले नै दुलहा–दुलहीका हातमा रातो रक्षासूत्र बाँधदिए जो जोडीको रक्षाको प्रतीक मानिन्छ। लगत्तै माइकमा सन्त गरिबदासले रचना गरेको ‘असुर निकन्द रमैणी’ मन्त्र बजाइयो। मन्त्र रामपालकै आवजमा थियो।

    यो मन्त्र लगातर १७ मिनेट बज्यो। रमैणीमा बसेका जोडीले पनि मन्त्र उच्चारण गरे।

    यसरी धनुषाको मिथिला नगरपालिका–२, स्थित ‘सतलोक आश्रम’ २० मिनेट हाराहारीमा एकसाथ १३ जोडीको रमैणी अर्थात बिहे सम्पन्न भयो। बिहे सकिएको घोषणा पनि माइकबाटै भयो।

    दुलाहा–दुलहीका लागि साधारण लुगामा बाहेक अरू कुनै पनि खर्च भएन।

    रमैणीमा न दुलहीका आमाबुका खोजिए न दुलाहाका। न नाचगान भयो न भोज। नव विवाहित जोडीहरूले केही बेर फोटो खिचाए अनि आफन्तहरूका साथ घर गए।

    सोमबार बिहे हुनेमध्येमा एक थिइन् सिरहाको कल्याणपुर नगरपालिका—११ की सुनीति दास। उनी तामझामसहित लाखौँ रुपैयाँ खर्च गर्नुको साटो खर्चबिना बिहे भएकोमा निकै खुसी थिइन्।

    दुई वर्षअघिदेखि सुनीतिको बिहेको कुरो चलेको थियो तर धेरै दाइजो माग हुने गरेका कारण बिहे हुन सकेको थिएन।

    ‘छोरी माग्न धेरै आउँथे तर उनीहरू मेरो औकातभन्दा धेरै दाइजो माग्थे। बिहेमा जन्तीको स्वागतका लागि पनि ठूलै माग राख्थे। यसबाट म आजित थिएँ,’ सुनीतिका बुबा भक्ति यादवले भने, ‘दुई छोरा र एक छोरीको पढाइमा थुप्रै पैसा खर्च भयो। बिहेमा दाइजोका लागि ऋणै लिनुपथ्र्यो। आज खर्चबिनै छोरीको बिहे भयो। म खुसी छु।’

    सुनीति दुई वर्षअघि सन्त रामपालकी अनुयायी बनेकी थिइन्। रामपालका अनुयायीले बिहेमा अनावश्यक खर्च र तडकभडक गर्न तथा दाइजो लिनदिन नपाउने नियम छ।

    सुनीति दाइजो लेनदेन नगर्न प्रतिबद्ध थिइन्। उनी भगतभित्रै बिहे गर्न चाहन्थिन् तर त्यस्तो अवसर परेको थिएन। उनकी आमा भने दाइजो दिएरै भए पनि छोरीको बिहे गर्न अघि सरेकी थिइन्।

    सुनीतिले दाइजो दिएर बिहे नगर्ने अड्डी कसिन्।

    सतलोक आश्रममा आउजाउका क्रममा सिरहाकै सुखीपुर नगरपालिका–१, मोहनपुरका शंकरकुमार यादवसँग भेट भयो। उनी पनि भगत नै हुन्। आफन्तमार्फत बिहेको कुरो चल्यो दुबै परिवारले एकअर्कालाई मन पराए। रामपालको उपदेशअनुसार दुबै परिवार दाइजोबिना रमैणी गर्न राजी भए।

    ‘दाइजो लेनदेन ठूलो विकृति हो। दाइजो लिनु पाप हो। दाइजो दिएर बिहे गरेको दम्पती कहिल्यै सुखी हुँदैन, घरमा कलह हुन्छ,’ बिहे सकिएपछि सेतोपाटीसँग कुरा गर्दै सुनीतिले भनिन्, ‘मैले दाइजो दिएर बिहे नगर्ने भनेकी थिएँ। आखिर आश्रममै बेहुला भेट्टाएँ।’

    सुनीतिका अनुसार सतलोक आश्रममा रमैणी गर्न दुलहा–दुलहीमात्र राजी भएर हुँदैन, दुबैतिरका परिवार खुसीसाथ सहमत हुनुपर्छ। सुनीतिका दुलाहा शंकरले पनि रामपालका अनुयायी भएकाले दाइजोमुक्त बिहे गरेको बताए।

    ‘धेरै तडकभडक गरेर, दाइजो लिएर बिहे गर्नुको केही पनि फाइदा छैन। दाइजो माग्नु घटिया काम हो,’ सेतोपाटीसँग उनले भने, ‘हामी दाइजोका कारणले भएको विकृति र अत्याचारविरुद्ध विकृति काम गर्दै छौँ।’

    खासमा शंकरलाई गाउँठाउँको चलनअनुसारै बिहे गर्नुपर्छ, जन्ती लैजानुपर्छ, भोज खुवाउनुपर्छ भन्ने दबाब थियो तर उनले मानेनन्।

    ‘मानिसमा बिहेका नाममा अर्काको खर्चमा रमाउने बानी लागेको छ। ऋणमा डुबेर भए पनि खर्च गर्नुपर्ने बाध्यता छ। बैन्डबाजा, पण्डाल, नाचगान, मासु–रक्सीमा ठूलो खर्च हुन्छ,’ शंकर भन्छन्, ‘यस्तोमा खर्च गर्नुलाई इज्जत ठान्ने भ्रम छ। मैले जोड गरेपछि परिवारमा रमैणी गर्ने सहमति भयो।’

    सोमबार रौतहटको वृन्दावन नगरपालिका–७ की मञ्जिता कुमारीको पनि रमैणी भयो। उनीहरू पाँच दिदीबहिनी छन्। उनका अनुसार तीन जनाको बिहेमा ठूलो खर्च भयो। बुबाआमा ऋणमा डुबेका छन्।

    ‘मेरा बुबाले पैसा कमाएर दिदीहरूको बिहेको ऋण तिर्न सक्नुहुन्न। उहाँलाई धेरै दुःख छ,’ बिहेपछि मञ्जिताले सेतोपाटीसँग भनिन्, ‘दाइजोको समस्या विकराल छ। छोरीको बिहेको ऋण तिर्न आमाबाबुले जिन्दगीभर मजदुरी गर्नुपर्छ। मेरो बिहेमा खर्च भएन। आमाबुबा खुसी हुनुहुन्छ।’

    उनको बिहे बाराको करैयामाई नगरपालिका–७ का सुभास दाससँग भएको हो।

    रामपालका अनुयायीहरू सबै मानव एकै जातिका हुन् भन्ने विश्वास गर्छन्। जुनसुकै जात र थरका भए पनि भगत् भएपछि थरको स्थानमा ‘दास’ लेख्छन्। उनीहरू परिवारको सहमतिमा अन्तर्जातीय बिहे पनि गर्छन्।

    भारतको पटनाका लल्लुकुमार र नलान्दाकी अमृता दासको पनि सोमबारै अन्तर्जातीय रमैणी भयो। लल्लु कुशवाहा समुदायका हुन्, अमृता केवट समुदायकी। दुबै जना रामपालका अनुयायी (भगत) हुन्। उनीहरू बीच नालन्दास्थित सतलोक आश्रममा चिनजान भई बिहेको टुंगो लागेको थियो।

    ‘यहाँ (जनकपुरमा) दुई देशका धेरै साधुसन्त र भक्तहरूको दर्शन भयो। उहाँहरू हाम्रो बिहेको साक्षी हुनुभयो,’ अमृताले भनिन्, ‘हाम्रा आमाबुबाले नै हाम्रो अन्तरजातीय बिहे गराउनुभएको हो।’

    रामपालका अनुयायी भट्टका अनुसार सतलोक आश्रममा रमैणी गर्न चाहनेले निर्धारित समयभित्र जन्ममितिसहित नाम टिपाउनुपर्छ। कानूनीरूपमा विवाहयोग्य र दुबै परिवारको सहमति भएको हुनुपर्छ। रमैणी गर्न चाहनेहरू शाकाहारी हुनुपर्छ। रामपालका भगतहरू शाकाहारी हुन्छन्।

    धुमपान र मद्यपान गर्नेको पनि सतलोक आश्रममा रमैणी हुँदैन।

    मधेश प्रदेशमा दाइजो लेनदेन विकराल समस्याका रूपमा रहेको छ। छोरीको बिहेमा बेहुलापक्षको मागअनुसार दाइजो दिनुपर्ने बाध्यताले छोरीका आमाबाबु ऋणमा डुब्ने गरेका छन्। दाइजोको निहुँमा महिलामाथि घरेलु हिंसासमेत हुने गरेको छ। कतिपय बुहारीको हत्यासमेत हुने गरेको छ।

    सर्लाहीको गोडैता नगरपालिका–४, रहुवाका हरिन्दर राउतले भने दाइजो नलिई सतलोक आश्रममा छोराको बिहे गर्न पाउँदा खुसी लागेको बताए।

    उनका छोरा मनीषको बिहे भारतको सीतामढीकी नीलु कुमारीसँग भएको हो। उनीहरूको भेट जनकपुरकै सतलोक आश्रममा भएको थियो।

    ‘दाइजो दिन्छौँ भन्नेहरू पनि थिए तर दाइजो नलिई छोराको बिहे गरेँ। बेहुलीतिरको पनि खर्च भएन,’ उनले भने, ‘तामझाम गरेको भए थोरै खर्च गर्दा पनि पाँच लाख रुपैयाँ सकिने थियो। विहेमा खर्च नहुँदा दुवैतिरको बोझ कम भयो। बोझ कम भएपछि दिलै देखि खुसी लाग्दो रहेछ।’

    सन्त रामपालले स्थापना गरेको सतलोक आश्रममा ५१०औँ तीन दिवसीय ‘दिव्य धर्म यज्ञ’ का अवसरमा यसरी १३ जोडीको बिहे भएको हो जसमा चार जोडी नेपाली र नौ जोडी भारतीय थिए।

    करिब ५१० वर्षअघि (वि.सं. १५७०) कार्तिक शुक्लपक्ष चतुर्दशीका दिन केशव बन्जारा नामको व्यापारीको भेषमा सन्त कविरले पकाएर तयार भोजन नौ लाख गोरुलाई बोकाएर सतलोकबाट धर्तीमा ल्याएको उनका अनुयायीहरूको विश्वास छ।

    रामपालका अनुयायी ईश्वरदेव भट्टका अनुसार सतलोकमै पाकेको पुरी, जेरी, लड्डु लगायतका पकवानहरू ल्याएर १८ लाख साधु सन्तका लागि काशीमा भण्डारा लगाइएको थियो। त्यो भण्डारा ‘दिव्य धर्म यज्ञ’ कहलियो। भण्डारा कार्तिक शुक्ल चतुर्दशीदेखि मार्ग कृष्ण प्रतिपदासम्म चलेको थियो।

    दिव्य धर्म यज्ञको स्मरणमा मार्ग कृष्ण प्रतिपदाका दिन १० वटा सतलोक आश्रममा ‘दिव्य धर्म यज्ञ दिवस’ मनाइन्छ। यीमध्ये नेपालको मिथिला नगरपालिकास्थित सतलोक आश्रममा मनाइन्छ। यसै अवसरमा सामूहिक रमैणी आयोजना हुन्छ।

    यस सतलोक आश्रममा यसअघि पनि धेरै जोडीको अन्तर्जातीय बिहे भइसकेको छ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer