• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ ०७, २०८३
☰
बिहिबार, जेठ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: जेठ, २०८३

  • ३. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जिल्ला परिचय: सिन्धुली


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • सबैभन्दा धरै जिल्ला संग सिमाना जोडिएको जिल्ला सिन्धुली वागमती प्रदेशमा पर्दछ साथै  यो जिल्ला भित्री मधेशको जिल्ला हो  । यो जिल्ला नेपालको चुरे पर्वत मालाको बीचमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २,४९१ बर्ग कि.मि. रहेको छ भने समुद्र सतहबाट ६१५ मिटर देखि १२१८ मिटर उचईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम कमलामाई नगरपालिकामा पर्ने सिन्धुली माडी बजार हो । भौगोलिक रुपमा यो जिल्ला  २७°०’ देखि २७°२६’  उत्तरी अक्षांस र ८४°८’ देखि ८४°२७’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा २  वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी जम्मा ९ वटा स्थानीय तह रहेका छन् । यस जिल्लाको पूर्वमा उदयपुर र सिराहा जिल्ला, पश्चिममा रौतहट, मकवानपुर र काभ्रेपलान्चोक जिल्ला, उत्तरमा रामेछाप र ओखलढुंगा जिल्ला तथा दक्षिणमा सर्लाही, महोत्तरी र धनुषा जिल्ला  संग सिमाना जोडिएको छ ।

    Advertisement

    वि .सं.  २०७८  को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३,००,०२६ जना रहेको छ भने जनघनत्व १२०जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात ९६.१५% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर ०.१२% रहेको छ भने कूल जनसंख्याको २.५% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ७२.६% रहेको छ । यस जिल्लाका प्रमुख जातजातिहरुमा  ब्राह्मण, क्षेत्रीय, तामाङ, मगर, थारु, दनुवार, नेवार, राई, माझी, मिजार, विश्वकर्मा, परियार, हायु आदि  रहेका छन्। यस जिल्लामा बोलिने भाषाहरुमा, नेपाली, तामाङ, मगर, मगर, दनुवार, नेपालभाषा, मैथली, सुनुवार, माझी, राई आदि रहेका छन् ।

    यस जिल्लाका जलसम्पदाकोरुपमा चुरे भागबाट उत्पत्ती भएर कमला नदी, मारिन नदी, बाक्सु खोला, चदाहा खोला, बिन्जोर खोला, क्यान खोला गौमती खोला, गड्यौली खोला, कोल्हाजोर खोला, धनमना खोला, हिम्ले खोला, बितिजोर खोला, कुकुर खोला  आदि साना ठूला खोला रहेका छन् । यी नदीहरु प्राय: बर्षातको समयमा जलापूर्ण भएर बग्ने तथा हिउदको समयमा सुक्खा हुने गर्दछन । साथै पन्चकन्य पोखरी र क्यानेश्वर कुण्ड यस जिल्लाका मोख्य ताल कुण्डको रुपमा रहेका छन्। यस जिल्लाको पिउने पानीको मुख्य श्रोत भूमिगत पानी हो।

    यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा सिन्धुली गढी, हरिहरपुर गढी, भद्रकाली मन्दीर, कमलामाई मन्दिर, कलीमाई मन्दिर, सिद्धबाबा मन्दिर, पन्चकन्या पोखरी, कुशेश्वर महादेव मन्दिर, लंगुरेश्वर बाबा धाम, भद्रकाली गणेशस्थान, सर्पेढुंगाआदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा  अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान तथा तीर्थाटन आदि रहेका छन् ।

    यस जिल्लाको मुख्य पेशा कृषि ब्यापार, पशुपालन तथा मत्स्यपालन रहेको छ। यस जिल्लाका मुख्य बलीहरुमा धान गहुँ, मकै, कोदो, जौ, तोरी, बेसार आदि खाद्यबाली हुन् भने नगदेवालीको रुपमा जुनारखेती गरिन्छ । माडी बजार धुरा बजार, रत्नावती, भिमान, दुधौली क्यानेश्वर कपिलाकोट आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् ।

    जलवायुका हिसावले यस जिलामा उष्ण मौषमी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लामा बार्षिक अधिकतम तापक्रम ४२ डिग्री तथा न्युनतम तापक्रम ७ डिग्री सम्म हुने गर्दछ । यस जिल्लाका वनस्पतिमा उष्ण सदावहार तथा पतझड वनस्पति पाइन्छ ।

    यो जिल्ला परिचय अन्तरगत एक्काइसौँ सृंखला हो।

    लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • २.
      मासिक राशिफल: जेठ, २०८३

    • ३.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ४.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ५.
      आज २०८३ साल जेठ ५ गते मंगलवार:

    • ६.
      आज २०८३ साल जेठ ७ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: जेठ, २०८३

    • ६.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer