• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

साइबेरियाबाट घोडाघोडी आइपुगे पाहुना हांस


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौं । हरेक वर्षझैं जाडो छल्नका लागि पाहुना चराहरू कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा आइपुगेका छन् । साइबेरियालगायत क्षेत्रमा चिसो बढेपछि विभिन्न प्रजातिका चरा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी आइपुगेका हुन् । घोडाघोडी अभयआरक्ष (बर्ड सेन्चुरी) क्षेत्र पनि हो ।

    Advertisement

    चरा संरक्षणकर्मीका अनुसार यहाँ कात्तिक अन्तिम सातादेखि आउन थाल्ने पाहुना चरा ६ महिना बसेर मार्चतिर पुनः पुरानै बासस्थानतिर फर्किने गर्छन् ।

    नेपाल पन्छी संरक्षण संघमा आबद्ध चराविद् हिरूलाल डगौराका अनुसार साइबेरिया, रुस, मंगोलिया, जापान, उत्तरी चीनलगायतका उत्तरी ध्रुवतिर अत्यधिक चिसो बढेसँगै चराहरू जाडो छल्न तथा आहारको खोजीमा नेपाल, भारत, श्रीलंका, बंगलादेशलगायत दक्षिण एसियाली देशमा आउँछन् । किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान साथै युरोपका विभिन्न देशबाट यस अवधिमा बर्सेनि करिब १ सय ५० प्रजातिका चरा नेपाल आउने गरेका छन् ।

    डगौराका अनुसार पाहुनाका रूपमा घोडाघोडीमा आउने चराहरूमा हाँस प्रजातिका बढी हुन्छन् । सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हास, कालीजुरे हाँस, श्वेताखीभौं, बेल्चाठुँडे हाँस, खडखडे हाँस मुख्य छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुइरो पुच्छ्रे हाँस, बिजुला गैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठूलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइँसराइ गरेर यतिबेला घोडाघोडी आइपुगेका छन् ।

    पाहुना जलपन्छी बाटोमा विभिन्न ठाउँमा बस्दै यहाँ आइपुग्ने डगौरा बताउँछन् । उनका अनुसार चीन, तिब्बततिर प्रजनन गर्ने ठूलो जलेवा जाडो अवधिभर यहाँका सिमसारमा बस्ने गर्छन् । घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा–भौकाहा, चिरैया, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेहटा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा देखिने गरेका छन् ।

    घोडाघोडी सिमसार क्षेत्रलाई ०७८ फागुनमा सुदूरपश्चिम प्रदेश सरकार र घोडाघोडी नगरपालिकाले संयुक्त रूपमा (बर्ड सेन्चुरी) घोषणा गरेका थिए । यस क्षेत्रमा ६४ प्रजातिका जलपन्छी रहेको तथ्यांक छ । तीमध्ये १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइने गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ । संघका अनुसार संरक्षित सूचीमा रहेका राजधनेससमेत कैलालीमा भेटिएको छ । घोडाघोडी सिमसारमा सबैभन्दा बढी संख्यामा हाँस पाइन्छन् । हाँस यो सिमसारको सूचक प्रजाति पनि हो ।

    भारतको केरलामा पाइने नाउदुन प्रजातिका हाँसले सन् २०१४ देखि घोडाघोडीमा पनि प्रजनन गर्दै आएका छन् । विगतमा केरलाबाट पाहुना चराका रूपमा घोडाघोडी पुग्ने नादुल हाँस अहिले घोडाघोडीमा रैथाने भइसकेका संरक्षणकर्मीहरू बताउँछन् । बासस्थान विनाश, सिमसार क्षेत्र मासिँदै जानु, चरा सिकार, कृषिमा बढ्दो विषादीको प्रयोगलगायतका कारण संरक्षणमा चुनौती बढिरहेको चराविद् चौधरीको भनाइ छ ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer