• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कौंसी खेती कसरी गर्ने ? जानिराखौ


  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
  • हिजोआज सहर बजारमा खेतीयोग्य जमिनको कमी हुँदै गएपछि धेरै मानिसले विकल्पमा कौसी खेतीलाई अगाडि सारेका छन् । खेती गर्ने जग्गा पर्याप्त नहुने सहरी क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेती गरिन्छ । आजभोलि यसको प्रचलन काठमाडौं लगायतका सहरमा बढ्दै गएको छ । यसबारेमा सरकारी कृषि अनुसन्धान निकायदेखि निजी क्षेत्रका व्यावसायिक संस्थाले नयाँ प्रविधि र सैलीको विकास गर्दै आएका छन् ।

    Advertisement

    सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ । आफ्नो जग्गाजमिन नभएका तर ढलान गरिएका बरन्डा, छाना र कौसी भएकाहरुका लागि यो खेती उपयुक्त हुने गरेको छ । यसरी कौसी खेती गर्दा लामो समयसम्म पटक पटक टिप्न मिल्ने बाली लगाउन उपयुक्त हुने कृषि विज्ञ सुझाव दिन्छन् ।

    कसरी गर्ने कौसी खेती ?

    कौसी खेतीका लागि प्रसस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ । घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।

    कौसी खेतीको लागि माटोको गमला, प्लास्टिकको गमला, काठको बाकस, सिमेन्टको बोरा र प्वाल भएको डोको आवश्यक पर्छ । यस्तै खाली टिन, आधा काटिएको ड्रमलगायतका सामानको आवश्यकता पर्छ । त्यसपछि मलिलो पाँगो माटो वा जङ्गलको माटो २ भाग, गोबर मल १ भाग, र बालुवा १ भाग मिलाएर मिस्चर बनाउनुपर्छ । यस्तै साना साना ग्राबेल वा इट्टाका टुक्राहरु, प्लास्टिकको डोरी वा बाँसका ४-७ फुटसम्मका भाटाहरु, बाँध्नको लागि जुटको सुतली, पिना, हड्डीको धुलो र सुक्ष्म खाद्य तत्वहरु आवश्यक पर्छ ।

    के लगाउने ?

    जरा सकभर कम फैलने तथा गहिराईमा सीमित हुने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ । लामो समयसम्म छिटो छिटो उत्पादन दिने र बोट धेरै नझाङ्गिने बाली कौसीमा लगाउनु पर्छ ।

    कौसी खेती गर्नका लागि मौसमअनुसारका बिरुवा छनोट गर्नुपर्ने हुन्छ । विशेषगरी हिउँदे र वर्षा गरी दुई मौसममा खेतीलाई छुट्याउन सकिन्छ । हिउँको समयमा बिरुवा उमार्न तुलनात्मक रुपमा सजिलो हुन्छ । यो समयमा धेरै प्रकारका बाली उमार्न सकिन्छ । वर्षा मौसममा उमार्ने विरुवाहरु छुट्टै प्रकारका हुन्छन् । अमिलो जातका बिरुवाहरु वर्षा मौसममा उमार्न सकिन्छ । हिउँदमा विशेष गरेर लहरे बाली लगाउन सकिन्छ । वर्षायाममा लौका, घिरौँला, काँक्रो, करेला र फर्सी ठाउँअनुसार रोप्न सकिन्छ । यसैगरी गोलभेँडा, मटरकोसा, खुर्सानी, रायोको साग, चम्सुर, पालुङ्गो र लसुनजस्ता सागसब्जी लगाउन सकिन्छ ।

    फलफुलमा आलुबखडा, आरु, नास्पाती, जापनिज हलुवाबेद र अरु नयाँ हाइब्रिड प्रजातिका बिरुवाहरु रोप्न सकिन्छ । वर्षा याममा अमिलो बिरुवाहरु रोप्न सकिन्छ । सुन्तला, कागती, मुन्तला, अम्बाजस्ता बिरुवा वर्षामा निकै फस्टाउँछन् । तरकारीमा विभिन्न किसिमका सागसब्जीका साथै मुला र सलगम रोप्न सकिन्छ । खेतबारीमा जस्तैगरी मौसमी तरकारीहरु कौसीमा रोप्न सकिन्छ । विशेषगरी हाइब्रिड जातका तरकारी कौसीको खेतिको लागि उपयुक्त मानिन्छ ।

    कौसी खेती गर्दा पानी चुहिने तथा घर चर्कने समस्या हुन सक्छ । त्यसैले यसको समाधानका लागि प्राविधिकसँग सल्लाह गर्नुपर्छ ।

    माटो व्यवस्थापन

    यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने बाली अनुसार उपयुक्त माटो छनोट गर्नु आवश्यक छ । माटो उपयुक्त छैन भने बजारमा पाइने अन्य कच्चा पदार्थ पनि प्रयोग गर्न सकिन्छ।

    यदि माटोमा नै तरकारी लगाउँदै हुनुहुन्छ भने सफा ठाउँका राम्रो मलिलो माटो ल्याउनु पर्छ । त्यसमा भएका डल्ला फोरेर छेस्काछेस्की, ठुटा गिर्खा केलाएर माटो सफा बनाउनु पर्छ। सफा गरिएको माटोलाई एकचोटी भिजाएर मात्र बिरूवा सार्नुपर्छ ।

    हेरचाह

    कौसी खेती गर्दा देखा पर्ने एउटा समस्या हो लाही किरा । तरकारी बालीहरुमा प्रायः लाही किरा बढी लाग्दछ । यो किराको व्यवस्थापनको लागि निमको तेल ५ एमएल प्रति लिटर पानीमा मिसाएर हरेक हप्ता छर्नुपर्छ । यस्तै पुतलीको लार्भाले काउली जातका तरकारीहरुमा निकै हानी पुर्याउँछ । यो किरा व्यवस्थापनको लागि१ सय ग्राम चिउरीको पिनालाई कपडामा पोको पारी प्रति लिटर पानीमा एक रात डुबाउने र त्यो झोललाई ४ भाग पानीमा मिसाएर बोट भिज्ने गरी छर्नुपर्छ । यस्तै औंसा÷ फ्रुट फलाई किराले फलभित्र फुल पारी फल कुहाउने भएकाले यो किराको व्यवस्थापनको लागि फेरोमेन ट्रयाप प्रयोग गर्नुपर्छ भने डढुवा रोगले पातलाई डढाउने भएकाले यसको रोकथाम तथा व्यवस्थापनको लागि ट्राइकोडर्मा पाउडर दुई ग्राम प्रति लिटर पानीमा मिसाएर पुरै भिज्ने गरी हप्तै पिच्छे छर्नु पर्दछ । माटोमा रोग किरा नलागोस् भनेर गाइबस्तुको पिसाब प्रयोग गर्नुपर्छ ।

    सारिएको बोटको छेउमा साना साना लठ्ठी गाढेर साहार दिनुपर्छ । साथै बेलाबेलामा गोडमेल पनि गर्न आवश्यक छ । लहरे बाली हो भने डोरी टाँगी दिन पर्छ । जसले बोट मौलाउन पाउँछ र राम्रो उत्पादन दिन्छ । कौसीमा खेती गरिएका फलफुल र तरकारीलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ । बिरूवामा बढी सुख्खा र बढी पानी हाल्नु हुँदैन । कहिले काहीँ चर्को घाम लाग्दा भाँडा तातेर बिरूवा ओइलाउन सक्छ । त्यस्तो अवस्थामा छहारी तिर सार्नु पर्छ ।

    कौसी खेतीका फाइदा

    कौसी तरकारी खेती निकै फाइदाजनक मानिन्छ । आफ्नो इच्छाअनुसार उत्पादन हुने तरकारी ताजा, स्वच्छ, सफा र विकाररहित हुनुको साथै तरकारी किन्नका लागि हुने दैनिक खर्च तथा समय बचत हुने भएकाले यो निकै नै फाइदाजनक छ ।

    कौसी खेतीले अक्सिजनको मात्रा बढाउन र कार्बनडाइअक्साइडको मात्रा घटाउन पनि यसले सहयोग पुग्छ ।

    हरियालीको कारण घर पनि सुन्दर देखिन्छ । बिहान र बेलुकाको फुर्सदमा घरका सदस्यहरुबाट रेखदेख तथा स्याहार-सम्भार हुने हुँदा शारीरिक अभ्यासका साथै रमाइलो अनुभव हुन्छ ।

    केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन् । कौसीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सकिन्छ ।

     

    बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer