• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कुखुरामा लाग्ने प्रमुख रोग,लक्षण र रोकथामका उपायहरू– जानिराखौं


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं। नेपालका अधिकांश मानिसहरुको जिविकोपार्जनका लागि मुख्य पेशा कृषि र पशुपालन रहंदै आएको छ । यसमा पनि विशेष गरी ग्रामिण भूभागमा बस्ने मानिसहरुले परापूर्वकालदेखि नै कुखुरा पाल्दै आइरहेको देखिन्छ । हालको अवस्थामा खास गरी हाम्रो गाउँघरका ८० प्रतिशतभन्दा बढी घर परीवारले लोकल कुखुरा पाल्दै आएको देखिन्छ । आज कुखुरामा लाग्ने प्रमुख रोगहरु बारेमा जानकारी गराउदै छौ ।

    रानीखेत रोग

    लक्षणहरु :

    • रानीखेत रोगले श्वासप्रणाली र स्नायु प्रणाली प्रभावित भई कुखुराले स्वास फेर्न कठिनाई महशुस गर्दछ ।

    • चुच्चो र नाकबाट पानि जस्तो बाक्लो पदार्थ निस्किन्छ ।

    • कुखुरा टाउको झट्काउने र घाँटी तान्ने गर्दछ ।

    • एकै ठाउँमा फनफनी घुम्ने, पछाडि हिँड्ने, घाँटी बटार्ने हुन्छ ।

    • फुल पार्न कम हुन्छ ।

    • हरियो रङको निकै गन्हाउने पातलो दिशा गर्ने ।

    • सिउर र लोति निलो रङमा बदलिने गर्दछ ।

    रोकथामका उपायहरू

    • कुखुरा पालिने खोर वरिपरि सफा गर्नुपर्दछ । तालिका अनुसार खोप लगाउनु पर्दछ ।

    • बाहिरी कुखुरा र अरु चराहरु कुखुरा पालन क्षेत्रभित्र आउन दिनुहुदैन । यो रोगबाट मरेका कुखुरालाई चुना राखि पुर्नु पर्दछ ।

    • भाँडा, उपकरण इत्यादि सामान संक्रमण मुक्त राख्नुपर्दछ । चल्लाहरु लाई पहिलो हप्ताभित्रै एफ स्टेन भ्याक्सिन लगाईदिनु पर्दछ र चल्लाको उमेर १० देखि १२ हप्ता पुग्दा आए.टु.बि (R2B) खोप लगाउनु पर्दछ ।

    कक्सिडियोसिस (Coccidiosis)

    लक्षणहरु :

    • बाहिरी लक्षणहरु धेरैजसो प्वाँख खर्सो हुने, रगतको कमि हुने, दिसामा रगत छेर्ने हुन्छ ।

    • सिकल कक्सिडियोसिस मा मृत्युदर ५०प्रतिशत सम्म हुन्छ । आन्द्रामा हुने कक्सिडियोसिसमा शरीर पहेँलो हुने तथा छेर्ने हुन्छ ।

    • दिशामा रगत मिसिएको हुन सक्छ र मृतदर भने ८ देखि १० प्रतिशत सम्म हुन्छ ।

    रोकथाम र नियन्त्रण

    • चिस्यान भएको खोर, सित्तर र दाना यसका लागि उपयुक्त वातावरण हुने हुँदा बस्ने ठाउँ र दाना सुख्खा हुनुपर्छ ।

    • खास गरेर बर्षातको मौसममा बिशेष ध्यान दिनुपर्दछ जुन बेला वातावरण चिस्यान बढी हुन्छ र तापक्रम पनि कक्सिडियाको बिकासको लागि अनुकूल हुन्छ ।

    • यदि सोत्तरमा चिस्यान छ भने ५ देखि ७ किलोग्राम सम्म चुन प्रती १०० बर्ग फिटको क्षेत्रमा छर्नुपर्दछ ।

    • यसले चिस्यान कम गरि ताप उत्पन्न गर्दछ जसले प्रोटोजुवा मर्दछ ।

    गम्बोरो रोग ( Gumboro/Infectious bursal disease )

    लक्षणहरु :

    • रोग लागेपछि सुरुमा बिस्तारै झोक्राउँदै जाने, प्वाँख गुजमुजिएर बस्ने जस्ता लक्षण देखापर्दछ ।

    • टाउको र घाँटी कपाउने र पछि सम्पुर्ण शरीर नै काम्न थाल्छ । यसका साथै ज्वरो आउने, आँखाबाट पानी बग्ने हुन्छ । यस्तो अवस्थामा घाँटी तन्काउने र टाउको केही तल झुकाएर बस्छ । सेतो रङको छेर्ने र मलद्रार वरिपरि सुलि टाँसिएको देख्न सकिन्छ । पुरानो रोगमा बिस्तारै झोक्राउने र दुब्लाउदै जाने हुन्छ ।

    रोकथाम र नियन्त्रण

    • सरसफाइको विशेष ब्यबस्थापन हुनुपर्दछ । कुखुरालाई गम्बोरो रोग बिरुद्द भ्याक्सिन लगाउनु पर्दछ । दानापानी दिने भाँडाकुँडालाई किटाणुरहित बनाउनु पर्दछ ।

    कोलिबेसिलोसिस

    • यो रोग जुनसुकै उमेरका कुखुराहरु मा देखिन सक्छ । यो रोग ब्यबस्थापनमा कमिको कारणले हुने भएकाले ब्यबस्थापनमा सुधार गर्नुपर्दछ ।

    लक्षणहरु :

    • दाना खान कम गर्ने र कहिलेकाहीँ स्वास फेर्न कठिनाई हुने ।

    • उदासिन हुने, सिउर फिक्का हुने ।

    • हरियो वा सेतो पातलो सुलि छेर्ने ।

    • मलद्रारको वरिपरि सुलि लतपतिने ।

    उपचार :
    • प्राबिधिकको सिफारिसमा एन्टिबायोटिक औषधिहरु खुवाउने ।

    (साभार: कृषि सूचना फेसबुक पेज)

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer